prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'क्षेत्रीय सभापतिको बालहठले अधिवेशन हुन सकेन'
'क्षेत्रीय सभापतिको बालहठले अधिवेशन हुन सकेन'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १५, २०७८ बागेश्वरी पोस्ट
'क्षेत्रीय सभापतिको बालहठले अधिवेशन हुन सकेन'
मन्तब्य राख्दै युवा नेता पोषण केसी

कोहलपुर । नेपाली कांग्रेस कोहलपुर नगरपालिका वडा नम्बर ८ कार्यसमितिको आयोजनामा बिजयादशमी, दिपावली, छठपर्व तथा मोहम्मद डेको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

paribartan 1

शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरूले पार्टीको आसन्न १४औं महाधिबेशनका सन्दर्भमा आ-आफ्नो धारणा ब्यक्त गरेका थिए । त्यस क्रममा बक्ताहरूले क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिले बिधि बिधान र पद्धति नमान्दा तोकिएको समयमा अधिबेशन हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै आक्रोश पोखेका थिए । बक्ताहरूले कुनै अमुक ब्यक्तिको दम्भ र अहंकारले गर्दा पार्टीलाई बन्धक बनाउन नहुने बताए । वडा, पालिका र प्रदेश समितिले बिधानसम्मत ढंगले सिफारिस गरेका क्रियाशील सदस्यताको नामावली इन्ट्री गर्ने क्रममा क्षेत्रीय सभापतिले मनोमानी ढंगले नामावली थप्ने र हटाउने गरेका कारण क्रियाशील सदस्यता वितरणमा विवाद सृजना भएको बक्ताहरूले बोल्ने क्रममा बताए । ब्यक्तिगत स्वार्थमा संगठनलाई दुरूपयोग गर्नु गलत भएको पनि उनीहरुले बताए ।

No description available.

कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी सभापति किरण कोइरालाले पदीय दायित्वमा रहेका ब्यक्तिहरूले बिधि बिधान र पद्धति अनुसार पार्टी संचालन गर्न नसक्ने हो भने पार्टी सही दिशामा अगाडि बढ्न नसक्ने बताइन् । उनले तोकिएको समयमा अधिबेशन सम्पन्न गर्न सबैलाई आग्रह गरिन् । कार्यक्रममा जिल्ला सचिव तप्त पौडेलले पनि पार्टीको आगामी अधिबेशनमा पार्टीलाई बिधान बिपरित ब्यक्तिगत स्वार्थमा प्रयोग गर्ने ब्यक्तिलाई ठेगान लगाउनुपर्ने बताए । महासमिति सदस्यद्वय नारायण गौडेल र हुर्मत न्यौपानेले विभिन्न समयमा भएका आम निर्वाचनमा आफूहरूले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सधैं अन्तर्घात गर्ने तर पदीय जिम्मेवारीको दुरूपयोग गर्दै पार्टीका इमान्दार कार्यकर्ताहरूलाई कार्वाहीको सिफारिस गरेर तेजोबद् गर्न खोजेको आरोप लगाए । उनीहरूले क्रियाशील सदस्यता वितरणमा सम्पूर्ण अधिकार वडा समितिलाई रहेको बताउँदै वडा, पालिका र प्रदेशले बिधानसम्मत ढंगले सिफारिस गरेका क्रियाशील सदस्यतालाई काँटछाँट गर्ने अधिकार क्षेत्रीय सभापतिलाई छैन, भने ।

No description available.

नेपाली कांग्रेसका युवा नेता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव पोषण केसीले नेपाली कांग्रेसले राणा, पंचायत र राजाको तानाशाहलाई अन्त्य गरेको बताउँदै पार्टीमा कसैको तानाशाह र अधिनायकबाद नचल्ने र पार्टीभित्रका त्यस्ता अधिनायकबादीहरूलाई आगामी अधिबेशनमा कार्यकर्ताहरूले तह लगाउने बताए । उनले क्षेत्रीय सभापति माधबराम खत्रीले फेरि तेस्रो कार्यकालका लागि निर्वाचन लड्ने घोषणा गरेकाले आफूले चुनाव हार्ने परिस्थिति भएको हुँदा कुनै पनि हालतमा निर्वाचन जित्नका लागि हरेक हत्कण्डा अपनाउन खोजेको तर क्षेत्रीय सभापतिका बिधि बिधान बिपरितका यस्ता प्रकारका कुनै पनि हत्कण्डा सफल नहुने बताए । युवा नेता केसीले क्षेत्रीय सभापतिकै दम्भ, अंहकार र बालहठले आजसम्म बाँकेको अधिबेशन हुन नसकेको आरोप लगाए ।

वडा नम्बर ८ का पार्टी सभापति बेल बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व क्षेत्रीय सभापति नारायण सिग्देल, क्षेत्रीय सचिब डिल्ली गिरी, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्ल, पूर्व महाधिबेशन प्रतिनिधि कृष्ण कार्की, जिल्ला सदस्यहरू चिन्तामणि धिताल, नम बहादुर आले, गौरा भट्टराई, बिराट खानेपानी समितिका अध्यक्ष खुम बहादुर खत्री, क्षेत्रीय प्रतिनिधि लाल बहादुर राणा लगायतले बोलेका थिए । 

कार्यक्रममा पार्टीमा लामो समयदेखि योगदान गरेका बरिष्ठ नागरिकहरू हिमलाल उपाध्याय, रमेश कुमार गौतम, गोपाल अहिर लगायत ५० जना बरिष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा ७१ जनाले रक्तदान पनि गरेका थिए । 

No description available.No description available.


प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP