prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा कांग्रेस अधिवेशन दशैंपछि !
बाँकेमा कांग्रेस अधिवेशन दशैंपछि !
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १२, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा कांग्रेस अधिवेशन दशैंपछि !

नेपालगञ्ज । बाँकेमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद किनारा लागेपनि अधिवेशन कहिले हुन्छ भन्ने कौतुहलता आम कार्यकर्तामा छ । कांग्रेसले आफ्नो वेबसाइटमा क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ । तर, अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा मेटिएको छैन । 

बाँकेसहित १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन । प्रदेश २ का अधिकांश जिल्लाको त क्रियाशील नै सार्वजनिक हुन सकेको छैन । केन्द्रिय निर्वाचन समितिले बाँकि जिल्लाको वडा अधिवेशन एकसाथ गर्ने नीति लिएको छ । यसले गर्दा अब बाँकि जिल्लाको वडा अधिवेशन प्रारम्भ हुन दशैं कुर्नुपर्ने भएको छ । 

केन्द्रिय निर्वाचन समितिका अनुसार अहिले सोह्र श्राद्ध चलिरहेको र लगत्तै दशैं शुरु हुने भएकाले अब दशैंपछि नै अधिवेशन हुनेछ । निर्वाचन समितिले केही जिल्लाको नामावली नै प्राप्त नभएको र प्राप्त भएको ठाउँमा पनि केही व्यवस्थापकीय तयारी नपुग्ने हुँदा बाँकि रहेका जिल्लामा दशैंपछि एकैपटक वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ । २१ हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन हुँदैछ । वडा र पालिका अधिवेशन भइसकेका अन्य जिल्लामा भने दशैंपछि नै क्षेत्र र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै वडा र पालिका अधिवेशन हुन बाँकि छ । क्रियाशील विवादका कारण बाँकेमा असोज ९ गते मात्रै क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरिएको थियो । 

बाँकेका लागि खटिएका प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले केन्द्रिय निर्वाचन समितिले आफूलाई दशैंपछि मात्रै अधिवेशन प्रारम्भ हुने जानकारी गराएको बताए । "म त तयारी अवस्थामै छु, तर, सोह्र श्राद्ध चलिरहेकाले कार्यकर्तालाई अहिले त्यति सहज छैन, लगत्तै दशैं शुरु हुन्छ, त्यसकारण अब दशैंपछि मात्रै वडा अधिवेशन हुन्छ, केन्द्रले मलाई त्यही भनेको छ," भट्टराईले भने । नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले पनि दशैंपछि नै अधिवेशन प्रारम्भ हुने बताए । बागेश्वरी पोष्टसंग उनले भने-"क्रियाशील विवाद त टुंगियो तर तत्काल अधिवेशन हुने अवस्था देखिँदैन, दशैंपछि नै अब अधिवेशन हुन्छ ।" 

बाँकेमा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुन्छ । दोस्रो चरणमा ८ वटा पालिकामा पालिका अधिवेशन हुनेछ । त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भएपनि पालिकादेखि भने समूहगत प्रतिष्पर्धा हुने अवस्था देखिएको छ । बाँकेमा ९६७८ क्रियाशील सदस्य छन् । 


प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP