prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा कांग्रेस क्रियाशील संख्या झण्डै १० हजार !
बाँकेमा कांग्रेस क्रियाशील संख्या झण्डै १० हजार !
banijya office RSG-2
क्रियाशील सदस्यता ११४ प्रतिशतले बृद्धि
नवीन गिरी
आइतबार, असोज १०, २०७८ नवीन गिरी
बाँकेमा कांग्रेस क्रियाशील संख्या झण्डै १० हजार !

नेपालगञ्ज । बाँकेमा क्रियाशील सदस्यता विवाद समाधान भएसंगै अधिवेशनको तापले माहोल तताउन थालेको छ । लामो रस्काकस्सीपछि शनिवार मात्रै बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको हो । अधिवेशनमा मतदाताका रुपमा रहने क्रियाशील सदस्यता लिष्ट नै विवादमा परेपछि बाँकेको अधिवेशन अन्यौलमा परेको थियो । क्षेत्र नम्बर १ का केही वडाहरुमा चरम विवाद देखिएपछि विवाद मिलाउन निकै समय खर्चिनुपरेको हो । अब क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसको वेबसाइटमा सार्वजनिक भएसंगै अधिवेशन गर्ने बाटो खुलेको छ । अब कांग्रेसको निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेपछि अधिवेशन प्रारम्भ हुनेछ । कांग्रेसले यसअघि नै सबै जिल्लामा दशैं अगावै वडा र पालिका अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेकाले बाँकेमा पनि दशैं अगावै वडा र पालिका अधिवेशन सम्पन्न हुनेछ । बाँकेमा जम्मा ८१ वडा छन् । ८ वटा पालिका छन् । 

जिल्लामा सबैभन्दा बढी क्रियाशील नेपालगञ्ज उपमहानगरपालिकामा छन् । नेपालगञ्जमा क्रियाशील संख्या २४०१ पुगेको छ । सबैभन्दा बढी संख्या वडा नम्बर २ मा छ । यहाँ क्रियाशील सदस्यको संख्या २३५ पुगेको छ । सबैभन्दा कम वडा नम्बर २३ मा ५७ जना मात्रै छन् ।  

बाँकेमा यस पटक क्रियाशील सदस्य संख्या शतप्रतिशत भन्दा बढीले बृद्धि भएर ९६७८ पुगेको छ । १३ औं महाधिवेशनमा क्रियाशील संख्या ४५२० थियो । नयाँ संख्या ५१५८ छ । जानकी गाउँपालिका बाहेक सबैमा शतप्रतिशत भन्दा बढीले क्रियाशील संख्या बृद्धि भएको छ । कांग्रेसले १४औं महाधिवेशनमा शतप्रतिशत सदस्यता संख्या बढाउने नीति लिएको थियो । त्यसै अनुसार बाँकेमा पनि त्यही अनुपातमा संख्या बढेको हो । यहाँ ११४ प्रतिशतले क्रियाशील सदस्यको संख्या बढेको छ । 

जिल्लामा सबैभन्दा बढी क्रियाशील नेपालगञ्ज उपमहानगरपालिकामा छन् । नेपालगञ्जमा क्रियाशील संख्या २४०१ पुगेको छ । यहाँका २३ वटा वडामा पुरानो क्रियाशील संख्या ११७५ रहेकोमा अहिले १२२६ जना नयाँ थपिएका छन् । सबैभन्दा बढी संख्या वडा नम्बर २ मा छ । यहाँ क्रियाशील सदस्यको संख्या २३५ पुगेको छ । सबैभन्दा कम वडा नम्बर २३ मा ५७ जना मात्रै छन् ।  

सबैभन्दा कम क्रियाशील संख्या डुडुवामा छ । यहाँ ३३९ जना मात्रै छन् । डुडुवामा वडा नम्बर ३ मा सबैभन्दा बढी ७० जना छन् भने कम वडा नम्बर १ मा ४८ जना छन् । यहाँ सबै वडामा एउटै हाराहारीमा संख्या छ । 

दोस्रोमा कोहलपुरमा क्रियाशील संख्या २२७४ छ । १५ वटा वडा रहेको कोहलपुर नगरपालिकामा पुरानो संख्या १००९ हो भने नयाँ १२६५ जना छन् । यहाँ सबैभन्दा बढी संख्या वडा नम्बर १० मा छ । जहाँ ३८१ क्रियाशील छन् । सबैभन्दा कम वडा नम्बर १४ मा ६३ जना मात्रै छन् । त्यस्तै तेस्रो बढी संख्या राप्तीसोनारी गाउँपालिकामा छ । यहाँ १३२४ जना क्रियाशील सदस्य पुगेका छन् । पुरानो संख्या ६२७ हो भने नयाँ ६९७ थपिएका छन् । सबैभन्दा बढी संख्या वडा नम्बर १ मा छ । यहाँ २३१ जना क्रियाशील सदस्य छन् । सबैभन्दा कम वडा नम्बर ४ मा ५३ जना मात्रै छन् । 

खजुरा गाउँपालिकामा क्रियाशील संख्या १११५ पुगेको छ । पुरानो क्रियाशील संख्या ५३३ हो भने नयाँ ५८२ जना छन् । खजुरामा सबैभन्दा बढी वडा नम्बर ३ मा २६९ जना क्रियाशील सदस्य छन् भने कम वडा नम्बर ६ मा ५७ जना मात्रै छन् । बैजनाथमा क्रियाशील सदस्यता संख्या १०८० छ । यहाँ पुराना ४८५ जना र नयाँ ५९५ जना हुन् । बैजनाथ गाउँपालिकामा सबैभन्दा बढी वडा नम्बर ६ मा २८२ जना छन् । कम संख्या वडा नम्बर ५ मा ७८ जना छन् । 

आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि बढाउन नेताहरुले आफ्नो स्वार्थ हेरेर क्रियाशील दिने संस्कार विकास भएकाले कांग्रेसमा क्रियाशील विवाद पेचिलो बन्ने गरेको छ । 

जानकी गाउँपालिकामा ७३० जना क्रियाशील सदस्य छन् । यसमा पुरानोको संख्या ३८७ छ भने नयाँ ३४३ छन् । यहाँ सबैभन्दा बढी संख्या वडा नम्बर ५ मा २२८ छन् । सबैभन्दा कम वडा नम्बर १ मा ५३ जना मात्रै छन् । त्यस्तै नरैनापुर गाउँपालिकामा ४१५ जना क्रियाशील छन् । यसमा १८१ पुराना र २३४ जना नयाँ छन् । नरैनापुरको वडा नम्बर ६ मा सबैभन्दा बढी ७८ जना र सबैभन्दा कम ३ नम्बर वडामा ६२ जना छन् । यहाँका ६ वटै वडामा लगभग एउटै हाराहारीमा क्रियाशील सदस्यता संख्या छ । सबैभन्दा कम क्रियाशील संख्या डुडुवामा छ । यहाँ ३३९ जना मात्रै छन् । डुडुवामा वडा नम्बर ३ मा सबैभन्दा बढी ७० जना छन् भने कम वडा नम्बर १ मा ४८ जना छन् । यहाँ पनि सबै वडामा एउटै हाराहारीमा संख्या छ । 

वडा अधिवेशनबाट वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधि छनौट हुने भएकाले वडा अधिवेशनमा क्रियाशीलको ठूलो भूमिका हुन्छ । अहिले संशोधित विधानमा नयाँ क्रियाशीललाई पनि क्षेत्रीय प्रतिनिधिका लागि बाटो खुला गरिएकाले नयाँ अनुहार धेरै आउने अवस्था छ । क्षेत्रीय प्रतिनिधिले नै पालिका, क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्ने भएकाले यसमा धेरैको आकर्षण देखिन्छ । आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि बढाउन नेताहरुले आफ्नो स्वार्थ हेरेर क्रियाशील दिने संस्कार विकास भएकाले कांग्रेसमा क्रियाशील विवाद पेचिलो बन्ने गरेको छ । 


प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP