prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संगठन ठीक तरिकाले नचल्दा कांग्रेस कमजोर भयोः मन्त्री राना
संगठन ठीक तरिकाले नचल्दा कांग्रेस कमजोर भयोः मन्त्री राना
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २२, २०७८ बागेश्वरी पोस्ट
संगठन ठीक तरिकाले नचल्दा कांग्रेस कमजोर भयोः मन्त्री राना
कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बीर बहादुर राना

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री बीर बहादुर रानाले कांग्रेसको संगठन ठीक तरिकाले चल्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति समेत रहेका मन्त्री रानाले मुलुकमा भएका सबै आन्दोलनको नेतृत्व गरेको सबैभन्दा पुरानो पार्टी किन कमजोर बन्यो भन्ने कुराको गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए । "सबै आन्दोलनको नेतृत्व गर्ने पार्टीले पनि किन जनताको मन जित्न सकेन भन्ने कुरा बुझ्न जरुरी छ, पार्टी किन लथालिंग भयो भन्ने कुराको मनन गरौं," उनले भने । उनले अगाडि भने-"विपी कोइरालाले भन्नुभएको छ, कि आवश्यकता भन्दा बढी चलायमान भएर पार्टी संगठनमा खिया लाग्छ कि चलायमान नभएर खिया लाग्छ, हाम्रो पार्टी किन चुस्त दुरुस्त हुन सकेन, यसको हेक्का राखौं ।" उनले १४ महाधिवेशनले वडादेखि केन्द्रसम्म असल नेतृत्व चुन्न सके मात्र कांग्रेसले पुनर्जीवन पाउने बताए ।

No description available.

लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सबैले प्रण गर्नुपर्ने बताए । सुदृढ कांग्रेस बनाउन सबैले गम्भीरता देखाउनुपर्ने उनको भनाई छ । रोल्पा जिल्ला सभापति एवम् पूर्व सिंचाई राज्यमन्त्री अमरसिंह पुनले कांग्रेसको मूल नेतृत्व असक्षम हुँदा आज यो अवस्था आएको जिकिर गरे । बाँकेको टुंगिसकेको क्रियाशील सदस्यतामा फेरि चलखेल गर्न खोजेर वेबसाइटबाट हटाइएको भन्दै उनले यसअघि प्रकाशित नाम जस्ताको त्यस्तै नआए त्यसलाई नमान्ने चेतावनी समेत दिए । अझै पनि अधिवेशन सार्ने चलखेल भएको भन्दै उनले निर्धारित मितिमै महाधिवेशन सक्न नेतृत्वलाई खबरदारी गरे । पुनले आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन् । आफू लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार भएकाले सघाउन आग्रह गरे ।

No description available.

कपिलबस्तु कांग्रेसका सभापति तथा पूर्व सिंचाई राज्यमन्त्री सुरेन्द्र आचार्यले वडादेखि केन्द्रसम्म सही नेतृत्व आउन सके मात्र कांग्रेस सुदृढ बन्ने बताए । भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, बाँके कांग्रेसका पूर्व सभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्यहरु बादशाह कुर्मी, अब्दुल हमिद सिद्दिकी, आशा विक लगायतले बोलेका थिए । बाँके जिल्ला पार्टी सभापति किरण कोइरालाको  सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव तप्त पौडेलले गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य पवन शाहले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 

No description available.


प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP