prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • क्षेत्र नं. १ बाँके कांग्रेसमा हरिबिजोगः क्रियाशील सिफारिस गरिएका नै एमालेमा प्रवेश !
क्षेत्र नं. १ बाँके कांग्रेसमा हरिबिजोगः क्रियाशील सिफारिस गरिएका नै एमालेमा प्रवेश !
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १८, २०७८ बागेश्वरी पोस्ट
क्षेत्र नं. १ बाँके कांग्रेसमा हरिबिजोगः क्रियाशील सिफारिस गरिएका नै एमालेमा प्रवेश !

कोहलपुर । नेपाली कांग्रेस भदौभित्रै १४औं महाधिवेशन गर्नुपर्ने संवैधानिक घेराभित्र बाँधिएका बेला क्रियाशील सदस्यता विवादले किनारा पाउन सकेको छैन । स्थानीयदेखि केन्द्रिय नेताहरु आफू अनुकूलका क्रियाशील सदस्य बनाउन अस्वस्थ खेलमा लागेपछि विवाद साँघुरिन सकेको छैन । आफूले जित्न वा आफू अनुकुलका व्यक्तिलाई जिताउन प्रक्रिया नपुर्याएर मापदण्ड विनै जसलाई पनि क्रियाशील सदस्यता वितरण गरिँदा समस्या विकराल छ । मुलुकका धेरै क्षेत्रमा अहिले पनि विवाद हुँदा क्रियाशील सदस्यता टुंगिन सकेको छैन । 

paribartan 1

विवादित क्षेत्रमध्ये बाँकेको क्षेत्र नम्बर १ पनि एउटा हो । क्षेत्रीय सभापति माधवराम खत्रीले मनोमानी ढंगले आफू अनुकुलका क्रियाशील सदस्य भरेर केन्द्रमा पठाएको, वडाबाट सबै प्रक्रिया पुर्याएर आएका र पैसा समेत बुझाइसकेका सयौं सदस्यहरुको विवरण भरेर केन्द्रमा पठाउनुको साटो जानीजानी रोकेको, पार्टी राजनीतिमा क्रियाशील कयौं नेता कार्यकर्तालाई समेत सदस्यता पाउनबाट बञ्चित गराएको आरोपसहित केन्द्रमा उजुरी परिरहँदा क्षेत्रीय सभापति खत्रीले विवरण भरेर केन्द्रमा पठाएका मध्ये कोहलपुरको वडा नम्बर ११ का तीन जना नेकपा एमालेमा प्रवेश गरेका छन् । साउन १६ गते ज्ञानु थारु, विमला थारु र रामदयाल यादव एमालेमा प्रवेश गरेका हुन् । "फर्जी क्रियाशील सदस्यता वितरण भएको छ भनेर हामीले जिल्ला र केन्द्रमा उजुरी गरेका थियौं, कांग्रेसप्रति प्रतिबद्ध नभएका चैते कांग्रेसहरुलाई आफूले चुनाव जित्न जथाभावी क्रियाशील सदस्यता भराएर क्रियाशील दिलाउन बद्मासी भएको छ भनेर भनिरहेका छौं, आज त्यो प्रमाणित भएको छ," कोहलपुरका एक कांग्रेस नेताले भने-"पार्टीमा योगदान नगरेका, कांग्रेस पार्टीप्रति प्रतिबद्ध नभएका, स्वार्थले प्रेरित आफ्ना आसेपासेलाई क्रियाशील बाँड्दाको परिणाम हो यो ।" 

No description available.

कोहलपुरको ११ नम्बर वडा मेयरमा प्रतिष्पर्धा गरेका स्थानीय कांग्रेस नेता भानुभक्त भट्टराई, त्यस्तै नेताहरु कृष्ण कार्की, राजेन्द्र श्रेष्ठ लगायतका नेताको वडा हो । एमालेमा प्रवेश गरेका तीन जना उनीहरुकै टोसबासी हुन् । "मेरै टोलका हुन्, कांग्रेसप्रति प्रतिबद्ध छन्, उनीहरुलाई सदस्यता दिनुपर्छ भनेर उहाँ (भट्टराई) ले वडा सभापतिलाई दबाब नै दिनुभयो, क्षेत्रीय सभापतिले पनि नाम इन्ट्री गरेर केन्द्रमा पठाउनुभयो, केन्द्रले पनि नाम इन्ट्री गरिसकेको छ, हेर्नुस् त कस्तो विडम्बना, तिनै मान्छे अहिले एमालेमा प्रवेश गरेका छन्," कोहलपुरका अर्का कांग्रेस नेताले भने । क्रियाशील सदस्यता वितरणमा चरम बेथिति भएको भन्दै स्थानीय नेता कार्यकर्ताले तीब्र आक्रोश पोख्दै आफू बन्ने नाममा पार्टी सिध्याउने प्रपंच भइरहेको आरोप लगाएका छन् । 

बागेश्वरी बहुमुखी क्याम्पसमा नेविसंघबाट स्ववियु सभापति लडिसकेका नेविसंघका आमन्त्रित केन्द्रिय सदस्य कमल शाहीले चैते कांग्रेहरुलाई क्रियाशील दिँदाको परिणामबारे चित्रण गर्दै फेसबुकमा स्टाटस लेखेर तीब्र आक्रोश पोखेका छन् । उनले लेखेका छन्-"ज्ञानु थारु, विमला थारु लगायत अन्य चैते कांग्रेसहरु जसलाई बैशाख महिनामा क्रियाशील दिने कांग्रेसको मसिहा ठान्ने महोदयहरु, कमल शाही लगायत कोहलपुरका युवाहरु जसको नशा नशामा कांग्रेसको रगत बगेको छ, हामीलाई कांग्रेस नदेख्ने मण्डले चरित्रहरु आँखा खुल्यो कि खुलेन तिमीहरुको ?" 

No description available.

एक नेताका अनुसार उनीजस्ता कैयौं क्रियाशील युवाहरुलाई क्रियाशील सदस्यता पाउनबाट बञ्चित गरिएको छ । कोहलपुरमा मात्रै २६० जना जति कांग्रेससंग आवद्ध नभएका फर्जी सदस्यता इन्ट्री गरिएको नेताहरु बताउँछन् । एक नेता भन्छन्-"उनीहरु कांग्रेस नै होइनन्, अब विस्तारै खास्टोभित्रबाट म्याउ गर्दै जानेछन्, असली रुप देखाउनेछन्, आफूले जित्न कांग्रेस सिध्याउनेहरुले पार्टीको हरिबिजोग बनाउने भए ।"


प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP