prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले वडा अधिबेशन भदौमा गर्ने तयारी गर्दै
कांग्रेसले वडा अधिबेशन भदौमा गर्ने तयारी गर्दै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन १०, २०७८ बागेश्वरी पोस्ट
कांग्रेसले वडा अधिबेशन भदौमा गर्ने तयारी गर्दै

नेपालगन्ज। क्रियाशील सदस्यताको विवादका कारण नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्व निर्धारित कार्यतालिका स्थगित भएको छ । केन्द्रको महाधिवेशनको मितिलाई नचलाइ अन्य तहका अधिवेशन स्थगित गरिएको बताइए पनि अब केन्द्रीय महाधिवेशन पनि प्रभावित हुने निश्चित देखिएको छ ।

paribartan 1

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा १२ साउनबाट शुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशन तलका सबै अधिवेशन अर्को निणर्य नहुँदासम्मका लागि स्थगित गरिसकेको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार अब भदौको पहिलो वा दोस्रो हप्ताबाट वडा तहको अधिवेशन शुरु गर्ने र भदौ र असोज भित्र सबै तहका अधिवेशन सकेर कार्तिकमा केन्द्रीय तहको महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको छ ।

भदौ भित्र जसरी पनि अधिवेशनको प्रक्रिया शुरु गर्नै पर्छ, यो दबाब हामीमाथि छ, यो नैतिकताको पनि कुरा हो, भदौबाट अधिवेशन शुरु गर्ने र असोजमा सबै तहका अधिवेशन सकेर कार्तिकमा केन्द्रको महाधिवेशन गर्ने गरी छलफल भइरहेको छ,’ कांग्रेस उच्च स्रोतले भन्यो ।  सो प्रस्तावमाथि संस्थापन पक्ष भित्र छलफल भइसकेको छ ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले क्रियाशिल सदस्यताको विवादबारे टुंगो लगाएपछि केही दिन भित्रमा नै सबै तहका अधिवेशनका लागि अर्को मिति तोकिने बताए । ‘पहिले सदस्यताको विवाद टुंगाउँछौं, त्यसपछि अधिवेशनको मिति सार्वजनिक हुन्छ,‘ महतले  भने ।

कांग्रेसले यसअघी घोषणा गरेको कार्यतालिका अनुसार १२ साउनबाट वडा अधिवेशन शुरु भइसक्नु पर्ने थियो । यसैगरी गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय गरिएको थियो । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने भनिएको थियो ।

क्रियाशील सदस्यताका विषयमा विवाद बढ्दै जाँदा बारा, सर्लाही र धनुषाका जिल्ला तहका नेता कार्यकर्ता कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन तथा धर्नामा छन्। उनीहरुले जिल्ला तहका पुराना नेता कार्यकर्तालाई नै छुटाएर क्रियाशिल सदस्यताको विवरण केन्द्रमा मनोमानी ढंगबाट पठाइएको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् ।

सदस्यताका विषयमा विवाद हुँदा नेता रमेश लेखकको नेतृत्वमा कांग्रेसले बनाएको क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको विवरणलाई अन्तिम रुप दिन सकेको छैन । सो समितिले आगामी मंगलबार सदस्यताको सूचीलाई अन्तिम रुप दिएर सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरिरहेको छ । समितिले सभापतिलाई सदस्यताको सूची नबुझाउँदासम्म वडातहका अधिवेशन शुरु हुने अवस्था छैन । त्यसै कारण कांग्रेसले तल्ला तहका अधिवेशन स्थगित गरेको हो ।

सदस्यताको विवादका कारण जारी धर्ना र अनसनरत पक्षसँग वार्ता र सहमतीको प्रयास गर्न कांग्रेसले सहमहामन्त्री डा। प्रकासरण महत र पूर्व सहमहामन्त्री डा रामशरण महतलाई जिम्मेवारी दिएको थियो । तर विवाद समाधनतर्फ ठोस प्रगति भएको छैन ।

हालसम्म देशभरका १६५ निर्वाचन क्षेत्र मध्ये कांग्रेसले १४३ निर्वाचन क्षेत्रको सदस्यता मात्रै टुंगाएको छ । २२ क्षेत्रमा भने विवाद देखिएको छ । विवाद देखिएकामा धेरै प्रदेश २ का जिल्ला छन् । यसैगरी ७० वटा भन्दा बढी वडाको विवादका कारण सदस्यता नै स्थगित गरिएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ ।

प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नं ४ मा विवाद कायमै छ । लुम्बिनीमा बाँके १,  कपिलवस्तु ३ र प्यूठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद देखिएको छ । बागमतीको काभ्रे र सिन्धुपाल्चोकमा पनि विवाद देखिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नयाँ र पुराना गरी विदेशबाट बाहेक आठ लाख ५० हजार २ सय ३२ जनाले क्रियाशील सदस्यता सम्वन्धि फाराम भरेका छन् । त्यसमध्ये चार लाख ४४ हजार १ सय ४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद छैन ।

विवादित स्थानका सदस्यता नटुंगिए १३ औं महाधिवेशनकै सदस्यतालाई आधार मानेर महाधिवेशन गर्न सिफारिस गर्ने छानविन समितिको तयारी छ ।


प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP