prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालले देशभर समानान्तर कमिटी बनाउन दिए निर्देशन
माधव नेपालले देशभर समानान्तर कमिटी बनाउन दिए निर्देशन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २८, २०७८ बागेश्वरी पोस्ट
माधव नेपालले देशभर समानान्तर कमिटी बनाउन दिए निर्देशन

नेपालगन्ज ।एमालेको विवाद जारी रहेकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा अघि बढ्दै विधान संशोधन प्रस्ताव ल्याएपछि माधव नेपालले देशभर समानान्तर पार्टी कमिटी बनाउन सबै केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्। पार्टीभित्र माधव नेपाल पक्षलाई कुनै पनि स्थान नदिई उनी एकलौटी रूपमा विधान संशोधन र विभाग गठन गर्दै अघि बढेपछि नेपालले आफू निकट रहेका केन्द्रीय सदस्यहरूलाई समानान्तर कमिटी बनाउन निर्देशन दिएका हुन्।

paribartan 1

‘समानान्तर कमिटी बनाउन निर्देशन आएको छ, ओलीले पार्टी विभाजन गराउन लागे अब त्यही कमिटीलाई नयाँ पार्टीमा जोड्ने कुरा भएको छ, अघि बढ्नुस् अब पार्टी एक हुँदैन भन्ने सन्देश आयो’, नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने।

‘पछिल्लो परिस्थितिका बारेका कसरी अघि बढ्ने भन्नेबारेमा छलफलका लागि एक दुई दिन भित्रै स्थायी कमिटीको बैठक बस्छ अब त्यही बैठकले बाटो तय गर्ने सम्भावना छ’, नेपाल निकट स्थायी कमिटी सदस्य एवं पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले भने। उनका अनुसार अझै पार्टी एकताको सम्भावना भने टरेको छैन।

गत सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षलाई ढोका बन्द भएको सङ्केत गरेका थिए। ‘आन्तरिक विवाद निरूपण नगरी अध्यक्ष केपी ओली अघि बढेका छन्, पार्टीभित्रको फरक मतलाई उनले सम्मान गर्न सकेनन्, अब पार्टीको अवस्थाको बारेमा राम्रो सङ्केत छैन’, एक नेताले भने। उनका अनुसार पार्टीका लागि जटिल समय आएको र दुई नेताको लडाइले सिङ्गो पार्टीलाई विभाजनतर्फ धकेलेको छ।

सोमबारको केन्द्रीय कमिटी बैठकमा ओली नेपाल पक्षसित केही नरम देखिए पनि पार्टीका सबै गतिविधिहरू अघि बढ्दा नेपाल समूहले त्यसलाई ढोका बन्दकै रूपमा बुझेको थियो। ‘हामीलाई ढोका बन्द गरियो, यसलाई माधव नेपालले पनि ढोका बन्द गरेको रूपमा बुझ्नु भएको छ, अब वैकल्पिक मार्ग अपनाउनु पर्ने आवश्यकता देखियो’, नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले भने।

ओलीले पार्टीबाट निकाल्ने कोसिस गरेमा पार्टी विभाजन गर्ने नभए समानान्तर कमिटी बनाएर ओलीको भण्डाफोर गर्ने नेपाल पक्षको तयारी थियो तर अहिले नयाँ दलकै अभ्यास सुरु भैसकेको एक नेताको दाबी छ। ‘माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्डसँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउनुभयो, साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ, म भन्न पनि चाहन्नँ, धेरै साथीहरूले कुरा बुझिसके, बिस्तारै पार्टी सबै फर्कनुहुन्छ, छिटो–छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु, तर पार्टी काम रोक्ने गुट र समानान्तर गतिविधि भइरहने अवस्था अन्त हुनेछ,’ ओलीले सोमबार भनेका थिए।

सोमबारको बैठकमा ओलीले नेपाल पक्षलाई गाली नगरे पनि पार्टीको बैठक नराख्न र गतिविधि नगर्न गरिएको आग्रहलाई भने ओलीले अस्वीकार गरे। पार्टी कमिटीको बैठकहरू सुरु भए पनि नेपाल पक्षले पार्टी अध्यक्ष नै पार्टीको विवाद मिलाउन लागि नपरेको नेपाल पक्षको बुझाई कायमै छ।

‘हामी अगाडि बढ्छौँ दृढताका साथ। शिर निहुराउने छैनौँ। कसैको टाङमुनि छिर्ने छैनौ’, नेता नेपालले भने, ‘अँध्यारो सुरुङमा जाने वाला छैनौ। दम्भी, अहङ्कारी र गलत ढङ्गले चल्नेहरूलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडि बढ्नेछौ,’ वरिष्ठ नेता नेपालले मङ्गलवार काठमाडौँमा भएको एक सार्वजनिक कार्यक्रममा आफू कसैको टाङमुनि नछिर्ने र शिर ननिहुराउने बताएका थिए।

सोमबार ओलीले विधान मस्यौदा सम्बन्धी विषयमा छलफल गरेपछि वरिष्ठ नेता नेपालको यो अभिव्यक्ति दिएका थियो। यसले ओलीसँग मिल्न सक्ने सम्भावना कमजोर बन्दै गएको सङ्केत गरेको थियो। नेपालले यति भन्दै गर्दा कर्णालीमा सांसद पद गुमाएका नेताहरूलाई उपनिर्वाचन भए जिताएर ल्याउने वचन समेत दिए। जसले गर्दा ओलीका लागि यो चुनौती भारी मात्रै बनेको छैन पार्टी सग्लो नरहने अर्को सङ्केत समेत दिएको छ।

यसअघि ओली पक्षले नै महाधिवेशनसम्म दुई अध्यक्षको व्यवस्था गर्ने र समान हैसियतको प्रस्ताव नेता नेपालसमक्ष ल्याएको थियो। तर, उक्त प्रस्तावबाट ओली पछि हटेपछि नेता नेपालले वैकल्पिक मार्ग तय गर्न लागेका हुन्। ‘तत्काललाई एमालेमै रहेर राजनीतिक र वैचारिक रूपमा ओलीका कदमको भण्डाफोर गर्ने, देशव्यापी समानान्तर सङ्गठन निर्माण तथा गतिविधि बढाउने र अन्तिम अवस्थामा नयाँ पार्टी गठन गर्ने सम्मका योजनासहित आन्तरिक सङ्घर्ष’का लागि तयारी रहन नेता नेपालले आफू निकटका नेता कार्यकर्ताहरूलाई आन्तरिक रूपमा निर्देशन नै दिइसकेका थिए, तर पछिल्लो दुई दिन यता भने अलग बाटो तय भएको सङ्केत गर्दै पुन केन्द्रीय सदस्यहरूलाई फोन गरिरहेका छन्’, नेपाल निकट स्रोतले भन्यो। जति आउने मन छ आऊ, नआउनेहरू नआए पनि हुन्छ भन्ने ढङ्गले ओलीको अभिव्यक्ति आए पनि नेपाल आफैले केन्द्रीय सदस्यहरूलाई फोन गरेका थिए। यसले अन्ततः पार्टी विभाजनमा लगेको स्पष्ट भएको दुवैतिरका नेताहरूको बुझाइरहेको छ। 

वरिष्ठ नेता नेपालले केन्द्रीय सदस्यहरूसँग छलफल गरेको सूचना पाएपछि उनी निकट सचिव भीम आचार्यले पार्टीभित्र विभाजनकारीहरू हाबी भएको जनाएका थिए। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच संवाद गर्ने कुनै पनि प्रकारको वातावरण नभएको अवस्थामा नेकपा एमाले सचिव आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको बताएका थिए। बुधवार बिहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले यति बेला एमाले गम्भीर सङ्कटबाट गुज्रिरहेको समेत बताएका हुन्।

पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रूपमा १० बुँदेलाई लागु गर्नुपर्ने उनको भनाइ छ। टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै सङ्गिन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई अपिल गरेका छन्। एमाले एक भएर जानुपर्छ भन्ने धारणा बनाइरहेका आचार्यले पार्टीभित्र विभाजनकारी शक्तिहरू हाबी हुँदा ओली–नेपालबिच संवाद हुन नसकेको आशय व्यक्त गरेका थिए। हाम्राकुराबाट।


प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP