नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुख चयन प्रक्रिया अन्योलमा, पूर्व एमाले र माओवादी झगडा
सभामुख चयन प्रक्रिया अन्योलमा, पूर्व एमाले र माओवादी झगडा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १, २०७६ बागेश्वरी पोस्ट
सभामुख चयन प्रक्रिया अन्योलमा, पूर्व एमाले र माओवादी झगडा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसविषयमा छलफल भए पनि कसलाई उम्मेदवार बनाउने विषयमा कसैले प्रस्ताव गरेका छैनन्। तर, सभामुखको बनाउने विषयमा तत्कालीन एमाले र माओवादी तर्फका नेताबाट आ–आफ्नो तरिकाले पार्टी भित्र लबिङ सुरु गरेका छन्।

 

संविधानको धारा ९१ ले सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख गरेको छ। त्यसबमोजिम सभामुख पनि नेकपाले लिने भएमा उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था आउँछ। नेकपाले सभामुख लिने निर्णय गरिसकेको छ।

तत्कालीन एमालेको कोटाबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन् भने तत्कालीन नेकपा माओवादीको कोटाबाट कृष्णबहादुर महरालाई सभामुख बनाइएको थियो। पार्टी एकीकरण भई नेकपा बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन पुगेका थिए जुन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिटसमेत परेको छ। अब नेकपा पार्टी भएकाले को माओवादी को एमाले भनेर छुट््याउन नहुने नेकपाकै नेताहरूको धारणा छ। संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले पनि एउटै पार्टीभित्र दुईथरी पार्टीको कुरा अब गर्न नहुने बताउँदै आएका छन्।

सभामुख नेकपाले लिएमा उससभामुखले राजीनामा दिनुपर्ने अवस्था आउनेछ। सभामुख पद रिक्त भएको र नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। प्रधानमन्त्रीले सभामुख नेकपाले लिने बताएका थिए। जसबाट उपसभामुखले पद छोडनुपर्ने अवस्था आउने कुरा बताएपछि उनलाई सम्मान स्वरूप मन्त्रीमा लैजाने कुरा प्रधानमन्त्रीले गरेको स्रोतले बतायो। खानेपानी मन्त्री बिना मगरलाई राजीनामा गर्न लगाएर उनलाई सो मन्त्रालयमा उपसभामुख तुम्बामहाम्फेलाई लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेको स्रोतले बतायो। तर उपसभामुखले आफूले नै सभामुख पाउनु पर्ने दाबी गरेकी थिइन्। निवर्तमान सभामुख महराको गल्तीको सजाय आफूलाई दिन नमिल्ने कुरा उनले प्रधानमन्त्रीसँग गरेकी थिइन्।

पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई सभामुखका लागि अघि सारेका छन्। तर, त्यस कुरालाई माओवादीतर्फका नेताले असहमति जनाएका छन्। माओवादीतर्फका नेताले माओवादीतर्फ बाटैका सांसदबाट सभामुख बनाउनुपर्ने अडान लिइरहेको स्रोतले बताएको छ। सम्भावित नाम जुन आए पनि माओवादीलाई दिने कुरामा सहमति भएपछि मात्रै उमेदवारको टुंगो लाग्ने स्रोतले बतायो। माओवादीबाट नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङको बढी जोड रहेको स्रोतले बतायो। पूर्व सभामुख ओनसरी घर्तीका तर्फबाट पनि लबिङ सुरु भएको छ। यसबाहेक अन्य सांसदमा लेखराज भट्ट, अग्नी सापकोटाको कुरा पनि चर्चामा छ।

सभामुखको लागि विभिन्न नाम चर्चामा रहँदै गर्दा अन्तिममा प्रधानमन्त्री केपी ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई नै सभामुखका लागि प्रस्ताव गरेर सहमती जुटाउने सम्भावना पनि बलियो रहेको स्रोतले बतायो। सभामुखबाट कृष्णबहादुर महरालाई संसद्को स्वास्थ्य शाखाकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि असोज १३ गते उनले राजीनामा दिएका थिए।

सभामुख नहुँदा विधेयक प्रमाणित गर्ने, संवैधानिक परिषद्को बैठकमा भाग लिनेलगायतका काम रोकिएका छन्। संविधानको धारा ९१ उपधारा ४ ले सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ भन्ने व्यवस्था गरेकाले संसद्को बैठक सञ्चालनमा भने बाधा पर्ने भने देखिदैन। असोज २ गते बर्खे अधिवेशन अन्त्य भएको छ। हिउँदे अधिवेशन बोलाउने विषयमा स्पष्ट भएको छैन।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP