Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एकीकृत समाजवादीको महासचिवमा ५ जनाको चर्चा
एकीकृत समाजवादीको महासचिवमा ५ जनाको चर्चा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ७, २०७८ बागेश्वरी पोस्ट
एकीकृत समाजवादीको महासचिवमा ५ जनाको चर्चा

नेपालगन्ज । नेपालक कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्र महासचिवका लागि रस्साकस्सी परेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूलाई सहज हुने गरी महासचिव छान्न लागे पनि पार्टीका शीर्ष नेताहरूले दाबी गर्दा रस्साकस्सी परेको हो। केन्द्रीय कमिटीको बैठक सकिएपछि बालुवाटार पुगेका माधव नेपाल प्रधानमन्त्रीसँगको बैठक सकिएपछि निवासमा महासचिवका आकाङ्क्षीहरूलाई बोलाएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठक सकिएपछि कोटेश्वर निवास पुगेका नेपाललाई महासचिवकै लागि भेटघाट गर्न पाँच नेताहरू पुगेका थिए। बेदुराम भुसाल, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, विजय पौडेललाई बोलाएर छलफल गरेका थिए। केन्द्रीय कमिटी बैठकको सञ्चालन तुलाधरले गरेका कारण महासचिव पनि उनी हुने प्रबल सम्भावना रहेको छ।

तर पाण्डेलेपनि सशक्त रूपमा दाबी गरेपछि नेपाल असजिलोमा परेका छन्। पाण्डेलाई भने बागमती प्रदेशको मुख्यमन्त्री दिएर मनाउने तयारी भएको छ। हाल बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य छिन्। पार्टी अध्यक्ष नेपालले पटक पटक प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीको नेतृत्वमा बन्ने बताउँदै आएका छन्। तर पाण्डेले महासचिवको दाबी छाडेका छैनन्।

नवौँ महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए। त्यस कारण उनको दाबी बलियो रहेको छ। निर्वाचन आयोग लगायतका कानुनी प्रक्रियामा समेत निपूर्ण रहेका पाण्डेले महासचिवको दाबी गरेका हुन्। तर नेपालले यो विषयमा कसैलाई पनि जानकारी गराएका छैनन्। बुधवार रातीको छलफल पनि विना निष्कर्ष टुङ्गिएकाले बिहान एक्ला एक्लै छलफल गरेर नेपाल आफैले महासचिवको टुङ्गो लगाउने स्रोतको दाबी छ।

केन्द्रीय कमिटी बैठकले बुधवार महासचिव छान्न नसकेपछि बिहीबारसम्म बैठक लम्ब्याएको थियो। अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पारित गर्दे केन्द्रीय सदस्यहरूको कार्य विभाजन र महासचिव लगायतका पदाधिकारी छान्नका लागि बिहीबारसम्म बैठक लम्ब्याएको हो। बिहीबार बिहान बस्ने बैठकको सुरुमै महासचिवको प्रस्ताव गरिने स्रोतले जनाएको छ।

सो पार्टीको मङ्गलवारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँच वटा समूह बनाई समूहगत छलफल भएको थियो। समूहगत छलफलको निष्कर्ष बुधबारेको बैठकमा सुझावसहित प्रस्तुत गरिएको थियो।

अध्यक्षले पेस गरेको प्रतिवेदनमाथि आएका सुझावलाई समेटेर प्रतिवेदन पास गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनका अनुसार समूह नं। १ बाट रामकुमार झाँक्री, समूह नं  २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको सुझाव राखेका थिए।

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जानुपर्ने बताएका थिए। तत्कालीन एमालेले जस्तो जबजलाई देवत्व करण अथवा जबजको विकृतिको पक्षमा नरहेको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएका थिए।

बैठकले समाजवाद नामक पार्टीको मुख पत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, नेताहरूमार्फत पार्टीको चुनाव चिह्नको सन्दर्भमा विभिन्न सुझावहरू आएको भन्दै पार्टीको चुनाव चिह्न निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको बिहीबारको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुङ्गो लगाइने प्रचार विभाग खतिवडाले  जानकारी दिए। हाम्राकुराबाट।


प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP