prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • फेरि निराश बाँकेका कांग्रेसजन !
फेरि निराश बाँकेका कांग्रेसजन !
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २, २०७८ बागेश्वरी पोस्ट
फेरि निराश बाँकेका कांग्रेसजन !

नेपालगन्ज । बाँकेको क्रियाशील सदस्यता विवाद सुल्झिने कुरो 'माछो माछो भ्यागुतो' जस्तो भएको छ । सुखद् खबरको पर्खाइमा रहेका बाँकेका कांग्रेसजन आज पनि निराश बनेका छन् । 

paribartan 1

आज बाँकेसहित बाँकी जिल्लाको सदस्यता टुंगिने भनिएपनि थप केही जिल्लाको विवाद समाधान हुँदा बाँकेको अन्तिम नामावली भने आउन सकेन । क्षेत्र नम्बर १ को विवाद पेचिलो बनेका कारण समस्या सुल्झिन बिलम्ब भइरहेको नेताहरु बताउँछन् । बाँकेको विवादलाई अनावश्यक गिजोलेर प्रतिष्ठाको विषय बनाइएकाले समस्या बढेको नेताहरुको दाबी छ । नेतृत्वमा बस्नेहरुले विधान र प्रकियाको हुर्मत लिँदै आफूखुसी आफ्नो अनूकुल काम गर्दा अधिवेशन नै बन्धक बनेको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

आज जसरी पनि बाँकी सबै जिल्लाको छिनोफानो गरेर अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने भनिएपनि खास प्रगति हुन सकेन । यो समाचार तयार पार्दासम्म बाँकेको विवाद मिल्न सकेको छैन । अहिले पनि सहमतिको प्रयास भइरहेको काठमाण्डौमा रहेका बाँके कांग्रेसका युवा नेता पोषण केसीले बताए । 

अब बाँकेमा असोज ५ गते वडा अधिवेशन हुने सम्भावना कम छ । भोलिसम्म टुंगिएमा पनि निर्वाचनको तयारीका लागि समय नपुग्ने भएकाले बाँकेमा संभवत: असोज ७ गते वडा अधिवेशन हुने कांग्रेस नेताहरु बताउँछन् । यसले गर्दा जिल्लामा सबै तहका अधिवेशन २/३ दिन पछाडि धकेलिने सम्भावना रहेको नेपाली कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट बताउँछन् । 

क्रियाशील नामावली आएपछि ३/४ दिनको तयारी समय राखेर केन्द्रिय निर्वाचन समितिले तोकेकै मितिको सेरोफेरोमा पार्टी पंक्तिसंग छलफल गरेर निर्वाचन कार्यक्रम तय गर्ने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिबक्ता रेवतीरमण भट्टराईले बताए । "तयारीका लागि कम्तीमा ३/४ दिनको समय चाहिन्छ, आज भोलिमा नामावली टुंगियो भने ७ गतेसम्म वडा अधिवेशन गर्न सकिन्छ," उनले भने-"हरेक तहका अधिवेशन २/३ दिन पछाडि सारेर २० गतेसम्म जिल्ला अधिवेशन गर्न सकिन्छ ।" दाङ निवासी भट्टराईले नामावली नटुंगिँदा आफू अझै बाँके आउन नसकेको बताए । टुंगिने बित्तिकै म नेपालगन्ज आउँछु र निर्वाचन कार्यक्रम अघि बढाउँछु," उनले भने ।


प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP