prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेसहित २१ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित
बाँकेसहित २१ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २०, २०७८ बागेश्वरी पोस्ट
बाँकेसहित २१ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित

नेपालगन्ज । नेपाली कांग्रेसका २१ जिल्लामा अधिवेशन कहिले हुने भन्ने अनिश्चित बनेको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी  रहेका बाँकेसहितका २१ जिल्लाका अधिबेशन अनिश्चित बनेको हो।

paribartan 1

कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया १८ भदौबाट शुरु भएको भनिए पनि २१ जिल्लाको वडा अधिवेशन भने अन्योलमा परेको हो । 
कांग्रेसको निर्वाचन समितिले ति २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली अझै पनि पाएको छैन ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको सदस्यता भने सार्वजनिक गरेर ति जिल्लामा निर्वाचन अधिकृत तोक्दै निर्वाचन प्रक्रिया शुरु गरिसकेको छ । त्यसमध्ये ४० जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ ।

तर बाँकी २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली कहिले सार्वजनिक हुन्छ भन्नेमा भने केन्द्रीय निर्वाचन समिति नै बेखबर छ ।केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले २१ जिल्लाको क्रियाशील सदस्यताबारे आफूलाई नै जानकारी नभएको बताए ।

‘निर्वाचन समितिमा ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली आयो, हामीले त्यही आधारमा केन्द्रीय निर्वाचन प्रतिनिधि जिल्लामा पठायौं, तर २१ जिल्लाको कहिले आउँछ हामी नै बेखबर छौं,’ केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले भने ।

यादवले निर्वाचन अधिकृत तोकेर क्रियाशील सदस्यताको विवरण पठाइएका ५६ जिल्लामा मात्रै २३ भदौ अघि वडा अधिवेशन हुनेसमेत जानकारी दिए । तर बाँकी २१ जिल्लामा भने अब २३ गते अघि वडा अधिवेशन सम्भव नहुने उनले बताएका छन् ।

‘अब आज वा भोली नै सदस्यता सार्वजनिक गर्दा पनि २३ गते भित्र सम्भव छैन, निर्वाचन अधिकृत तोक्ने, सदस्यतामा त्रुटी भए सच्याउने पनि गर्नै पर्छ, अब २३ भदौ अघि सकिन्न,’यादवले भने ।

कांग्रेसले आफ्नो कार्यतालिकामा भने १८ भदौमा नै देशभरका ७७ वटै जिल्लामा रहेका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको थियो। तर हालसम्म ४० जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेसको २१ जिल्लाको क्रियाशील सदस्यता भने क्रियाशील सदस्यता छानविन समितिले नै हेरिरहेको छ । त्यसको नेतृत्व नेता कृष्णप्रसाद सिटौलासहित नेताहरु रमेश लेखक र डा.मिनेन्द्र रिजालले गरिरहेका छन् ।

क्रियाशील सदस्यताको विवादबारे छानविन गरिरहेको समितिमा रहेका नेता लेखकले अन्य दलबाट आएकाहरुका हकमा केही समस्या देखिएको र एक दुई दिनमा नै सदस्यताको विवरण बुझाइने जानकारी दिए ।

‘अन्य दलबाट समायोजन भएर आएका सदस्यतामा समस्या देखिएको छ, पहिले समायोजन हुँदा र अहिले आएका नाम मूल सूचीमा भिडाएर हेनुस् पर्ने हुँदा समय लाग्दैछ, करेक्सन गर्नुपर्ने पनि धेरै छन्, अब एक दुई दिनमा नै टुंगाउँछौं,’ नेता लेखकले भने । उनका अनुसार अब सार्वजनिक हुन बाँकी जिल्लाहरु मध्ये सबै भन्दा बढी प्रदेश २ का आठ वटा जिल्लामा समस्या बढी देखिएको छ ।

कांग्रेसले ७५३ वटै पालिका तहमा भने २७ भदौका लागि अधिवेशन तोकेको छ । वडा अधिवेशन नै सबै जिल्लामा सम्पन्न नभए ति जिल्लामा पालिका अधिवेशन पनि धकेलिन सक्छ ।

प्रदेश १ मा मोरङको सदस्यता सार्वजनिक भएको छैन । प्रदेश २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।

यसैगरी बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा गरी चार जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन भने कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको क्रियाशील सदस्यता सार्वनिक हुन बाँकी छ । यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

निर्धारित कार्यतालिका अनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ ।


प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP