नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सफल कृषि व्यवसायका लागि व्यवसायिक योजना
सफल कृषि व्यवसायका लागि व्यवसायिक योजना
banijya office RSG-2
रविन गिरी
शुक्रबार, भदौ ११, २०७८ रविन गिरी
सफल कृषि व्यवसायका लागि व्यवसायिक योजना

भनिन्छ, यदि प्रत्येक मिनेट तपाईं योजनामा बिताउनुहुन्छ भने त्यसले कार्यान्वयनमा दश मिनेट बचत गर्छ, र यसले तपाईंको ऊर्जा हजार प्रतिशतले फिर्ता दिन्छ । यस सन्दर्भमा कृषि व्यवसायको थालनी र कार्यान्वयनका लागि आवश्यक व्यवसायिक योजनाको बारेमा चर्चा गरौँ ।

कृषि व्यवसायको स्पष्ट उद्देश्य र रणनीतिको विस्तृत विवरण नै व्यवसायिक योजना हो । जुन व्यवसाय सुरु गर्नु अघि आवश्यक लगानीको जोहो गर्न, व्यवसाय दिगोरूपमा सञ्चालन गर्न, आइपर्ने समस्या एवं जोखिमको व्यवस्थापन गर्न र लक्ष्य अनुरुप मुनाफा कमाउनका लागि मार्गदर्शनको रुपमा रहन्छ ।

के हो व्यवसायिक योजना ?
तपाईं कृषि व्यवसाय गर्ने सोचमा हुनुन्छ भने आफ्नो व्यवसायको स्पष्ट उद्देश्य र सो उद्देश्य पूर्तिका लागि आवश्यक रणनीति अपरिहार्य छ । त्यही उद्देश्य र रणनीतिको विस्तृत विवरण नै व्यवसायिक योजना हो । जुन व्यवसाय सुरु गर्नु अघि आवश्यक लगानीको जोहो गर्न, व्यवसाय दिगोरूपमा सञ्चालन गर्न आइपर्ने समस्या एवं जोखिमको व्यवस्थापन गर्न र लक्ष्य अनुरुप मुनाफा कमाउनका लागि मार्गदर्शनको रुपमा रहन्छ ।

व्यवसायिक योजना एक लिखित दस्तावेज हो जसले व्यवसाय सञ्चालनमा कोशेढुंगाको काम गर्छ  । कृषि व्यवसायको थालनीदेखि लक्षित उद्देश्य प्राप्तिका लागि आवश्यक रणनीतिको तार्किक विश्लेषण गरिने उक्त दस्तावेजमा कृषि व्यवसाय संचालनका लागि आवश्यक भौतिक पूर्वाधार, पुँजी, कामदारको माग तथा आपूर्ति, उत्पादन र तिनको बजारीकरण तथा प्रवर्द्धन र जोखिम न्यूनीकरणका उपायहरु समेटिन्छन् ।

किन व्यवसायिक योजना ?
कुनै पनि किसान तथा उद्यमी कृषिलाई व्यवसायिकरुपमै संचालन गर्नका लागि आफ्नो उद्देश्यमा स्पष्ट र व्यवसायप्रति प्रतिबद्ध हुन आवश्यक छ । यस अर्थमा व्यवसायिक योजनाले उक्त किसान तथा उद्यमीको चाहना, बस्तु र सेवाको उत्पादन र बजारीकरण, काम र कामदारको विवरण, लगानीकर्ताको सुनिश्चितता आदि कुराको चित्र देखाउँछ । उत्पादनको पहिलो शर्त बजारीकरण भएकोले आफूले उत्पादन गर्ने वस्तुको बजार माग बारे समयानुकूल अनुसन्धान गरी सोही अनुरूप व्यवसाय सञ्चालन गर्न उक्त योजनाले सहयोग पुर्याउँछ ।                  

एउटा राम्रो व्यवसायिक योजना बनाएर कृषि व्यवसाय सञ्चालन गरेको उद्यमी वा किसानले मनग्य फाइदा लिन सक्छ जसले गर्दा भविष्यमा व्यवसायको पुँजी बढाएर व्यवसायको आकार बढाउन सकिन्छ ।   व्यवसायिक योजनाले व्यवसाय सञ्चालन गर्दा आइपर्न सक्ने समस्याहरुलाई हटाउन पनि मद्दत गर्छ ।

कृषि व्यवसायी माग केन्द्रित र उत्पादन केन्द्रित व्यवसायमा लागि पर्दा उपभोक्ताको चाहना अनुसार गुणस्तर, मूल्य र उपलब्धताको सुनिश्चितता गर्न आवश्यक छ । त्यससंगै, व्यवसायको निरन्तरताको लागि खर्चको स्रोत यकिन गर्नुपर्छ जसले व्यवसाय अघि बढाउन र क्षमता अभिवृद्धि गर्न मद्दत पुग्छ । जस्तो आफुले संचालन गरेको व्यवसायमा रकमको आवश्यकता कति, कहिले, किन पर्दछ र कुन कुन स्रोतबाट जुटाउन सकिन्छ भन्ने कुराको सुनिश्चित गर्न र सोही आधारमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सापटी लिन व्यवसायिक योजना निकै सहयोगी बन्न पुछ । कृषि व्यवसाय सञ्चालन गर्दा गरिएको लगानी वा खर्च र उत्पादित बस्तुको बिक्रीबाट प्राप्त आम्दानीलाई उपयुक्त लेखा प्रणाली अपनाई आय व्ययको हिसाब किताब दुरुस्त राख्न पनि व्यवसायिक योजना आवश्यक छ ।

एउटा राम्रो व्यवसायिक योजना बनाएर कृषि व्यवसाय सञ्चालन गरेको उद्यमी वा किसानले मनग्य फाइदा लिन सक्छ जसले गर्दा भविष्यमा व्यवसायको पुँजी बढाएर व्यवसायको आकार बढाउन सकिन्छ । व्यवसायिक योजनाले व्यवसाय सञ्चालन गर्दा आइपर्न सक्ने समस्याहरुलाई हटाउन पनि मद्दत गर्छ । किनकि योजना बनाउनाले अप्रत्याशितरूपमा आइपर्ने र अदृश्य समस्या र जोखिमहरुलाई सहज ढङ्गले हल गरी र अन्य विकल्पमा समेत चनाखो रही व्यवसायलाई निरन्तरता दिन सकिन्छ । कुनै पनि कृषि व्यवसायले लक्षित उपलब्धि हासिल गरिरहेको छ कि छैन भनेर समयानुकूल मूल्याङ्कन गर्न र आवश्यक परेको खण्डमा रणनीतिमा समेत परिमार्जन गर्न व्यवसायिक योजना आवश्यक छ ।

कृषि व्यवसायिक योजनामा के के समेटिन्छन् ?
१. व्यवसायको छोटो सारांश (व्यवसायको नाम, प्रकार र उद्देश्यको सटिक तर आकर्षक व्याख्या जसले योजना पढ्ने जो कोहीलाई व्यवसायको बारेमा सुरुवाती जानकारी दिन्छ)
२. व्यवसायको पृष्ठभूमि ( उद्देश्य, रणनीति, औचित्य पुष्टि र निर्दिष्ट लक्ष प्राप्तिको आधार)
३. कृषि उपजको उत्पादन र बजार योजना (बजारमा उपजको माग अध्ययन, प्राविधिक सम्भाव्यता र उत्पादन गर्न आवश्यक पर्ने सामग्रीहरू तथा प्रविधि र सेवाहरूको सहज उपलब्धता एवम् श्रमिक तथा आवश्यक जनशक्तिको उपलब्धताका आधारमा उत्पादन योजना बनाउने । त्यस्तै विक्री गर्ने बजारको यकिन, मुल्य निर्धारण, आपूर्ति र मुल्य श्रृंखला, बजारीकरण लागतको विवरण)
४. वित्तीय योजना (आवश्यक चल र अचल खर्चको विवरण, विक्री र आम्दानी विवरण, व्यवसायको सम्पत्ति सूची, ह्रासकट्टी विवरण)
५. विश्लेषण (लाभ लागत, पार बिन्दु, ऋण भुक्तानीको अवस्था)
६. आधारभूत नगद प्रवाह (व्यवसायमा जम्मा हुने र बाहिरिने नगदको लेखाजोखा)
७. समस्या तथा जोखिम व्यवस्थापन (जोखिम र अनिश्चितताको पूर्वानुमान गरी रणनीति तयार)
८. परिशिष्ट र अनुसूची (योजनालाई सहयोग पुग्ने तथ्यांक, तस्बिर, माथिल्ला खण्डमा नसमेटिएका तर भन्नै पर्ने कैफियत) 

७.परिशिष्ट र अनुसूची
तथ्यांक विवरण, तस्बिर, व्यवसायिक योजनाका पुर्व शर्त, अन्य समेटिनुपर्ने कैफियत

यसरी आफूले गर्न चाहेको कुनै पनि कृषि व्यवसायलाई योजना मुताबिक सञ्चालन गरेमा व्यवसायको उद्देश्य पूरा गर्न मद्दत पुग्छ र असफल हुने सम्भावना पनि कम हुन्छ । तसर्थ, सफल कृषि व्यवसायका लागि उचित व्यवसायिक योजनामा ध्यान दिनु आवश्यक छ ।

 

 


प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP