नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्वाद समूह बाँकेको पहल विद्युत,प्रशारण विस्तार विवाद साम्य
सम्वाद समूह बाँकेको पहल विद्युत,प्रशारण विस्तार विवाद साम्य
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २४, २०७६ बागेश्वरी पोस्ट
सम्वाद समूह बाँकेको पहल विद्युत,प्रशारण विस्तार विवाद साम्य

नेपालगञ्ज। कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखीएको विवाद साम्य भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलबार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रिया पछि सहमती कायम गरिएको हो ।

कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयको अवरोध रहदै आएको थियो । जनप्रतिनीधी, सरोकार निकाय, स्थानीय भद्र भलादमी समेतको उपस्थितीमा भएको सम्वादमा स्थानीयले विद्युत विस्तारमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेपछि रोकिएको काम पनि मंगलबारबाटै शुरु भएको हो । वडा कार्यालय र प्राधिकरणको प्रयासले सार्थक उपलव्धी नपाइरहेका बेला समूहको पहलमा विवादले निकास पाएको हो ।

बाँकेको बिकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको धामपुर सवस्टेशनसम्म ४५ किलोमिटर दुरिमा ३३ केभी लाईन बिस्तार गरिरहेको छ . कोहलपुर सवस्टेशनकै नजीकै चटार गाउँ सडक किनारबाट लाईन बिस्तार गर्न खोज्दा मंसीर १० गतेदेखि विस्तारको काम रोकिएको हो । लामो समयदेखि ठेकेदारले अलपत्र पारेको ठेक्का तोडेर नेपाल विद्युत प्राधिकरणले लाईन बिस्तार गरिरहेको हो ।

चटार क्षेत्रमा ४ वटा मात्रै पोल गाड्नुपर्ने स्थिती रहेका बेला स्थानीय ६५ जनाले घनावस्ती भएको कारण देखाउँदै अन्यत्रबाट तार तान्न माग गर्दै मंसीर १३ गते वडा कार्यालयमा निवेदन समेत दिएका थिए । विद्युत विस्तार विवादको प्रारम्भिक अध्यन, विश्लेषण र स्थलगत भेटवार्तामार्फत सम्वाद प्रक्रियालाई टुंगोमा पु¥याइएको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । सम्वादका क्रममा स्थानीयले बुझाईमा फरक परेकाले काममा ढिलाई भएको दाबी गरेका थिए । वडा अध्यक्ष निम बहादुर चलाउने(निरज)ले विकास निर्माणमा आफनो बुझाई र माग राख्न मिल्ने तर अवरोधै गर्न नहुने भन्दै सहमतीका लागि सबैमा धन्यवाद प्रकट गर्नु भयो ।

यस्तै नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका सुपरभाइजर सन्तोष वाग्लेले सबैको सहमतीमै विस्तारको काम बढाइएको स्पष्ट पार्नु भयो । सम्वाद प्रक्रियामा समूहका सदस्य फणा शर्मा, ललीता चौधरीले समेत सहजीकरण गर्नु भएको थियो । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले धामपुरबाट नरैनापुर जोड्ने ११ केभी प्रशारण लाईनको काम पनि धमाधम अगाडी बढीरहहेको जनाउनु भयो । ठाकुरका अनुसार– नरैनापुरको गंगापुरदेखी कटकुईयासम्मको क्षेत्रमा विद्युतीकरणको काम पनि भइरहेको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP