नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वडा नम्बर ६ नरैनापुरको पहिलो बालविवाह मुक्त वडा
वडा नम्बर ६ नरैनापुरको पहिलो बालविवाह मुक्त वडा
RSG-2
बाँँकेमा बालविवाह मुक्त वडाको संख्या १७ पुग्यो
बागेश्वरी पोस्ट
शनिबार, भदौ २६, २०७८ बागेश्वरी पोस्ट
वडा नम्बर ६ नरैनापुरको पहिलो बालविवाह मुक्त वडा

नेपालगन्ज । बाँकेका थप दुई वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ र जानकी गाउँपालिकाको वडा नम्बर ५ लाई आज एक कार्यक्रमका वीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

यी दुई वडासंगै बाँकेमा बालविवाह मुक्त घोषणा हुने वडाको संख्या १७ पुगेको छ । ८१ वडा रहेको बाँकेमा जानकी गाउँपालिकाका ५ वटा वडा, नेपालगन्जका ४ वडा, कोहलपुरका ३, खजुराका २, बैजनाथका २ र नरैनापुर गाउँपालिकाको एउटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । 

नरैनापुरको वडा नम्बर ६ पालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको हो । वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्रपाल सिंहको अध्यक्षता एवं जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जय किसान माविको प्रांगणमा भएको कार्यक्रममा वडाध्यक्ष सिंहले घोषणापत्र वाचन गरेर वडालाई वालविवाह मुक्त घोषणा गर्नुभएको हो ।

घोषणासभामा सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा १४।७७ प्रतिशत मात्र बालविवाह भएको बताउनुभयो । २० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार नरैनापुर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताउनुभयो ।  

घोषणासभामा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले लामो प्रयासपछि नरैनापुरको एउटा वडा बालविवाह मुक्त घोषणा भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा अन्य वडालाई बालविवाह मुक्त घोषणाका लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । उहाँले आगामी फागुन मसान्तसम्म पालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने स्थानीय तहहरुलाई १० लाख दिने घोषणा समेत गर्नुभयो ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले नरैनापुरको पहिलो वडाका रुपमा वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।

जय किसान माविका शिक्षक अरुण यादवले संचालन गरेको कार्यक्रममा वडा नम्बर ६ का वडा सचिव जीवनलाल यादवले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस अवसरमा वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यस बीचमा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । 

नरैनापुरको घोषणा कार्यक्रमको फोटो फिचर


प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP