Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस अधिवेशनः बाँकेमा चुनिँदैछन् १२८५ क्षेत्रीय प्रतिनिधि(सूचीसहित)
कांग्रेस अधिवेशनः बाँकेमा चुनिँदैछन् १२८५ क्षेत्रीय प्रतिनिधि(सूचीसहित)
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २३, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस अधिवेशनः बाँकेमा चुनिँदैछन् १२८५ क्षेत्रीय प्रतिनिधि(सूचीसहित)

नेपालगञ्ज । नेपाली कांग्रेसले बाँकेमा कार्तिक २७ गते शनिवार वडा अधिवेशन गर्दैछ । वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा २७ गते अधिवेशन तोकिएको छ । बाँकी ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । मंसिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुने तय गरिएको १४औं महाधिवेशन अन्तर्गत् विभिन्न तहका अधिवेशनहरु भइरहेका छन् । 

लामो विवादपछि क्रियाशील सदस्यताको टुंगो लागेसंगै बाँकेमा निकै ढिला गरी अधिवेशन प्रारम्भ हुन लागेको हो । वडा अधिवेशनबाट कांग्रेसमा क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । क्षेत्रीय प्रतिनिधिलाई गाउँ नगर हुँदै प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्रदेखि जिल्लासम्मको नेतृत्व चुन्ने मताअधिकार हुने भएकाले क्षेत्रीय प्रतिनिधि आउन थुप्रैले आकांक्षा राख्छन् । महाधिवेशन प्रतिनिधि लड्न पनि क्षेत्रीय प्रतिनिधि बनेर आउनुपर्दछ । उम्मेदवार बन्न त क्षेत्रीय प्रतिनिधि हुनैपर्छ । कांग्रेस विधान अनुसार प्रत्येक वडाबाट क्रियाशील सदस्यको संख्याको आधारमा प्रतिनिधि चुनिन्छन् । कम्तीमा १५ जनादेखि ४५ जनासम्म क्षेत्रीय प्रतिनिधि चुनिने अवस्था छ । 

८१ वडाबाट बाँकेमा १२ सय ८५ क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । त्यस बाहेक ८१ वडाका वडा सभापति पनि क्षेत्रीय प्रतिनिधिकै हैसियतमा हुन्छन् । सबैभन्दा बढी क्षेत्रीय प्रतिनिधि कोहलपुरको वडा नम्बर १० बाट चुनिँदैछन् । यहाँबाट ३५ जना क्षेत्रीय प्रतिनिधि चुनिन्छन् ।

वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचनसंग सम्बन्धित अनुसूची अनुसार कांग्रेसले प्रत्यक्ष, खस आर्य, आदिबासी जनजाती, मधेशी, दलित, थारु, मुस्लिम र समानुपातिक क्लष्टरमा प्रतिनिधि चुन्ने व्यवस्था गरेको छ । प्रत्येक क्लष्टरमा महिला प्रतिनिधित्व पनि संख्या तोकेरै सुनिश्चित गरेको छ । वडामा रहेको बसोबास र जनसंख्याका आधारमा निश्चित जातीको निश्चित प्रतिनिधित्व सुनिश्चित गरिएको छ । 

पालिका अनुसार सबैभन्दा बढी २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकाबाट ३४५ जना क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । नेपालगञ्जका २३ वटै वडाबाट १५/१५ जना निर्वाचित हुनेछन् । 

वडा अधिवेशनबाट प्रत्येक वडाको वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । क्षेत्रीय प्रतिनिधि सरह वडा सभापतिलाई पनि माथिल्ला तहको अधिवेशनका लागि मताधिकार हुन्छ । बाँकेमा ८१ वडा छन् । ८१ वडाबाट बाँकेमा १२ सय ८५ क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । यो बाहेक प्रदेशसभा र प्रतिनिधिसभाका सांसद तथा उम्मेदवार बनेकाहरु स्वतः क्षेत्रीय प्रतिनिधि हुने कांग्रेस विधानमा उल्लेख छ । त्यस बाहेक ८१ वडाका वडा सभापतिलाई पनि मताधिकार हुन्छ । सबैभन्दा बढी क्षेत्रीय प्रतिनिधि कोहलपुरको वडा नम्बर १० बाट चुनिँदैछन् । यहाँबाट ३५ जना क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । यो वडामा क्रियाशील सदस्यको संख्या ३८१ छ । बाँकेका ६ वडा वडा बाहेक सबैबाट १५/१५ जना प्रतिनिधि चुनिनेछन् । कोहलपुर १० बाट ३५ जना, कोहलपुर ८ बाट २५ र कोहलपुर ११ बाट पनि २५ जना निर्वाचित हुनेछन् । त्यस्तै बैजनाथ ६ बाट २५, खजुरा ३ बाट २५ र राप्तीसोनारी १ बाट २५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । नेपालगञ्जका २३ वटै वडाबाट १५/१५ जना निर्वाचित हुनेछन् । 

पालिका अनुसार सबैभन्दा बढी २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकाबाट ३४५ जना क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । १५ वडा रहेको कोहलपुरबाट २६५, ८/८ वडा रहेको खजुरा र बैजनाथबाट १३०/१३०, ६/६ वडा रहेको डुडुवा, जानकी र नरैनापुरबाट ९०/९० जना तथा ९ वटा वडा रहेको राप्तीसोनारीबाट १४५ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुन्छन् । बाँकेमा जम्मा क्रियाशील संख्या ९६७८ छ । 

हेर्नुस् कुन वडाबाट कति निर्वाचित हुन्छन्-

No description available.No description available.

No description available.


प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP