नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बागेश्वरीपोष्टको ६ बर्षः गर्विलो कार्यानुभव
बागेश्वरीपोष्टको ६ बर्षः गर्विलो कार्यानुभव
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २९, २०७८ बागेश्वरी पोस्ट
बागेश्वरीपोष्टको ६ बर्षः गर्विलो कार्यानुभव

२०७२ साल साउन २९ गते अर्थात् आजैका दिनदेखि बागेश्वरीपोष्ट डटकम पाठकमाझ पस्किएका हौं । अविछिन्न समाचार पस्केको आज ६ बर्ष पूरा भएको छ । पत्रकारिताको धर्म र मर्मलाई आत्मसाथ गर्दै निरन्तर समाचार कर्ममा समर्पित बागेश्वरीपोष्ट विश्वासिलो अनलाइन न्यूज पोर्टलका रुपमा स्थापित भएको हाम्रो विश्वास छ । सत्य, तथ्य र विश्वसनीय कन्टेन्ट पस्कन कुनै कसर बाँकि नराखेको हाम्रो ६ बर्षको 'गर्विलो कार्यानुभव' छ । सेतोलाई सेतो-कालोलाई कालो भन्ने धर्मबाट हामी डग्मगाएका छैनौं ।

बाँकेको नेपालगञ्ज बेलासपुरमा केन्द्रिय कार्यालय रहेको बागेश्वरीपोष्ट मूलतः बाँकेसहित लुम्बिनी प्रदेशमा बढी केन्द्रित छ । त्यसो त आमचासोका राजनीतिक, सामाजिक, आर्थिक लगायत समसामयिक विषयलाई पनि हामीले भरपुर समेट्ने पर्यत्न गरेका छौं । समाचार रेखा कुनै भूगोल र स्थान विशेषको मात्रै हुँदैन भन्ने तथ्यलाई हृदयंगम गरी हामी 'ओपन' छौं । जनरुचीका कन्टेन्ट हाम्रो प्राथमिकता हो । पछिल्लो समय आमपाठकको भरपर्दो खोजीको प्लेटफर्म बनेको 'डिजिटल पत्रिका' अनलाइन पोर्टलले आफ्नो विश्वास कायमै राख्न तमाम चुनौती छन् । ती चुनौतिका बाबजुद् हामीप्रतिको विश्वास खण्डहर हुन नदिन पर्यत्नशील छौं ।

औपचारिक कार्यक्रमदेखि खोजमूलक समाचारसंगै भिडियो सामग्री समेत पस्कने हाम्रो हरसम्भव प्रयास छ । आमपाठकले बागेश्वरीपोष्ट डटकम 'मेरो अनलाइन न्यूज पोर्टल हो' भन्ने आभाष दिलाउन सक्नुपर्दछ भन्ने हाम्रो मूल ध्येय हो । 'कसैलाई बनाइदिने' वा 'कसैलाई सिध्याइदिने' कुत्सित मनसाय हाम्रो दिमागमा छैन । 'जे हुन्छ त्यही समचार बन्छ' भन्ने मूल मन्त्र हामी अंगाल्छौं । पेशागत मर्यादाको 'लक्ष्मणरेखा' कुल्चने धृष्टता हामी गर्दैनौं । आचारसंहिताको बन्धनभित्र हाम्रो समाचार कर्म निरन्तर चलिरहनेछ । हामी बागेश्वरीपोष्टलाई जुग जुग बाँच्ने अनलाइन पोर्टल बनाउन चाहन्छौं । हामी जुन भूमीमा कर्म गरिरहेका छौं, त्यस भूमीप्रति हाम्रो अझ बढी दायित्व हुने यथार्थलाई मनन गर्दै स्थानीय कन्टेन्टमा हाम्रो केही बढी 'दिलचश्पी' रहने कुरा अतिशयोक्ति हुँदन होला भन्ने हामीलाई लागेको छ ।

हालसम्म पाठक बर्गले गर्नुभएको अपार मायालाई हृदयंगम गर्दै हामी अझ परिष्कृत ढंगले समयसापेक्ष हुने कोशिस निरन्तर गर्छौं । सबै पाठकले खोजी खोजी पढ्ने अनलाइन पोर्टल बनाउने 'अर्जुनदृष्टि' हाम्रो हुनेछ । निकट भविष्यमा अनलाइन टिभीको उत्कृष्ट अभ्यास गर्ने गरी अघि बढ्ने हाम्रो योजना छ ।

अन्त्यमा, हामीलाई यो स्थानसम्म आइपुग्न सहयोग गर्नुहुने पाठक बर्ग, विज्ञापनदाता र समस्त सुभचिन्तकहरुप्रति अनुग्रही रहँदै धन्यवाद ज्ञापन गर्दछौं ।


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP