prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सबै जिल्लाका वडामा भदौ १८ गते नै अधिवेशन गराउन व्यवहारिक कठिनाइ
सबै जिल्लाका वडामा भदौ १८ गते नै अधिवेशन गराउन व्यवहारिक कठिनाइ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ९, २०७८ बागेश्वरी पोस्ट
सबै जिल्लाका वडामा भदौ १८ गते नै अधिवेशन गराउन व्यवहारिक कठिनाइ

नेपालगन्ज ।नेपाली कांग्रेसको क्रियाशीलता विवाद समाधान भएसँगै मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भनिएको १४औं महाधिवेशन प्रक्रिया अघि बढेको छ ।  महाधिवेशन समयमै हुनेमा आशंका व्यक्त भइरहेका बेला सोमबार क्रियाशील सदस्यता विवाद टुंगिएसँगै महाधिवेशनको प्रक्रिया अघि बढेको हो ।

paribartan 1

संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँरनगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुने तय भइसकेको छ।

कांग्रेस मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन प्रक्रिया अघि बढिसकेकाले क्रियाशील सदस्यता नामावली पठाउने तयारी भइरहेको छ । उनले  भने,‘हिमाली, पहाडी र दुर्गम क्षेत्रमा आज बुधबार सम्ममा नामावली पठाइसक्छौं। त्यसपछि निर्वाचन समितिले काम अघि बढाउने छ ।’ क्रियाशील सदस्यहरुको नामावाली धमाधम छपाइ भइरहेको र विभिन्न माध्यमबाट जिल्ला सदरमुकामसम्म नामावली पठाउने गरी तयारी भइरहेको पनि पौडेलले जानकारी दिए ।

तर ढिलागरी टुंगिएको सदस्यता विवादले हाल तोकिएको वडा तहको निर्वाचन भदौं १८ मै सम्पन्न गराउन निर्वाचन समितिलाई कठिनाइ हुने देखिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी भन्छन्,‘दुर्गम, विकट र हिमालीरपहाडी जिल्लामा अबको आठ दिनमा निर्वाचन गराउन व्यवहारिक र प्राविधिक कठिनाइ देखिन्छ। कतिपय जिल्लाको सदरमुकामबाट वडासम्म पुग्न पाँच दिनसम्म लाग्ने अवस्था छ । भदौ ३ गते नै नामावली दिने सहमति भएपनि ८ गते मात्र नामावलीका विषयमा विवाद समाधान भएपछि हामी अफ्ठयारोमा परेका छौं ।’

निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली प्राप्त भएको १६ दिन तयारीका लागि समय चाहिने भनेको छ । कतिपय जिल्लाका वडामा पुग्न सदरमुकामबाट पाँच दिन लाग्न सक्ने स्थान रहेकाले निर्वाचन समितिलाई व्यवहारिक र भौगोलिक कठिनाइ देखिएको छ। सदस्य केसीले भने,‘हामी निर्वाचन गराउन जुनसुकै बेला तयार छौं तर तयारीको आवश्यक समय जरुरी पर्छ । यस विषयमा पार्टीले उपयुक्त र व्यवहारिक निर्णय गर्नु जरुरी छ ।'

यता सभापति शेर बहादुर देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै चाँडोगरी सम्पूर्ण जिल्लामा पुर्‍याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । समय कम भएकाले समितिले स्थल र हवाई यातायातका साथै कतिपय हिमाली जिल्लामा हेलिकोप्टर समेत प्रयोग गर्ने उनले बताए ।

निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्ला सदरमुकाममा वडा अधिवेशनको कम्तीमा एक साता अघि र त्यसको दुई दिनभित्र प्रत्येक वडामा पुर्‍याउने लक्ष्य राखेको छ । तर त्यो समय पर्याप्त देखिदैन् ।

समितिले तराई र सुगमका ४१ जिल्लामा योजनाअनुसारको निर्धारित समयमै निर्वाचन सामग्री पुग्ने अपेक्षा गरेको र बाँकी हिमाली तथा विकट पहाडी ३६ जिल्लामा भने यातायातको केही चुनौती रहेको जनाएको छ । यसबाहेक पार्टीले अधिवेशनमा कोभिड-१९ को महामारी, बाढीपहिराको प्रकोपलगायत चुनौतीको पनि सामना गर्नुपर्ने देखिन्छ । जसका कारण कतिपय विकट र दुर्गम वडाहरुमा तोकिएकै मितिमा अधिवेशन हुने संभावना न्यून छ । त्यसका लागि पार्टी बेग्लै निर्णय गर्ने तयारी भइरहेको बुझिएको छ ।

यता क्रियाशील सदस्यताकै विषयलाई लिएर जिल्ला सभापतिहरु पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेकाले वडा अधिवेशन प्रभावित हुनसक्ने आंकलन गरिएको छ । मंगलबार विहानदेखि शुरु भएको धर्नामा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायतका माग राखिएको छ ।

साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार काँग्रेसको गाउँरनगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP