नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अख्तियारमा कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी !
अख्तियारमा कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी !
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २७, २०७८ बागेश्वरी पोस्ट
अख्तियारमा कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी !
पत्रकार अन्तरक्रियामा नेपालगञ्ज कार्यालय प्रमुख निरौला

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी अख्तियारमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा कोहलपुरका १६ उजुरी फर्छयौट हुन बाँकि छ । दोस्रोमा राप्तीसोनारी गाउँपालिका छ, जसका ११ उजुरी छन् । त्यस्तै तेस्रोमा १० वटा उजुरीसहित नेपालगञ्ज उपमहानगरपालिका छ । खजुरा र जानकी गाउँपालिकाका ७/७ वटा, डुडुवाको ५, बैजनाथको ३ र नरैनापुरको २ वटा उजुरी फर्छयौट हुन बाँकि रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।

No description available.

आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति सार्वजनिक तथा सञ्चारकर्मी भेटघाट कार्यक्रममा कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले ४ वटा जिल्ला कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा सबैभन्दा बढी उजुरी बाँकेका छन् । उहाँका अनुसार बाँकेका ३४४ उजुरी मध्ये २२४ को छानविन सम्पन्न भएको छ । त्यस्तै दाङका २४५ उजुरी मध्ये १५१ उजुरीको छानविन सम्पन्न भएको छ । बर्दियाका १८० उजुरीमा १२४ फर्छयौट भएका छन् । गत बैशाखदेखि मात्र नेपालगञ्ज कार्यालयको कार्य क्षेत्रमा परेको रोल्पामा भने ७ उजुरीमा ४ को छानविन सम्पन्न भएको छ ।

गत बार्षिक बर्षमा नेपालगञ्ज कार्यालयले ३ वटा स्टिङ अपरेशन गरेको छ । गएको बर्ष स्थानीय तहका सबैभन्दा बढी २५२ उजुरी परेका थिए । ती मध्ये १५४ फर्छयौट भएको निरौलाले जानकारी दिनुभयो । त्यस्तै स्थानीय तह अन्तर्गत् शिक्षाका १२१ उजुरी परेकोमा ८२ वटा फर्छयौट भएको छ । आर्थिक बर्ष २०७७/७८ मा ४ वटा जिल्लाबाट ७७६ उजुरी परका थिए । ती मध्ये ५०३ फर्छयौट भएका छन् ।

सम्पर्क कार्यालय नेपालगञ्जका अनुसार विकास योजनामा बास्तविक सम्पन्न कार्य भन्दा बढी रकम भुक्तानी गरेको र न्यून गुणस्तरीयरुपमा सम्पन्न गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारवाही गरिएको, झुठा बिल भरपाई, बास्तविक भन्दा बढी खर्च देखाई अनियमितता गरेको, कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको बर्खिलाप हुने गरी भर्ना गरेको, स्विकृत दरबन्दी विपरित भर्ना गरेको, सार्वजनिक जग्गाको अनाधिकृत कब्जा, अतिक्रमण र दर्ता सम्बन्धि, पदीय दायित्व पालना नगरेको, अनुचित कार्य सम्बन्धि, अकुत सम्पत्ति आर्जन, झुठा शैक्षिक प्रमाणपत्र लगायतका विषयमा बढी उजुरी परेका छन् ।

No description available.

कार्यालय प्रमुख निरौलाले प्रबद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्यहरु गरिरहेको बताउनुभयो । उहाँले आयोगमा गोलमटोल उजुरी बढी आउने गरेको जानकारी दिँदै कार्यबोझ बढी हुँदा भनेजस्तै काम हुन नसकेको बताउनुभयो । ४० जना कर्मचारीको दरबन्दी रहेको नेपालगञ्ज कार्यालयमा अहिले ३२ कर्मचारी रहेको जानकारी दिँदै उहाँले प्रयोगशाला सञ्चालन गरिएपनि प्राविधिकहरुकै दरबन्दी खाली रहेकाले काममा अप्ठेरो परेको बताउनुभयो । निरौलाले प्रत्येक बर्ष उजुरीको संख्या बढ्दै गएको जानकारी दिनुभयो । 


प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP