prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङका तीन गाउँपालिकामा सर्वसम्मत सभापति चयन
दाङका तीन गाउँपालिकामा सर्वसम्मत सभापति चयन
banijya office RSG-2
७ वटा पालिकामा भोली निर्वाचन
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ८, २०७८ बागेश्वरी पोस्ट
दाङका तीन गाउँपालिकामा सर्वसम्मत सभापति चयन

नेपालगन्ज । दाङका तीन वटा पालिकामा कांग्रेसले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत् पालिका अधिवेशनमा शान्तिनगर, बंगलाचुली र राप्ती गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । आज मनोनयन दर्ता गर्दा यी तीन पालिकामा निर्विरोध नेतृत्व चयन भएको हो । 

दाङका १० वटा पालिकामा भोली नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । १० मध्ये ३ वटामा निर्विरोध भएपछि अब ७ वटामा मात्र भोली निर्वाचन हुनेछ । शान्तिनगरमा भने सचिवमा सर्वसम्मत हुन सकेको छैन । पश्चिम दाङको शान्तिनगर गाउँपालिका सभापतिमा झलक केसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा लाल बहादुर बुढाथोकी र द्रोण बहादुर खत्री निर्वाचित भएका छन् । सहसचिबमा भागीराम रावत निर्विरोध भएका छन् । 

शान्तिनगरका नवनिर्वाचित सभापति केसी कांग्रेस केन्द्रिय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीसंग निकट छन् । गिरीको निर्वाचन क्षेत्रमा पर्ने यो गाउँपालिका जिल्ला सचिव शंकर डाँगीको गाउँपालिका हो । कांग्रेसको आधार बलियो मानिने यो क्षेत्रमा पालिका अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले नै जितेको छ । 

त्यस्तै उत्तर पूर्वी पहाडी भूभागमा पर्ने बंगलाचुलीको सभापतिमा जागेश्वर अधिकारी निर्विरोध निर्वाचित भएका छन्  । उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बिक र केयरसिंह गाहा मगर सर्वसम्मत भएका छन् । 

लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकामा विद्याशरण चौधरी सभापति चुनिएका छन् । उपसभापतिमा श्यामा रावत र प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैन कुमार चौधरी तथा सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन छन् । 

दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीमा भने दुई प्यानलका वीचमा प्रतिष्पर्धा हुँदैछ । तुलसीपुरमा नगर सभापतिका लागि सुरेश हमाल र अनिल कार्कीले उम्मेदवारी दिएका छन् भने घोराहीमा निरज गिरी र तिलक रावतको उम्मेदवारी परेको छ । केन्द्रिय सदस्य गिरीको गृहपालिका दंगीशरण गाउँपालिकामा शम्भु गिरी र हर्क बहादुर बुढाथोकीको गाउँ सभापतिमा उम्मेदवारी परेको छ । लमही नगरपालिकाको सभापतिमा शिव प्रसाद चौधरी र सन्तोष बुढाथोकीको उम्मेदवारी परेको छ । 

बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत र पर्साराम भुषाल, गढवा गाउँपालिकामा कृष्णराज पाण्डे र किरण पौडेलको उम्मेदवारी परेको छ । राजपुर गाउँपालिकामा पनि भोली निर्वाचन हुँदैछ । 

 


प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP