Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके १ मा वडासहित प्रतिनिधिमा पनि संस्थापन इतरको बर्चश्व (विवरणसहित)
बाँके १ मा वडासहित प्रतिनिधिमा पनि संस्थापन इतरको बर्चश्व (विवरणसहित)
RSG-2
संस्थापन इतरले ३६८ प्रतिनिधि जिते, संस्थापनको २२०
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २९, २०७८ बागेश्वरी पोस्ट
बाँके १ मा वडासहित प्रतिनिधिमा पनि संस्थापन इतरको बर्चश्व (विवरणसहित)

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर १ मा संस्थापन इतर समूह हाबी भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् सम्पन्न वडा अधिवेशनबाट अधिकांश वडामा संस्थापन इतरका वडा सभापति र क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । वडा सभापतिसहित ३६८ जना संस्थापन इतर समूहबाट प्रतिनिधि आएका छन् । संस्थापनका भने वडा सभापतिसहित २२० जना निर्वाचित भएका छन् । संस्थापन इतरले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि ६३ प्रतिशत जित्दा संस्थापनले ३७ प्रतिशत मात्र जितेको छ । 

तीन वटा पालिका रहेको क्षेत्र नम्बर १ मा ३० वटा वडा छन् । क्षेत्र नम्बर १ मा संस्थापन इतर समूहले १९ वडा सभापति जित्दा संस्थापनले ९ वडा सभापति मात्रै जितेको छ । २ जना वडा सभापति भने कतै खुलेका छैनन् । कोहलपुर नगरपालिकामा १५, राप्तीसोनारीमा ९ र नरैनापुरमा ६ वडा छन् । यहाँका आधा जसो वडामा निर्विरोध भएको थियो भने झण्डै आधा वडामा निर्वाचन नै भएको थियो ।

बागेश्वरीपोष्टलाई प्राप्त विवरण अनुसार राप्तीसोनारी गाउँपालिकामा ४ वडा सभापतिसहित ९३ क्षेत्रीय प्रतिनिधि संस्थापन इतर समूहबाट निर्वाचित भएका छन् । त्यस्तै ४ वडा सभापतिसहित ७६ प्रतिनिधि संस्थापन समूहबाट निर्वाचित भएका छन् । राप्तीसोनारी ४ का वडा सभापति भने कतै खुलेका छैनन् । संस्थापन इतर समूहबाट वडा नम्बर १ मा १० जना, वडा नम्बर २ मा वडा सभापतिसहित १३ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर ४ मा १० जना, वडा नम्बर ५ मा वडा सभापतिसहित १३ जना, वडा नम्बर ६ मा २ जना, वडा नम्बर ७ मा १० जना, वडा नम्बर ८ मा वडा सभापतिसहित २० जना र वडा नम्बर ९ मा वडा सभापतिसहित १३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

त्यस्तै संस्थापन समूहबाट वडा नम्बर १ मा सभापतिसहित १० जना, २ मा ६ जना, वडा नम्बर ३ मा सभापतिसहित १५ जना,  ४ मा ९ जना, ५ मा ७ जना, वडा नम्बर ६ मा सभापतिसहित १५ जना, ७ मा सभापतिसहित ९ जना, ८ मा शून्य र ९ मा ५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

कोहलपुरमा संस्थापन इतरबाट १९४ प्रतिनिधि आउँदा संस्थापन समूहका ११३ जना निर्वाचित भएका छन् । कोहलपुरको वडा नम्बर १, २, ५ र ६ संस्थापन पक्षले जित्दा बाँकी सबै वडामा संस्थापन इतर समूहले जित हात पारेको छ । वडा नम्बर १ मा संस्थापन पक्षले वडा सभापतिसहित १५ प्रतिनिधि जित्दा संस्थापन इतरबाट २ जनाले जितेका छन् । वडा नम्बर २ मा पनि वडा सभापतिसहित १७ जना प्रतिनिधि नै संस्थापन पक्षले जितेको छ । ३ मा भने वडा सभापतिसहित सबै १८ प्रतिनिधि संस्थापन इतर समूहले जितेको छ । वडा नम्बर ४ मा संस्थापन इतरले वडा सभापतिसहित १० र  संस्थापनले ९ प्रतिनिधि जितेका छन् । वडा नम्बर ५ मा वडा सभापतिसहित १७ प्रतिनिधि संस्थापनले जित्दा संस्थापन इरतले एक जना मात्र प्रतिनिधि जितेको छ । वडा नम्बर ६ मा पनि संस्थापनले सभापतिसहित १५ प्रतिनिधि जित्दा संंस्थापन इतरबाट २ जना प्रतिनिधि आएका छन् ।

वडा नम्बर ७ का वडा सभापति कतै खुलेका छैनन् । त्यहाँ संस्थापन इतरका १० जना प्रतिनिधि आएका छन् भने संस्थापनका ७ जना छन् । वडा नम्बर ८ मा पूरै वडा कार्यसमिति सहित २६ जना प्रतिनिधि नै संस्थापन इतरले जितेको छ । वडा नम्बर ९ मा वडा सभापतिसहित १३ प्रतिनिधि संस्थापन इतरका आउँदा संस्थापन समूहका ५ जना छन् । वडा नम्बर १० मा वडा सभापतिसहित ३९ जना संस्थापन इतरका छन् भने २ जना मात्र संस्थापनका छन् । वडा नम्बर ११ मा संस्थापन समूहका १६ जनाले प्रतिनिधि जित्दा वडासभापतिसहित १० जनाले संस्थापन इतर समूहबाट आएका छन् । वडा नम्बर १२ मा वडा सभापतिसहित सबै १९ जना संस्थापन इतर र १३ मा पनि वडा सभापतिसहित सबै १८ जना संस्थापन इतरबाटै निर्वाचित भएका छन् । वडा नम्बर १४ मा वडा सभापतिसहित १२ जना संस्थापन इतर र ६ जना संस्थापन तथा वडा नम्बर १५ बाट वडा सभापतिसहित १४ जना संस्थापन इतर र ४ जना संस्थापन समूहबाट प्रतिनिधि आएका छन् । 

नरैनापुर गाउँपालिकामा पनि वडा नम्बर ६ बाहेक सबैमा संस्थापन इतर समूह हाबी छ । त्यहाँ वडा नम्बर १ मा सभापतिसहित पूरै १९ प्रतिनिधि संस्थापन इतरका छन् । वडा नम्बर २ मा वडा सभापतिसहित १४ जना संस्थापन इतरले जित्दा ४ जना मात्र संस्थापनबाट छन् । ३ मा पनि संस्थापन इतरले वडा सभापतिसहित १६ जना जित्दा संस्थापनले ३ जना मात्र जितेको छ । वडा नम्बर ४ मा भने संस्थापन इतरको वडा सभापतिसहित ९ र संस्थापनको पनि ९ प्रतिनिधि आएका छन् । वडा नम्बर ५ मा वडा सभापतिसहित २१ जना नै संस्थापन इतरका छन् । वडा नम्बर ६ भने वडा सभापतिसहित १५ जना संस्थापनले जित्दा २ जना मात्र संस्थापन इतरबाट आएका छन् । 

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति माधवराम खत्रीले संस्थापन समूहको नेतृत्व गरेका छन् । संस्थापन इतर समूहमा भने पार्टी जिल्ला सचिव तप्त पौडेल, नेताहरु ज्ञानु केसी, नारायण गौडेल, हुर्मत न्यौपाने, पोषण केसी, क्षेत्रीय सचिव डिल्ली गिरी, पूर्ण आचार्य लगायतका नेताहरु छन् । 


प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP