नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रेडक्रस बाँकेले भन्यो-भेरी अस्पतालले अमानवीय शैली देखाउँदैछ
रेडक्रस बाँकेले भन्यो-भेरी अस्पतालले अमानवीय शैली देखाउँदैछ
banijya office RSG-2
संरचना भत्काउनु अघि भरपर्दो विकल्प दिन माग
बागेश्वरी पोस्ट
बुधबार, असोज २०, २०७८ बागेश्वरी पोस्ट
रेडक्रस बाँकेले भन्यो-भेरी अस्पतालले अमानवीय शैली देखाउँदैछ
पत्रकार सम्मेलन

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले २०३४ सालदेखि भेरी अस्पताल परिसरमा रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ । रगत संकलन र आपूर्तिमा क्रियाशील रक्तसञ्चार केन्द्रले हाल बार्षिक करिब १५ हजार युनिट रगत आपूर्ति गरिरहेको छ । मानवीय सेवामा तल्लीन रेडक्रस बाँके शाखा पछिल्लो समय भने तनावमा छ । भेरी अस्पतालले सौन्दर्यकरण गर्न भन्दै रक्तसञ्चार केन्द्रको भवन नै भत्काउन खोजेपछि रेडक्रस बाँके शाखाले मानवीय सेवालाई भेरी अस्पताल विकास समितिले 'नजरअन्दाज' गरेर ठूलो भूल गर्न खोजेको रुपमा अथ्र्याएको छ ।

रेडक्रस बाँके शाखाले आज नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रम गरेर भेरी अस्पतालले कुनै भरपर्दो विकल्प नै नदिएर रातारात भौतिक संरचना भत्काउन खोज्नु 'दुःखद् र अपरिपक्व' कदम भएको जनाएको छ । पत्रकारहरुलाई वितरित प्रेस विज्ञप्तीमा उसले भनेको छ-"रक्तसञ्चार सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म हाल रक्तसञ्चार सेवा सञ्चालन भइरहेको भौतिक संरचना पूर्ववत अवस्थामा प्रयोग गर्न सबै पक्षबाट सहयोग तथा समन्वय गरिदिन हार्दिक अपिल गर्दछौं ।"

सभापति गोबर्धनसिंह सम्झनाले भरपर्दो विकल्प नहुँदासम्म दुई तीन बर्ष अझै निर्वाधरुपमा रक्तसञ्चार केन्द्रको भौतिक संरचना प्रयोग गर्न पाउनुपर्ने बताए । रक्तसञ्चार केन्द्रले ६ वटा सटर मार्फत् गरिरहेको आम्दानी नै बन्द हुने अवस्था आउँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने बताए । अस्पतालले सटर भत्काउने १५ दिने अल्टिमेटम दिएर अमानवीय शैली प्रदर्शन गरेको सम्झनाको भनाई छ ।

नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय उपाध्यक्ष अजितकुमार शर्माले रेडक्रसले समझदारीको कुरा गर्दागर्दै भेरी अस्पतालले असझदारीको बाटो रोजेको आरोप लगाए । "अब भेरीलाई हामीले नैतिकताको पाठ सिकाउन जरुरी भयो, उसको र हाम्रो स्वार्थ एउटै हो, रगत दिएर विरामीको ज्यान जोगाउने...तर यो मामिलामा भेरी अस्पतालले आफ्नो विवेक नै कुण्ठित बनायो," उनले थपे-"उनीहरु सौन्दर्यकरणको लडाईं लड्दैछन्... हामी मानवताको युद्ध लड्दैछौं...तपाईंहरु नै भन्नुहोस् को कति विवेकी ?" शर्माले सटर र भवन नभत्काउने दृढता व्यक्त गरे । "घर भत्कायो भने हाम्रो आयस्रोत नै बन्द हुन्छ," उनले भने । अस्पताल विकास समितिले बेलाबेलामा आफूहरुलाई दुःख दिने नियत देखाएको आरोप समेत उनले लगाए ।

सभापति सम्झनाले पत्रकार सम्मेलनमा आफूहरुले अस्पतालसंग तीन वटा विकल्प दिएर समझदारी बनाउने कोसिस गरेपनि अस्पतालले वास्ता नगरेको बताए । "हामीले पहिलो कुरा हामीलाई यथेष्ट समय दिनुस् भनेका छौं, दोस्रो भरपर्दो विकल्प दिनुस्, तेस्रो दुबै पक्ष मिलेर एउटा साझा विकल्प खोजौं भनेका छौं," उनले भने-"तर अस्पतालले यसमा चासो दिएको छैन ।" भेरी अस्पतालले सौन्दर्यकरण गर्ने भन्दै अस्पताल परिसरसंग जोडिएका सटर भत्काइरहेको छ ।

त्यसमा रेडक्रसको रक्तसञ्चार केन्द्र रहेको भवनसंग जोडिएको संरचना र ६ वटा रेडक्रसकै सटर भएकाले अस्पतालले १ हजार स्क्वायर फूटमा रहेको भवन मात्र बाँकि राखेर अरु संरचना भत्काउन खोजेको छ । तर, रेडक्रसले सटर भत्काउँदा अन्य संरचना पनि भत्किएर सेवा नै अवरुद्ध हुने अवस्था आउने भन्दै भत्काउन मानेको छैन । रेडक्रसले विकल्पको रुपमा नेपाल रेडक्रस सोसाइटी केन्द्र, स्थानीय पालिका तथा अन्य दातृ संस्थाहरुसंग समेत समन्वय भइरहेको तर यसले पूर्णता पाउन अझै केही समय लाग्ने भएकाले अस्पतालसंग समय मागेको जनाएको छ । रेडक्रसले ६ वटा सटरबाट बार्षिक रु.१२ लाख ७२ हजार आम्दानी गरिरहेको जनाएको छ । 

भेरी अस्पतालले रेडक्रसले पाएको १ हजार स्वाक्यर फुट जग्गा पनि आफ्नो नाममा बनाइसकेकाले आफूहरु कानुनीरुपमा कमजोर भएको स्विकार्दै रेडक्रसले आफूहरुले समझदारी खोजिरहेको कुरामा जोड दिएको छ । मानवीय सेवा गरिरहेको संस्थालाई थाहै नदिई जग्गा गुपचुपरुपमा आफ्नो नाममा गरेको भेरी अस्पतालले बद्मासी गरेको रेडक्रसको आरोप छ । "यस्तो गरिएला भन्ने हामीलाई लाग्दै लागेन नत्र हामीले पनि त गर्न सक्थ्यौं"-रेडक्रस बाँकेको भनाई छ ।  

 


प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP