prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभापति देउवाद्वारा मन्त्री छान्न मनोमानी
सभापति देउवाद्वारा मन्त्री छान्न मनोमानी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ६, २०७८ बागेश्वरी पोस्ट
सभापति देउवाद्वारा मन्त्री छान्न मनोमानी

नेपालगन्ज । नेपाली काँग्रेसका  सभापति  शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्दा मनोमानी गरेको कांग्रेस  संस्थापन इतर समूहले आरोप लगाएको छ । 

महामन्त्री डा शशाङ्क कोइरालाको निवास महाराजगन्जमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले सभापति देउवाले मन्त्री छान्न र महाधिवेशन अन्तर्गत वडा अधिवेशनको प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यतामा मनोमानी गरेको आरोप लगाएको हो । 

सो समूहले नेता डा नारायण खड्कालाई पार्टी भित्र कुनै छलफल नै नगरी मन्त्री बनाइएको, मन्त्रीपरिषद् विस्तारमा पार्टी भित्र छलफल नगरेको र वडा अधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा पनि आफ्नो समूहको विमति हुँदा हुँदै कुनै परामर्श नगरिएको भनेको हो । 

‘पार्टी भित्र कुनै छलफल नै नगरी मन्त्री बनाइन्छ, वडा अधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा पनि हाम्रो प्रस्ट विमति हुँदा हुँदै कुनै परामर्श गरिएको छैन, सभापतिले एकलौटी रूपमा मनोमानी गर्दै अघि बढे, यो राम्रो सङ्केत होइन, काँग्रेस भित्र यस्तो चल्दैन,’ बैठकमा सहभागी एक नेताले  भने । 

बैठकमा देउवाको कार्यशैलीलाई लिएर अधिकांश नेताले आक्रोश पोखेका छन् । उनीहरूले पदाधिकारी बैठकमा एक भएर प्रस्तुत हुने निष्कर्षसमेत निकालेका छन् । 

बैठकमा डडेलधुरा वडा अधिवेशनका विषयमा असहमति हुँदाहुँदै एकतर्फी रूपमा अधिवेशन गरिएको बारेमा समेत नेताहरूले धारणा राखेका थिए । 

यसै गरी पुनः १३ जिल्लामा अधिवेशन नभएको निहुँमा सबै तहका अधिवेशनमा मनोमानी गर्न खोजिएको भन्दै सो समूहले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ । १३ जिल्लाको क्रियाशील सदस्यताका सम्बन्धमा संस्थापन पक्षले नै किचलो गरेको पौडेल पक्षको आरोप छ । 

अहिले काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा पदाधिकारी बैठक जारी छ । बैठकमा काँग्रेसका तर्फबाट मन्त्री हुनेहरूको नाम तय गर्ने बताइन्छ । यस्तै महाधिवेशनका मितिका विषयमा पनि छलफल हुने छ । 

सरकारमा काँग्रेसका तर्फबाट अहिलेसम्म तीन मन्त्री र एक राज्यमन्त्री गरी चार मन्त्री छन् । आजै मात्र डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइएको हो । हालसम्म गुटगत रूपमा काँग्रेसबाट देउवा निकटका नेताहरूलाई मात्रै मन्त्री बनाइएको छ । हाम्राकुराबाट ।


प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP