नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बन्लान् त बाँकेका गजेन्द्र हमाल मन्त्री ?
बन्लान् त बाँकेका गजेन्द्र हमाल मन्त्री ?
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २२, २०७८ बागेश्वरी पोस्ट
बन्लान् त बाँकेका गजेन्द्र हमाल मन्त्री ?
गजेन्द्र हमाल

नेपालगन्ज । बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाल पनि मन्त्री बन्ने चर्चा चलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिस्तार गर्न लागेको मन्त्रीपरिषदमा हमाल पनि अटाउने चर्चा चलेको हो । केही दिनदेखि उनी मन्त्री बन्ने लाइनमा रहेको  चर्चा चलिरहेको थियो । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा निकट हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राणाले पनि मन्त्री बनाउन आग्रह गरेको बताइन्छ । हमाल प्रधानन्यायाधीश राणाका जेठान हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार हमाललाई पनि मन्त्री बनाइँदैछ । उनी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ । 

हमालको पारिवारिक स्रोतले पनि उनी मन्त्री बन्ने सम्भावनालाई नकारेको छैन । "आफ्नो राजनीतिक जीवनको सुरुवातदेखि नै उहाँले शेरबहादुर दाईलाई सहयोग गर्नुभएको छ, उहाँलाई नै साथ दिनुभएको छ, उहाँकै पछाडि हुनुहुन्छ, त्यसकारण उहाँ (हमाल) मन्त्री बन्न सक्नुहुन्छ," पारिवारिक स्रोतले भन्यो । हमाल अहिले काठमाण्डौमा छन् । हमाल अहिले सांसद छैनन् तर संविधान अनुसार गैरसांसद ब्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने ब्यवस्था छ ।

को हुन् गजेन्द्र हमाल ?
नेपालगन्ज निवासी हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा नेविसंघको बाँके जिल्ला अध्यक्ष थिए । २०३९ र २०४४ मा वडा अध्यक्ष बनेका हमाल २०५३ सालमा नेपाली कांग्रेस बाँकेका सभापति बनेका थिए । पार्टी विभाजन हुँदा उनले शेरबहादुर देउवालाई साथ दिएका थिए । त्यसपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको बाँके जिल्ला सभापति भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हमाल बाँके क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । तर, उनी पराजित भए । उनी लुम्बिनी प्रदेश सांसद सुरेन्द्र हमालका दाई हुन् ।


प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP