Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी प्रदेशको कांग्रेस सभापतिमा पुनको उम्मेदवारी घोषणा
लुम्बिनी प्रदेशको कांग्रेस सभापतिमा पुनको उम्मेदवारी घोषणा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २२, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशको कांग्रेस सभापतिमा पुनको उम्मेदवारी घोषणा
अमरसिंह पुन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आइतबार एक सूचना जारी ग¥यो । सूचनामा झण्डै आधा दर्जन कांग्रेस नेताहरु सोमबार नेपालगञ्ज आउन लागेकाले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको खबर थियो । सबै नेता कार्यकर्ता तथा शुभेच्छुकलाई विहान ११ बजे पार्टी कार्यालयमा उपस्थितिका लागि आग्रह गरिएको थियो । नेताहरु आउन ढिला हुँदा कार्यक्रम झण्डै पौने १ बजे सुरु भयो ।

लुम्बिनी प्रदेशको कांग्रेस राजनीतिमा प्रभाव राख्ने नेताहरुको आगमनलाई सबैले कांग्रेसको चलिरहेको १४औं महाधिवेशनको सन्दर्भसंग जोडेर बुझ्नु अन्यथा थिएन । सबैले नेताहरुको जिल्ला दौडाहालाई त्यही रुपमा बुझे । पुरानादेखि नयाँ पुस्ताका नेता कार्यकर्ता पनि त्यही लयमा पार्टी कार्यालयमा जम्मा भए । बाहिरबाट आएका नेताहरुको टोलीमा लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बीर बहादुर राना, पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल, रोल्पा जिल्ला सभापति तथा पूर्व सिंचाई राज्यमन्त्री अमरसिंह पुन, कपिलबस्तु सभापति तथा पूर्व सिंचाई राज्यमन्त्री सुरेन्द्र आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द पोखेरल सहभागी थिए ।

उनीहरु सबैले बाँकेका कार्यकर्तालाई सम्बोधन गरे । जारी अधिवेशनमा सके सर्वसम्मत नभए स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चुन्न सुझाए । सुदृढ कांग्रेस बनाउने अभियानलाई सबैले एकताबद्ध भएर सफल पार्न आह्वान गरे । त्यसैक्रममा बोल्ने बक्ताहरु मध्ये एक जनाले उपस्थित नेता कार्यकर्ताको अनुमानलाई पुष्टि गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति पदमा उम्मेदवारी घोषणा गरे । नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले लुम्बिनीमा सुदृढ कांग्रेस बनाउने आफ्नो अठोटलाई पूरा गर्न आफूलाई सभापति पदमा सघाउन अपिल गरे । "लुम्बिनीमा कांग्रेसको संगठन बलियो बनाउन मैले सभापति पदमा उम्मेदवारी दिँदैछु, तपाईंहरुको सहयोग, समर्थन र आशिर्वाद चाहियो," पुनले कार्यकर्ता भेटघाटमा भने ।

उनले यसअघि नै सभापतिमा इच्छा ब्यक्त गरेपनि औपचारिक घोषणा गरेका थिएनन् । पुन कांग्रेसभित्र संस्थापन इतर (रामचन्द्र पौडेल)  समूहका नेता हुन् । उनीहरु सोमबार नै बर्दिया पुगेका छन् । मंगलबार दाङ जाँदैछन् । उनी बाहेक संस्थापन इतर समूहबाट बर्दिया सभापति तथा पूर्व सिंचाई मन्त्री सञ्जय गौतमलाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । संस्थापन (शेरबहादुर देउबा) समूहबाट भने दाङका राजु खनाल र नवलपरासीका देवेन्द्रराज कँडेलेको चर्चा छ । 


प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP