prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको अधिवेशन तयारी कसरी हुँदैछ ? (भिडियो)
बाँके कांग्रेसको अधिवेशन तयारी कसरी हुँदैछ ? (भिडियो)
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २४, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको अधिवेशन तयारी कसरी हुँदैछ ? (भिडियो)
प्रमुख निर्वाचन अधिकृत रेवतीरमण भट्टराई

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको अधिवेशनका लागि तयारी तीब्र पारिएको छ । बाँकेमा हुने अधिवेशनका लागि केन्द्रिय निर्वाचन समितिले प्रमुख निर्वाचन अधिकृत तोकेका बरिष्ठ अधिबक्ता रेवतीरमण भट्टराई बाँके आएपछि निर्वाचन तयारीले तीब्रता पाएको हो । कार्तिक २७ गते ८१ वटै वडामा वडा अधिवेशन हुँदैछ । त्यसपछि क्रमशः कार्तिक ३०, मंसिर ३, मंसिर ६ र मंसिर १० मा पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशन सम्पन्न हुनेछन् ।

paribartan 1

मंगलबार बाँके आइसकेपछि अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीका नेता कार्यकर्तासंग छलफल गरेका प्रमुख निर्वाचन अधिकृत भट्टराईले मंगलबार नै पार्टीका शुभेच्छुक संगठनका प्रतिनिधिहरुसंग बैठक बसेर निर्वाचन परिचालन समिति गठन गरेका छन् । उनले अधिवक्ता चित्र बहादुर शाहीलाई सहायक निर्वाचन अधिकृतमा मनोनयन गरेका छन् । निर्वाचन परिचालन समितिमा शुभेच्छुक संगठनका अध्यक्ष एवम् प्रतिनिधि सदस्य रहेका छन् । डिएलए, नेपाल शिक्षक संघ, नेपाल प्राध्यापक संघ, नेपाल प्रेस युनियनका अध्यक्ष एवम् प्रतिनिधि समितिमा रहेको भट्टराईले बताए ।

भट्टराईको संयोजकत्वमा रहेको समितिको सह-संयोजकमा सहायक निर्वाचन अधिकृत शाही तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, डिएलए बाँकेका अध्यक्ष ईश्वरीप्रसाद ज्ञवाली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली रहनुभएको छ । यस्तै सदस्यहरुमा शिक्षक संघ बाँकेका उपाध्यक्ष पुष्पा ज्ञवाली, संघका सचिव ऋषिराज शर्मा, अधिवक्ता प्रभाकर भट्टराई र अधिवक्ता मेहरसिंह खत्री छन् । 

बागेश्वरी पोष्टसंग कुराकानी गर्दै प्रमुख निर्वाचन अधिकृत भट्टराईले हरेक तहका अधिवेशनको एक दिन अगावै उम्मेदवारी मनोनयन दर्ताको समय तोकिने बताएका छन् । कार्तिक २७ गते हुने वडा अधिवेशनका लागि २६ गते नै मनोनयन दर्ताको लागि समय राखिने उनले जानकारी दिए । कात्तिक २५ गते भोली ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिनेछ । त्यसपछि मतदान अधिकृत नेतृत्वको टोली २६ गते विहान वडा वडामा पुग्ने उनले बताए । वडा अधिवेशनका लागि ८१ वटै वडामा नेपाल शिक्षक संघ सम्बद्ध शिक्षकहरु मतदात अधिकृत र सहयोगीका रुपमा खटाइनेछन् । निर्विरोध भएको वडामा २६ गते नै अधिवेशन सम्पन्न हुने र निर्वाचन गर्नुपर्ने वडामा २७ गते निर्वाचन हुनेछ । मतदानस्थल सबै मतदातालाई पायक पर्ने गरी करिब करिब वडाको बीच भागमा राखिने भट्टराईले बताए ।

उनले नेपाली कांग्रेस बाँकेका नेता कार्यकर्ता, भ्रातृ संगठन तथा शुभेच्छुक संगठन सबैलाई सकारात्मक सोचका साथ प्रस्तुत भइदिनको लागि आह्वान गरेका छन् । अधिवेशनमा सक्रिय सहभागिता जनाई सहयोग गरिदिन उनले आह्वान गरे । सानातिना झिनामसिना कुरालाई विर्सिंदै अघि बढ्नुपर्ने उनको धारणा छ । 

हेर्नुस् प्रमुख निर्वाचन अधिकृत भट्टराईसंग गरिएको कुराकानी

 


प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP