prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्कुले ठिटोबाट राजनीति सुरु गरेका प्रशान्त बिष्टको ह्‌याट्रिक
स्कुले ठिटोबाट राजनीति सुरु गरेका प्रशान्त बिष्टको ह्‌याट्रिक
RSG-2
"कांग्रेस छ र म छु": प्रशान्त बिष्ट
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ३, २०७८ बागेश्वरी पोस्ट
स्कुले ठिटोबाट राजनीति सुरु गरेका प्रशान्त बिष्टको ह्‌याट्रिक

नेपालगन्ज । नेपालगन्जका युवा राजनीतिज्ञ प्रशान्त बिष्टले आफू कांग्रेसभित्र सफल नेता भएको साबित गरेका छन् । लगातर तेस्रो कार्यकालका लागि नेपालगन्ज कांग्रेस नगर सभापति जित्ने पहिलो व्यक्ति समेत बनेका छन्, बिष्ट । 

paribartan 1

सबै सँगको  सरल व्यवहार, सहयोगी भावना र असल स्वभावका कारण नेपालगन्ज नगरभरिका क्षेत्रीय प्रतिनिधिहरुले उनलाई माया गर्दै अत्याधिक मतका साथ तेस्रो कार्यकालका लागि साथ दिएर निर्बाचित गराएका छन्। नगरभरि ३८२ मतदाता मध्येबाट नेता बिष्टलाई मात्रै २४३ जनाले मत दिएका छन् । उनका प्रतिद्वन्दीहरुले ७६ र ४१ ल्याउँदा बिष्टले २४३ मत ल्याउनुले पनि बिष्ट नगरमा कति बलिया रहेछन् भन्ने प्रष्ट देखिएको छ । बिष्टले आफूसहित आफ्नो प्यानललाई नै विजयी बनाउँदा मतगणना स्थलमा 'अबको मेयर प्रशान्त' भन्ने नारा समेत गुञ्जिएको थियो । 

सभापतिमा बिष्टसहित उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबु घिमिरे तथा सहसचिवमा मार्टिन वली क्षेत्री र शरदराज अधिकारी निर्बाचित हुँदाको पलमा समर्थकहरुले गरेको प्रशंसा र तारिफले झनै नयाँ किसिमको उर्जा थपिएको उनी बताउँछन् । आफू र आफ्नो प्यानल निर्बाचित भएपश्चात् सभापति बिष्टले सबै मतदाताहरुलाई धन्यवाद दिँदै संगठन मजबुत बनाउनतर्फ आफू लागिपर्ने बताएका छन् । 

नगर सभापति प्रशान्त बिष्टको  राजनितिक यात्रा!

प्रशान्त विष्ट बाँकेको राजनीतिमा चिरपरिचित नाम हो । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका विष्ट तेस्रो पटक पनि नेपालगन्ज नगर सभापतिमा निर्बाचित भएका छन्  ।  स्कुले ठिटोबाट  नेविसंघमा रहेर उनले स्कुल इकाई कमिटिबाट राजनीति शुरु गरेका हुन् । उनी पहिलोपटक २०५० सालमा महेन्द्र माध्यामिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाई कमिटीमा आवद्ध भएका थिए । 

२०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्ट २०५५  सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेबिसंघको सह-सचिब चुनिएका थिए । २०५६  सालमै नेबिसंघ नेपालगन्ज अध्यक्ष बनेका विष्ट नेपालगन्ज नगरका लोकप्रिय युवा नेता सबित भएका छन् ।  

उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र बिद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेका थिए। २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेबिसंघ इकाई उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र बिद्यार्थी युनियनमा पनि नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेका थिए । २०६१ सालमा पुनः उनी स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेका थिए । सबैमा विजयी बने ।

२०६२/६३ सालको जनआन्दोलनमा नेबिसंघको तर्फबाट बिद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका विष्ट जनआन्दोलनको समयमा दर्जनौं पटक प्रहरीद्वारा दुव्र्यवहार तथा कयौं पटक हिरासतमा परेका थिए । उनले आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०६३ सालदेखि लगातार ४ बर्ष नेबिसंघ बाँकेको अध्यक्ष बनेका बिष्टले कुशल नेतृत्व क्षमता देखाएका थिए । 

२०६८ सालमा नेपालगन्ज नगर कमिटीमा नेपाली कांग्रेसको नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उपमहानगरपालिका भए पश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए । तेस्रो पटक फेरि पनि सभापतिमा निर्बाचित बनेका विष्टले  'कांग्रेस छ र म छु' भन्ने भाव राखेर पार्टी नै सबथोक ठान्दै संगठन बलियो बनाउन लाग्ने बताएका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP