prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङमा कांग्रेसको नगर अधिवेशनको सरगर्मी बढ्यो
दाङमा कांग्रेसको नगर अधिवेशनको सरगर्मी बढ्यो
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २, २०७८ बागेश्वरी पोस्ट
दाङमा कांग्रेसको नगर अधिवेशनको सरगर्मी बढ्यो

नेपालगन्ज ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको सरगर्मी बढेको छ । यही असोज ९ गते तय भएको गाउँ/नगर अधिवेशनका लागि चुनावी सरगर्मी बढेको छ ।

paribartan 1

यसैबीच जिल्लाका दुई उपमहानगरपालिकामा अधिवेशनबाट नेतृत्व लिन युवा दौडधुपमा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकामा नगरसभापतिका लागि तीन जना र घोराही उपमहानगरपालिकामा दुई जना आकाङ्क्षी देखिएका छन् । सुरेश हमाल, शोभाकर सापकोटा र अनिल कार्की चुनावी मैदानमा देखिएका छन् ।

तीनै जना युवा आकाङ्क्षीले चुनावी क्रियाकलापलाई अगाडी बढाएका छन्  । सुरेश हमाललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री दीपक गिरीको समर्थन रहेको बताइन्छ भने अनिल कार्कीलाई नेपाली काँग्रेस दाङका पूर्वसभापति तथा पूर्वसांसद गेहेन्द्र गिरीको पक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । दुवै खेमाले उम्मेदवार बन्नका लागि प्रस्ताव नगरेका अर्का आकाङ्क्षी शोभाकर सापकोटाले भने काँग्रेसको स्वतन्त्ररूपमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ ।

यद्यपी सुरेश हमाल र शोभाकर सापकोटामध्ये एक उम्मेद्वार मात्रै निर्वाचनमा उठ्ने अनुमान गरिएको छ । सुरेश हमाल महाधिवेशन प्रतिनिधिका रूपमा टिममा पर्नुभएन भने सो खेमाले हमाललाई नगर सभापतिमा प्रस्ताव गर्ने बताइएको छ । शोभाकर सापकोटालाई प्रदेश, क्षेत्रीय तथा जिल्लामध्ये कुनै समितिमा जिम्मेवार पद दिएर हमालकै खेमामा ल्याउने पनि दीपक गिरी खेमाका एक नेताले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ बाट सर्वसम्मतरूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा काँग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकाङ्क्षी हुन्  ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक सङ्घसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलतापूर्वक काम गरिसकेका छन्  । लायन्स क्लब, रोटरी क्लब तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका वर्तमान सल्लाहकार हमाललाई राजनीतिसँगै सामाजिक अभियन्ताका रूपमा पनि चिन्ने गरिन्छ ।

सुरेश हमालसँगै विभिन्न व्यावसायिक क्षेत्रका सहयात्री शोभाकर सापकोटा पनि नगर सभापतिकै उम्मेद्वारका आकाङ्क्षी देखिएका छन्  । हमाललाई महाधिवेशन प्रतिनिधि बनाएर नगरमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि लागिपरेका सापकोटा दीपक गिरीको टिमबाट अन्ततः नगर सभापतिको उम्मेदवार बन्न नसकेपछि स्वतन्त्ररूपमा भए पनि नगरमै लड्ने तयारीमा छन्  ।

सापकोटा विद्यार्थीकालदेखि नै नेविसङ्घको राजनीतिमा आबद्ध रहदै आएका छन् । उनी राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनबाट उपसभापति बनेका उहाँले नेविसङ्घ क्षेत्र नं ४ को क्षेत्रीय सचिव तथा नेपाली काँग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारी पनि बहन गरिसकेका छन्  ।

यस्तै २०६५ सालमा राप्ती बबई क्याम्पसमा नेविसङ्घकोतर्फबाट स्ववियु सभापतिमा निर्वाचित अनिल कार्की नगर सभापतिका अर्का एक आकाङ्क्षी हुन् । कार्की तुलसीपुर– ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्  । युवामाँझ लोकप्रिय छवि बनाएका कार्की नेपाली काँग्रेस दाङका पूर्वसभापति गेहेन्द्र गिरीको प्यानलबाट क्षेत्रीय प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्वाचित हुनेमध्येका एक युवा हुन्  ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै युवा नेताहरुले आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नगर अधिवेशनमा घोराही नगर सभापतिका लागि आकाङ्क्षी युवा नेता रमेश पाण्डे र तिलक रावतबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । दुवै आकाङ्क्षी फरक फरक समयको अन्तरालमा विद्यार्थी राजनीतिबाटै माथि आएका हुन्  । नगर सभापतिका प्रत्यासी रमेश पाण्डे नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राजनीतिमा जोडिएका नेताका रुपमा पनि चिनिन्छन।

पाण्डेको उम्मेदवारीलाई पूर्वजिल्ला सभापति वीरकेशरी गौतम र राष्ट्रिय सभा सदस्य अनिता देवकोटा खेमाको समर्थन रहेको बताइएको छ । यद्यपि, उनले आफूलाई नेपाली काँग्रेसको नगर सभापतिका रुपमा मात्र उभ्याएको बताइन्छ । नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट नेपाली कांँग्रेसको राजनीतिमा प्रवेश गरेका पाण्डे घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष हुन् ।

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा २०५० सालदेखि नेपाल विद्यार्थीको राजनीतिमा प्रवेश गरेका पाण्डेको पारिवारिकरुपमा राजनीतिमा फरक पृष्ठभूमि भए पनि पाण्डे सानैदेखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिमा संलग्न रहदै आएका छन्  । लामो समयदेखि राजनीतिमा सक्रिय उहाँ पनि युवा पुस्तामाँझ लोकप्रिय छन् ।

“लामो समयदेखि राजनीतिमा लागे पनि पदीय हिसाबले कमै जिम्मेवारीमा बसेको छु” उनले  भने, “तर पदीय जिम्मेवारीमा नभए पनि नेपाल विद्यार्थी सङ्घ र नेपाली काँग्रेसको लागि निरन्तररुपमा खटेर काम गर्दै आएको छु ।” पाण्डे नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भने नगर सभापतिमा पराजित भएका थिए । करिब छ वर्षपछि पुनः १४औँ महाधिवेशनमा नगर सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको उनले बताए । तीन दशक लामो विद्यार्थी राजनीतिमा सक्रिय उहाँलाई पार्टीको जिम्मेवारीमा बसेर काम गर्ने इच्छा भएको बताए ।

नगर सभापतिकै अर्का आकाङ्क्षी हुन्  तिलक रावत । रावत कलिलो उमेरमै पारिवारिक राजनीतिका कारण सक्रिय राजनीतिमा जोडिन पुगेका हुन्  । तिलकका बुवा अर्जुन रावत विसं २०५४ को स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाको साविक दुविडाँडा गाविसको वडाध्यक्षमा उम्मेदवार भएका थिए । द्वन्द्वकालमै माओवादीबाट उनको परिवार विस्थापित भएर घोराही झ¥यो । तात्कालीन माओवादी सशस्त्र द्वन्द्वमा रोल्पामा सक्रिय राजनीति गर्दै आएका रावत परिवार माओवादीकै कारण विस्थापित भएर दाङ आएको बताइन्छ । रावत पनि आफ्नो परिवारलाई राजनीतिक द्वन्द्वपीडितको परिवारका रुपमा प्रस्ट्याउछन्  । घोराहीको रतनपुरमा बसोबास गर्दै आएसँगै तिलकले नेपाल विद्यार्थी सङ्घमा रहेर सक्रिय राजनीति सुरु गरेका थिए ।

पद्मोदय पब्लिक माविको इकाइ सचिवको भूमिकामा रहेर काम गरेका उहाँ विसं २०६९ मा नेपाल विद्यार्थी सङ्घको क्षेत्रीय सभापति भए । रावत अहिले नगर सभापतिको प्रत्यासी बन्नु युवाका लागि उत्साहको विषय भएको युवा राजनीतिक बृत्तमा चर्चा छ ।

विद्यार्थी राजनीतिकै क्रममा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको साथ रहेको बताउने रावतलाई नगर सभापतिका लागि क्षेत्रीय सभापति भूपबहादुर खड्का र काँग्रेस दाङका नेता राजु खनालको समर्थन रहेको बताइन्छ।रासस।


प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP