prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस वडा अधिवेशनः नेपालगञ्जमा कहाँ कहाँ चुनाव भइरहेको छ ?
कांग्रेस वडा अधिवेशनः नेपालगञ्जमा कहाँ कहाँ चुनाव भइरहेको छ ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २८, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस वडा अधिवेशनः नेपालगञ्जमा कहाँ कहाँ चुनाव भइरहेको छ ?

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् हिजोदेखि बाँकेमा शुरु भएको वडा अधिवेशनमा धेरैजसो वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । सबैभन्दा बढी वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांश वडामा सर्बसम्मत भएपनि केही वडामा आज मतदान भइरहेको छ । नेपालगञ्जका २३ मध्ये १९ वडामा वडा कार्यसमिति निर्विरोध भएको छ । २३ वडा मध्ये १७ वडामा क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध भएका छन् । 

नेपालगञ्जको वडा नम्बर २, ६, ९ र १४ मा वडा सभापतिसहित केही वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधिमा समेत चुनाव भइरहेको छ । वडा नम्बर २ का खुलातर्फका क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवार नरेन्द्र थापाका अनुसार वडा सभापतिमा प्रदिप श्रेष्ठ र ऋषिकेशराज उपाध्यायबीच प्रतिष्पर्धा छ । यस वडामा खुला प्रतिनिधि, मुस्लिम र मधेशी क्लष्टरमा निर्वाचन भइरहेको छ । थापाका अनुसार  खुलातर्फ ६ प्रतिनिधिका लागि १२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै मुस्लिम र मधेशीमा एक एक प्रतिनिधिका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ ।  

वडा नम्बर ९ मा वडा सभापतिका लागि चन्द्रप्रकाश तिमिल्सिना र अकबर शेषबीच प्रतिष्पर्धा छ । खुला प्रतिनिधि उम्मेदवार रमेश तिमिल्सिनाका अनुसार २ जना सचिवका लागि ४ जना र २ जना सहसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । खुला प्रतिनिधि ६ जनामा १२ जना, महिलामा ३ जनाका लागि ६ जना तथा एक एक प्रतिनिधि आउने खसआर्य, मधेशी र मुस्लिम क्लष्टरमा दुई दुई जनाको उम्मेदवारी परेको छ । मतदात अधिकृत कन्हैयालाल थारुका अनुसार वडा नम्बर १४ मा भने वडा सभापतिमा मात्र सञ्जय कुर्मी र कमलाप्रसाद कुर्मीबीच प्रतिपष्र्धा छ ।

वडा सभापतिमा सबैभन्दा चर्को प्रतिष्पर्धा वडा नम्बर ६ मा छ । यहाँ ४ जना उम्मेदवार छन् । मतदान अधिकृत दिलिपकुमार शाहका अनुसार सभापतिमा जमालुद्दिन बागवान, प्रेम बहादुर बुढा क्षेत्री, मनिषराज रेग्मी र राजीव शाहको उम्मेदवारी परेको छ । त्यस्तै दुई जना उपसभापतिका लागि ५ जना, २ सचिवका लागि ४ जना र २ सहसचिवका लागि ३ जनाबीच प्रतिष्पर्धा छ । शाहका अनुसार प्रतिनिधिमा खुलातर्फा ६ जनाका लागि ११, महिला ३ का लागि ४ तथा दलित र मधेशी १ प्रतिनिधिका लागि २ जनाबीच प्रतिष्पर्धा छ । 

वडा नम्बर १ र १३ मा भने अरु सबै निर्विरोध भएपनि खुला प्रतिनिधिका लागि निर्वाचन भइरहेको छ । ६ जना प्रतिनिधिका लागि वडा नम्बर १ मा ९ जना र वडा नम्बर १३ मा १० जनाबीच चुनाव भइरहेको छ । 


प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP