Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले अध्यादेशबाट प्रशासन कानुन ल्याउँदै
सरकारले अध्यादेशबाट प्रशासन कानुन ल्याउँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २५, २०७८ बागेश्वरी पोस्ट
सरकारले अध्यादेशबाट प्रशासन कानुन ल्याउँदै
फाइल फोटो

नेपालगन्ज । सरकारले अध्यादेशबाट प्रशासन कानुन ल्याउने भएको छ। अध्यादेशबाट प्रशासन कानुन ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य अघि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार प्रशासन कानुन जतिसक्दो चाँडो ल्याउनु पर्ने  निष्कर्षमा सरकार पुगेको छ।

संसद्बाट विधेयक पास गरेर कानुन ल्याउँदा प्रक्रिया लामो हुने भएकोले अध्यादेशबाट भए पनि तत्काल प्रशासन कानुन ल्याउनु पर्ने निष्कर्षमा सरकार पुगेको हो।

तीन वर्षभन्दा लामो समयदेखि सङ्घीय निजामती सेवा ऐन अड्किएको छ। करिब २ वर्ष सङ्घीय निजामती सेवा ऐनको मस्यौदा संसद्को राज्य व्यवस्था समितिमै अड्कियो। विधेयकमा राखिएका केही बुँदाहरूको विषयमा राज्य व्यवस्था समितिमै विवाद भयो। राज्य व्यवस्था समितिको बहुमतबाट पास भई विधेयक संसद्मा गयो। संसद्मा पुगे पनि विधेयक अघि बढ्न सकेन। अघिल्लो महिना शेरबहादुर देउवा नेतृत्व सरकारले संसद्मा लगिएको सङ्घीय निजामती सेवा ऐनलाई फिर्ता लिने निर्णय गरेको थियो। स्रोतका अनुसार उक्त विधेयकमा केही परिमार्जन गर्ने तयारी भएको छ। परिमार्जन सहित अध्यादेशबाट प्रशासन कानुन ल्याउन अन्तिम तयारी गरिएको स्रोतको भनाइ छ। सङ्घीय मामिला मन्त्रालय सहसचिव नारायण अर्यालले जतिसक्दो चाँडो प्रशासन कानुन ल्याउनु पर्ने निष्कर्षमा मन्त्रालय पुगेको बताए।

सङ्घीय निजामती सेवा ऐन लागु नहुँदा अहिले पनि २९ वर्ष अघिको निजामती सेवा ऐन २०४९ लागु गरिएको छ। उक्त ऐन लागु गर्दा मुलुक केन्द्रीकृत शासन प्रणालीमा थियो। केन्द्रीकृत शासन प्रणालीको अवधारणबाट ल्याइएको कानुनबाट अहिले पनि मुलुकको प्रशासन क्षेत्रलाई निर्देशित र सञ्चालन गर्नु परेको छ।

अहिले मुलुक सङ्घीयतामा गएको छ। मुलुक सङ्घीयतामा गइसके पनि पुरानो कानुनबाट प्रशासन क्षेत्रलाई निर्देशित गर्नु परेकोले विभिन्न ठाउँमा कठिनाइ उत्पन्न भएको सङ्घीय मन्त्रालयका कर्मचारीहरू बताउँछन्। सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेश र स्थानीय तहमा ठुलो सङ्ख्यामा कर्मचारीको अभाव भएको छ।

केन्द्रमा बनेको सङ्घीय निजामती सेवा ऐन प्रदेश र स्थानीय तहमा निर्माण हुने कर्मचारी प्रशासन कानुन कोलागि मार्ग निर्देशक हुने व्यवस्था संविधान मै छ। तर सङ्घमा प्रशासन कानुन नआउँदा प्रदेश र स्थानीय तहमा कर्मचारी प्रशासन कानुन लागु हुन सकेको छैन। त्यसबाट प्रदेश र स्थानीय तहमा ठुलो सङ्ख्यामा कर्मचारीको अभाव भएको छ।

स्रोतका अनुसार अध्यादेशमा सरकारले कर्मचारीको अवकाश उमेर ६० राख्ने तयारी गरेको छ। अहिले कर्मचारीको अवकाश उमेर ५८ राखिएको छ। अवकाश उमेर ५८ राख्ने कि ६० राख्ने भन्नेमा सुरु देखि नै विवाद छ। लोकसेवा आयोगले कर्मचारीको अवकाश उमेर सीमा ६० राख्न सरकारलाई पटक पटक सिफारिस गरेको छ।

यसै गरी सरकारले अध्यादेशमा शाखा अधिकृतदेखि सचिवसम्म २ देखि ३ वटा तह थप्ने तयारी गरेको छ। मन्त्रालयका एक उपसचिव भन्छन्, सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रशासन क्षेत्रको धेरै ठाउँमा गाँठो परेको छ। त्यसैले अध्यादेश ल्याएर भए पनि तत्काल गाँठो फुकाउने सरकारको तयारी हो।

राजनीतिक सहमति गरी अध्यादेश ल्याउन लामो प्रक्रिया लाग्ने भएकोले पनि अध्यादेशबाट ल्याउनु पर्ने सरकारको बाध्यता रहेको ती कर्मचारीको भनाइ छ। हाम्राकुराबाट।


प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP