Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • १३ जिल्लाका कांग्रेस क्रियाशील सदस्यताको नाम अझै टुंगो लागेन
१३ जिल्लाका कांग्रेस क्रियाशील सदस्यताको नाम अझै टुंगो लागेन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज १, २०७८ बागेश्वरी पोस्ट
१३ जिल्लाका कांग्रेस क्रियाशील सदस्यताको नाम अझै टुंगो लागेन

नेपालगन्ज । नेपाली काँग्रेसको १४ महाधिवेशन  १८ भदौबाट नै सुरु भइसकेको छ। ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । डडेलधुरामा वडा अधिवेशन भए पनि विवादित छ । अधिवेशन हुन बाँकी अन्य २० जिल्ला मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी १३ जिल्लाको सार्वजनिक कहिले हुने अझै टुङ्गो छैन । प्रदेश २ का आठ वटै जिल्लामा वडा अधिवेशन बाँकी छ । त्यसबाहेक अन्य पाँच जिल्लामा पनि अधिवेशन बाँकी रहेको हो । 

काँग्रेसले पछिल्लो पटक कार्यतालिका संशोधन गर्दै वडा अधिवेशन गर्न बाँकी जिल्लामा ५ भदौमा अधिवेशन तोकेको छ । सो मिति आउन अब चार दिन मात्रै बाँकी छ । काँग्रेसले पछिल्लो पटक काठमाडौं सहितका ७ जिल्लाको सदस्यता सार्वजनिक गरेको थियो । 

क्रियाशील सदस्यता विवाद समाधानका लागि काँग्रेसले बनाएको कार्यदलले भने सदस्यता सहित महाधिवेशनका केही जटिलताका विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई आजै भेट्दै छ । कार्यदलका सदस्य डा। मिनेन्द्र रिजालले क्रियाशील सदस्यताका विषयमा देखिएका जटिलताका विषयमा पार्टी सभापतिलाई भेटेर जानकारी गराइने र त्यसका लागि समय माग गरिएको बताए । 

‘धेरै जसो जिल्लाका सदस्यता टुङ्गिएका छन्, केही बाँकी छन्, बाँकीको जटिलताका विषयमा कार्यदलले सभापतिलाई भेट्दैछौं, जटिलता फुक्छ भन्ने आस गरौँ,’ कार्यदलका सदस्य नेता रिजालले हाम्रा  भने । 

कार्यदलले आजै भेट गर्ने गरी सभापति देउवासँग समय मागेको हो । कार्यदलले सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेसका महामन्त्री डा। शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालाई एक ठाउँ राखेर बाँकी विषयमा समाधान खोज्न लागेको हो । 

कङ्ग्रेसले पूर्व महामन्त्री कृष्ण सिटौलाको नेतृत्वका सदस्यताको विवाद समाधान गर्न कार्यदल बनाएको थियो । सो कार्यदलमा नेता रमेश लेखकसमेत सदस्य छन् । कार्यदलका तीनै नेताले पार्टी नेतृत्वसँग भेट्न लागेको हो । 

अहिले प्रदेश २ का धेरैजसो जिल्लामा समायोजन भई आएका सदस्यताका नाममा विवाद छ । सोही कारण प्रदेश २ कै अन्य केही जिल्लाको सदस्यतासमेत सार्वजनिक हुन सकेको छैन । यसै गरी बाँके, डोल्पा, रसुवा, कैलाली र सुर्खेतको पनि सदस्यता टुङ्गिन बाँकी छ । 

गत बुधवार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP