prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आज आउँदै बाँके कांग्रेसको क्रियाशील, ७ गते वडा अधिवेशन !
आज आउँदै बाँके कांग्रेसको क्रियाशील, ७ गते वडा अधिवेशन !
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २, २०७८ बागेश्वरी पोस्ट
आज आउँदै बाँके कांग्रेसको क्रियाशील, ७ गते वडा अधिवेशन !

नेपालगन्ज । बाँकेको क्रियाशील सदस्यता विवाद कहिले टंगिएला भन्ने प्रश्न जिल्लाका आम काँग्रेसी नेता कार्यकर्ताको छ । २० जिल्लाको सदस्यता विवाद नटुंगिदा कार्यतालिका हेरफेर गरिएकोमा पछिल्लोपटक संशोधित कार्यतालिका पनि प्रभावित हुने देखिएको छ । 

क्रियाशील नटुंगिएर अधिवेशनको आम माहोल बन्न नसक्दा अन्योल कायमै छ । यो वीचमा केही जिल्लाको क्रियाशील टुंगिएपनि डेढ दर्जन जिल्लाको टुंगिन सकेको छैन । बाँकेको क्षेत्र नम्बर १ को विवादले अन्योल बढाएको हो । असोज ५ गते वडा अधिवेशन तोकिएपनि अझै क्रियाशील नटुंगिदा नेता कार्यकर्ता अन्योलमै छन् । अब आज भोलिमा सदस्यता टुंगिएपनि निर्धारित मितिमा वडा अधिवेशन प्रारम्भ हुन प्राविधिक हिसाबले गार्हो छ । 

बाँकेको अन्तिम नामावली आज सार्वजनिक हुने बताइएको छ । काठमाण्डौमा रहेका नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले बाँकेको क्रियाशील सदस्यता आज टुंगिएर सार्वजनिक हुने आफूहरुले जानकारी पाएको बताए । "आजै सार्वजनिक हुन्छ भनिएको छ, हामीले त्यही अपेक्षा गरेका छौँ, " उनले भने-"क्रियाशील आज टुंगियो भने अनि अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ ।" 

आज साँझसम्म क्रियाशील सदस्यको टुंगो लागेपनि असोज ५ गते बाँकेमा वडा अधिवेशन हुने सम्भावना कम छ । निर्वाचनको तयारीका लागि समय नपुग्ने भएकाले बाँकेमा संभवत: असोज ७ गते वडा अधिवेशन हुने कांग्रेस नेताहरु बताउँछन् । यसले गर्दा जिल्लामा सबै तहका अधिवेशन २/३ दिन पछाडि धकेलिने सम्भावना रहेको नेपाली कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट बताउँछन् । 

क्रियाशील नामावली आएपछि ३/४ दिनको तयारी समय राखेर केन्द्रिय निर्वाचन समितिले तोकेकै मितिको सेरोफेरोमा पार्टी पंक्तिसंग छलफल गरेर निर्वाचन कार्यक्रम तय गर्ने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिबक्ता रेवतीरमण भट्टराईले बताए । "तयारीका लागि कम्तीमा ३/४ दिनको समय चाहिन्छ, आज भोलिमा नामावली टुंगियो भने ७ गतेसम्म वडा अधिवेशन गर्न सकिन्छ," उनले भने-"हरेक तहका अधिवेशन २/३ दिन पछाडि सारेर २० गतेसम्म जिल्ला अधिवेशन गर्न सकिन्छ ।" दाङ निवासी भट्टराईले नामावली नटुंगिँदा आफू अझै बाँके आउन नसकेको बताए । "टुंगिने बित्तिकै म नेपालगन्ज आउँछु र निर्वाचन कार्यक्रम अघि बढाउँछु," उनले भने । 

 


प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP