नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुराको वडा नम्बर १ बालविवाह मुक्त वडा घोषणा
खजुराको वडा नम्बर १ बालविवाह मुक्त वडा घोषणा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १३, २०७८ बागेश्वरी पोस्ट
खजुराको वडा नम्बर १ बालविवाह मुक्त वडा घोषणा

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । आज एक समारोहका वीच वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । वडामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशत भन्दा तल अर्थात् खजुरा १ मा १६ दशमलव १२ प्रतिशत बालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धि रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

May be an image of 6 people and people standing

वडा नम्बर १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नम्बर १ लाई बालविवाह मुक्त वडा घोषणा तथा प्रतिवद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिवद्धतापत्र वडालाई हस्तान्तरण गर्नुभयो । "हामी सबैको प्रतिवद्धता-बाल विवाह विरुद्धको साझा प्रतिवद्धता" भन्ने मूल नाराका साथ वडा नम्बर १ लाई बाल विवाह मुक्त वडा घोषणासभा २०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो । उहाँले खजुरालाई नमूना गाउँपालिका बनाउने अभियान अन्तरगत् नमूनाको एउटा सूचक बाल विवाहमुक्त पालिका हुनुपर्ने भएकाले वडापछि पालिकालाई घोषणा गर्ने अभियानमा रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले २० वर्ष पुगेपछि मात्र विवाह गरिदिने कुरामा समाजमा सबैको दायित्व हुनुपर्नेमा जोड दिनुभयो । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रियरुपमा लाग्नुपर्ने बताउनुभयो ।

May be an image of 10 people and people standing

प्लान नेपाल, स्याक नेपाल, बाल क्लव संजाल, किशोरी क्लव, युवा क्लव लगायतको सहकार्यमा वडा नम्बर १ लाई बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले बताउनुभयो । खजुरा गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष जैसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार शंकर प्रसाद खनालले बालविवाह मुक्त वडा बनाउन गरिएका प्रयास तथा अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो भने स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बालविवाह मुक्त अभियानमा निरन्तर सहकार्य हुने बताउँदै खजुराबाट अभियानको शुरुवात भएकोमा प्रशंसा गर्नुभयो ।

May be an image of 1 person, standing and sitting

यसअघि वडा नम्बर १ को वडा कार्यालयबाट सन्देशमुलक ¥याली निकाली मैटहवा माविमा पुगेर सभामा परिणत भएको थियो । घोषणासभा कार्यक्रम संचालन शिक्षक सुन्दर गुरुङ र वडा नम्बर १ का कर्मचारी मनमाया रानाले गर्नुभएको थियो । कार्यक्रममा बाल विवाहमुक्त अभियानमा लागेका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । केही समय पहिला खजुरा गाउँपालिका वडा नम्बर ३ लाई बालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ । यो संगै बाँकेमा बालविवाह मुक्त वडाको संख्या १५ पुगेको छ ।  

May be an image of 2 people, people standing and outdoors


प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP