नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'चाचाजी' को जन्मजयन्ती मनाइयो
'चाचाजी' को जन्मजयन्ती मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २७, २०७८ बागेश्वरी पोस्ट
'चाचाजी' को जन्मजयन्ती मनाइयो

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठान नेपालगन्जले प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त 'चाचाजी' को ९३औं जन्मजयन्ती मनाएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षता एवं नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा जन्मजयन्ती मनाइएको हो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले 'चाचाजी' पत्रकारिता जगतका लागि अनुकरणीय ब्यक्तित्व भएको बताउँदै उहाँको पदचाप पछ्याउन सके उहाँप्रति सच्चा सम्मान हुने बताए । सादगी जीवन शैली, कर्तव्यनिष्ठ कर्म र निरन्तरको साधना 'चाचाजी' का गहना भएकाले यसको अनुशरणमा अबको पुस्ताले ध्यान दिनुपर्नेमा सबैको जोड थियो । 

प्रमुख अतिथि उपमेयर थापा मगरले 'चाचाजी' को योगदानको कदर गर्दै नेपालगन्ज त्रिभुवन चोक पूर्वको सडकको नामाकरण उहाँको नामबाट गर्न खोजे पनि अनावश्यक विवाद सिर्जना गरिएको बताउनुभयो । उहाँले 'चाचाजी'को सम्मानका खातिर उपमहानगरपालिका सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।  

प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पन्नालाल गुप्त नेपाली पत्रकारिताको मूर्धन्य ब्यक्तित्व भएकाले उहाँले देखाएको बाटोलाई पछ्याउन सके उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर  भण्डारीले पत्रकारिताका धरोहर 'चाचाजी' ले प्रकाशित गर्दै आएको किरण साप्ताहिकको प्रकाशन बन्द भएकाले अब महासंघले प्रकाशन गर्ने घोषणा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष गुप्ताले पत्रकारिता पढ्ने विद्यार्थीलाई स्वर्गीय गुप्तको नामबाट छात्रवृत्ति दिने घोषणा गर्नुभयो । 

प्रतिष्ठानका सदस्य सुनिल कुमार गुप्ताले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय झलक गैरे, रुद्र सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी, अवधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वलीले स्वर्गीय 'चाचाजी' को व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले गर्नुभएको थियो । 


प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP