prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा पालिका अधिवेशन एक दिन पछाडि सर्यो
बाँकेमा पालिका अधिवेशन एक दिन पछाडि सर्यो
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २९, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा पालिका अधिवेशन एक दिन पछाडि सर्यो

नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत् बाँकेमा हुन लागेको गाउँपालिका/नगरपालिका तहको निर्वाचन कार्यक्रम एक दिन पछाडि सार्ने निर्णय भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईको अध्यक्षतामा आज बसेको बैठकले वडा तहको निर्वाचन परिणाम आउन ढिलो हुँदा पालिका तहको मतदाता नामावली इन्ट्री गर्न समय अभाव भएकाले उक्त निर्वाचन कार्यक्रम एक दिन पछाडि सार्ने निर्णय गरिएको हो । 

वडा तहको निर्वाचन परिणाम ढिलो आउँदा क्षेत्रीय प्रतिनिधिको नामावली तयार गर्ने कार्य चलिरहेको हुँदा निर्वाचन कार्यक्रम एक दिन पछाडि सार्ने निर्णय गरिएको जिल्ला सहायक निर्वाचन अधिकृत अधिवक्ता चित्रबहादुर शाहीले जानकारी दिए । वडा तहको मत परिणाममा भएको ढिलाईका कारण मंसिर १ गते जिल्लाको ८ वटै पालिकामा उम्मेदवारी मनोनयन कार्यक्रम र मंसिर २ गते मतदान सम्पन्न गरिने सहायक निर्वाचन अधिकृत शाहीले बताए । यसअघि सार्वजनिक भएको निर्वाचन तालिका अनुसार गाउँपालिका/नगरपालिका तहको उम्मेदवारी मनोनयन कात्तिक ३० गते र मतदान मंसिर १ गते गर्ने तय भएको थियो । 

समितिको बैठकमा जिल्लाको ८ वटा पालिकामा मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारी पर्याप्त संख्यामा खटाउने विषयमा पनि ब्यापक छलफल भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारीको टुंगो लगाएर उनीहरुलाई अभिमुखीकरण कार्यक्रमसहित निर्वाचन सामाग्री दिएर अघिल्लो दिन नै कार्यक्षेत्रमा खटाइने समितिका सदस्य एवम् प्रजातान्त्रिक प्राध्यापक संघ बाँकेका अध्यक्ष अशोक बस्नेतले बताए । उनका अनुसार पालिका स्तरको निर्वाचन सम्पन्न गर्न कानुन ब्यवसायी, शिक्षक, प्राध्यापक र नेपाल प्रेस युनियनका सदस्यलाई परिचालन गर्ने निर्णय भएको छ । 

बैठकमा निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत भट्टराई, सह-संयोजक एवम् सहायक निर्वाचन अधिकृत अधिवक्ता शाही, परिचालन समितिका सदस्यहरु क्रमशः वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष अशोक बस्नेत र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली सहभागी थिए । 

जिल्ला निर्वाचन परिचालन समितिका सचिव अधिवक्ता प्रभाकर भट्टराईका अनुसार बाँकेका कुल ८१ वटा वडा मध्ये सोमबार बेलुकासम्म ७० वटा वडाको रिपोर्ट प्राप्त भएको छ भने ११ वटा वडाको रिपोर्ट अझै आउन बाँकी छ । प्राप्त भएका रिपोर्टलाई इन्ट्री गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए । ‘हामीले पूर्व निर्धारित तालिका अनुसार नै गाउँपालिका/नगरपालिका तहको निर्वाचन गराउने धेरै प्रयास गरेका हौं, तर वडा तहको निर्वाचन परिणाम आउन ढिलो भयो र प्राप्त रिपोर्टलाई इन्ट्री गर्ने समयको अभाव भयो,’ उनले भने । 


प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP