नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वन मन्त्री हमाललाई नेपालगन्ज उपमहानगरपालिकाको सम्मान
वन मन्त्री हमाललाई नेपालगन्ज उपमहानगरपालिकाको सम्मान
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ३, २०७८ बागेश्वरी पोस्ट
वन मन्त्री हमाललाई नेपालगन्ज उपमहानगरपालिकाको सम्मान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरबासीको नाताले नेपालगञ्जको विकास निर्माणमा प्राथमिकता दिन लुम्विनी प्रदेशका वन, वातावरण तथा भू–सरक्षण मन्त्री सुरेन्द्र हमाललाई अनुरोध गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणाले यसअघि प्रदेश सरकारले नेपालगञ्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए । नेपालगञ्जमा रहेका तालहरुको स्तरउन्नति गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुख राणाले प्रदेश सरकारबाट ठूलो अपेक्षा राखिएको बताए । 

उपप्रमुख उमा थापा मगरले नेपालगञ्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री हुनु नेपालगञ्जबासीकै लागि अवसर भएको भन्दै  हमाल मन्त्री भएपछि नेपालगञ्जबासीका अपेक्षा बढेको र विकासले पनि गति लिने बिश्वास ब्यक्त गरिन् । नेपालगञ्ज गृहनगर भएका कारण प्राथमिकता दिन मगरले आग्रह गरिन् । प्रबक्ता प्रमोद रिजालले राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने हमाल मन्त्री भएपछि जिल्लाबासी नै खुशी भएको बताए ।

मन्त्री हमालले नेपालगञ्जबासीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने बताए । प्रदेशका ठूला शहरलाई हरित शहर बनाउन योजना बनाइरहेको भन्दै उनले ठूला रुख रोप्नुपर्ने पक्षमा आफू रहेको बताए । नेपालगञ्ज र बाँकेमा बोटानिकटल पार्क, जडिबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरउन्नति लगायत नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रस्तुत मागहरु पूरा गर्ने बताए । सो अवसरमा मन्त्री हमाललाई नगर प्रमुख हमाल, उपप्रमुख मगर सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले फूलमाला र खादासहित सम्मान गरेका थिए । 


प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP