नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल पक्षका जिल्ला सभापतिहरुको ठमेलका छलफल हुँदै
पौडेल पक्षका जिल्ला सभापतिहरुको ठमेलका छलफल हुँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २५, २०७८ बागेश्वरी पोस्ट
पौडेल पक्षका जिल्ला सभापतिहरुको ठमेलका छलफल हुँदै

नेपालगन्ज ।नेपाली काँग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमा नहुने भएपछि काँग्रेस भित्रको संस्थापन इतर समूह आक्रामक बनेको छ । सोमबार बिहानै इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि चोटिलो प्रहार गर्दै असफल व्यक्ति सधैँ सत्तामा पुग्ने गरेको सामाजिक सञ्जालमार्फत लेखेका थिए । ‘यो देशकै विडम्बना हो, सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

सो समूहले महाधिवेशन तोकिएको समयमा नगर्ने पक्का भएपछि पार्टी सभापतिमाथि दबाब बढाउन आज र भोलिका लागि काठमाडौँमा आफू निकट जिल्ला सभापतिहरूलाई छलफलका लागि बोलाएको छ भने आज नै आफू निकट केन्द्रीय सदस्यहरूलाई महामन्त्री डा.शशाङ्क कोइरालाको निवासमा डाकिएको छ । 

जिल्ला सभापति रणनीति बनाउँदै

पार्टीको पूर्व घोषित समयमा महाधिवेशन नहुने भएपछि वरिष्ठ नेता पौडेल समूहका जिल्ला सभापतिहरू काठमाडौँ आएका छन् । उनीहरू क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन धकेल्ने खेल सुरु भएको भन्दै सभापति देउवामाथि दबाब बढाउन काठमाडौँ आएका हुन् । जिल्ला सभापति बैठक ठमेलस्थित होटेल यात्रीमा सुरु भएको छ । 

भेलामा ३५ जिल्ला भन्दा बढीबाट सभापतिहरू सहभागी भएको नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार अरू केही जिल्ला सभापतिहरूसमेत बैठकमा सहभागी हुन आउँदै छन् । क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन हुन नदिने अवस्थालाई रोक्न र समयमा नै महाधिवेशन हुने वातावरण बनाउनेतर्फ छलफल गर्न उपलब्ध जिल्ला सभापतिहरू एक ठाउँ छलफलमा बसेको उनले जानकारी दिए । 

छलफलमार्फत तत्काल महाधिवेशनको मिति तोक्न, सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्न, पार्टी समायोजनका नाममा भएका मनपरी रोक्न नेतृत्वसँग माग गरिने अर्का एक जिल्ला सभापतिले जानकारी दिए । भेलाले वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको नयाँ कार्य तालिका ल्याउँदा पहिले तोकिएका मितिको अन्तर घटाएर सम्भव भएसम्मका तहका अधिवेशनलाई एकै दिन गर्ने गरी कार्य तालिका ल्याउनसमेत माग गर्ने बताइएको छ । 

३ बजे केन्द्रीय सदस्यको बैठक

पौडेल समूहले आज नै पार्टीको महाधिवेशन र हाल देखिएका क्रियाशील सदस्यताको विवादबारे छलफल गर्न आफू निकट केन्द्रीय सदस्यहरूलाई बोलाएको छ । 
दिउसो ३ बजे महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा बस्ने बैठकमा महाधिवेशनमा भइरहेको ढिलाइका विषयमा छलफल हुने बताइएको छ भने सदस्यताको विवादका बारेमा समेत आफू निकट नेताहरूलाई जानकारी गराइने छ ।


प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP