नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाईसहित महत्वपूर्ण नेतृत्व पक्राउ परेपछि विप्लवले दिए प्रतिरोध गर्ने चेतावनी
दाईसहित महत्वपूर्ण नेतृत्व पक्राउ परेपछि विप्लवले दिए प्रतिरोध गर्ने चेतावनी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १, २०७६ बागेश्वरी पोस्ट
दाईसहित महत्वपूर्ण नेतृत्व पक्राउ परेपछि विप्लवले दिए प्रतिरोध गर्ने चेतावनी

नेपालगन्ज । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले पार्टीका नेता कार्यकर्ता पक्राउको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्णरुपमा बैठक/प्रशिक्षण चलाइरहेको बेला सरकारले सामाजिक फासीवादी चरित्र देखाउँदै नेता कार्यकर्ता पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । विहीबार विप्लवका दाई तथा नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरु सविन, युवा संगठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

विप्लवले राप्ती ब्युरोको बैठक र राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट राति २ बजे आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्नु ‘सामाजिक फासीवादी’ कार्य भएको टिप्पणी गर्दै भनेका छन्, ‘उक्त सामाजिक फासीवादी गिरफ्तारीको पार्टी घोर विरोध एवम् भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’

केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिविरुद्ध दिन–प्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी एवं फासीवादी बन्दै गएको आरोप विप्लवले लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिहरुमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ । हामी केपी सरकारको निरंकुश एवम् फासीवादी दमनका विरुद्ध जागरुक हुन र संघर्ष गर्न सबै मानवअधिकारकर्मी, कानुनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुलाई विशेष अपिल गर्दछौं ।’

कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिको मूल्य रहेको पनि सो पार्टीले प्रष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताको मुक्ति एवं वैज्ञानिक समाजवाद–साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ता यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौं ।’


प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP