नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डुडुवामा मानव स्वास्थ्यमाथि खेलवाड गर्दै मदिरा उद्योग
डुडुवामा मानव स्वास्थ्यमाथि खेलवाड गर्दै मदिरा उद्योग
बागेश्वरी पोस्ट
सोमबार, असोज ११, २०७८ बागेश्वरी पोस्ट
डुडुवामा मानव स्वास्थ्यमाथि खेलवाड गर्दै मदिरा उद्योग

डुडुवा (बाँके) । वर्षौंदेखि बाँके डुडुवाका स्थानीयको मानव स्वास्थ्यमाथि खेलवाड गर्ने एक मदिरा कम्पनीलाई व्यवस्थापनका लागि पहल थालिएको छ । डुडुवा गाउँपालिका वडा नं. ४ मोल्हुपुर्वामा संचालित भेरी डिष्टलरी एण्ड एलाइट इण्डष्ट्रीज प्रालिबाट निस्कने फोहरको प्रभावकारी व्यवस्थापन नगर्दा मानव जीवनमा प्रतिकूल असर पारेको छ । 

स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने त्यस आसपासका नागरिकलाई त्यसबाट निस्कने फोहरको दुगन्धले स्वास्थ्यमाथि प्रत्यक्ष असर पुर्याएको छ । स्थानीयको जनगुनासो व्यापक बढेपछि गाउँपालिका कार्यालयले चासो लिएको हो । 

उद्योग स्थापना गर्ने तर त्यसको मापदण्ड अनुसारको व्यवस्थापन नगर्दा कृषि, पशु चौपाया तथा मानिसमा प्रत्यक्ष प्रभाव पारेको गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । उनले शुरुमा मिल प्लान्ट स्थापना गर्ने भनेर झुक्काई करिब एक दशक अघि स्थापना गरिएको मदिरा उद्योगले अहिले पूरै गाउँपालिकाबासीलाई नै वेवकुफ बनाएको बताइन् । मदिरा उद्योगबाट निस्कने फोहरलाई सिधै डुडुवा नाला र खेतमा फाल्ने काम गरिएको छ भने त्यसबाट निस्किएको फोहरलाई दानाको रुपमा पुनः प्रयोग गर्नाले झन बढी दुर्गन्धित बनाएको छ ।

गाउँपालिका कार्यालयले आज सोमबार गरेको अनुगमनका क्रमममा उद्योग स्थापनापछि प्रभावकारी फोहर व्यवस्थापन, टेण्डर प्रक्रिया, तारबारको अभाव, जस्ता विभिन्न मापदण्डको सामान्य रुपमा पनि पालना नगरेको र स्थानीय सरकारसंग सुचीकृत दर्ता समेत नभई संचालनमा रहेको पाइएको छ । पालिका उपाध्यक्ष शाहिदा बानो नेतृत्वको अनुगमन टोलीले उद्योगको उत्पादन, भण्डारण, आयात, फोहर व्यवस्थापन तथा दैनिक विक्रि वितरणको अवस्था, स्थानीय दर्ता तथा कर लगायतका बारेमा जानकारी लिएको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए । 
 

अनुगमनपछि प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले उद्योगप्रति नागरिकहरुको जनगुनासो बढ्दै गएकाले त्यसको व्यवस्थापन तथा नियमन गर्न आवश्यक रहेको भन्दै आजै अनुगमनपछि लिखित सुझावसहित ताकेता गरिएको बताए । स्थानीय सरकार अन्तर्गत् रहेको उक्त उद्योगले वर्षौंदेखि स्थानीय कर तिरेको छैन भने उल्टै स्थानीयको कृषि बाली नष्ट गरेको छ । 

उद्योगको फोहरले डुडुवा गाउँपालिका वडा नंं ४, ३ र २ का करिब ३०० हेक्टर क्षेत्रफलमा लगाइने धान र गहुँ बालीलाई प्रत्यक्ष नोक्सानी पुर्याएको गाउँपालिका कृषि शाखा प्रमुख सुशिल शर्माले बताए । उद्योगबाट निस्कने फोहर सिधै बाहिर फालिएको उक्त क्षेत्रलाई निषेधित समेत नबनाउँदा जोखिम बढेको छ । 


प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP