नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पोषण केसीलाई अग्रज सवै नेताको साथ
पोषण केसीलाई अग्रज सवै नेताको साथ
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ७, २०७८ बागेश्वरी पोस्ट
पोषण केसीलाई अग्रज सवै नेताको साथ

कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का क्षेत्रीय सभापति पदका उम्मेदवार पोषण केसीलाई अग्रज सबै नेताले साथ दिएका छन् । त्यति मात्र होइन पुराना नेतादेखि युवा पुस्ताका लोकप्रिय नेताहरुको साथ पनि केसीलाई मिलेको छ ।

पूर्व सांसद ज्ञानु केसी, जिल्ला सचिव तप्त पौडेल, पूर्व क्षेत्रीय सभापतिहरु नारायण सिग्देल, नरबहादुर मल्ल, कृष्ण पौडेल, नारायणप्रसाद गौडेल, महासमिति सदस्य हुर्मत न्यौपाने, मीना सिग्देल पनि केसी प्यानलको पक्षमा उत्रिएका छन् । महाधिवेशन प्रतिनिधि तथा चर्चित युवा नेता पूर्ण आचार्य, क्षेत्रीय सचिव डिल्ली गिरी लगायतका नेताहरु पनि युवा नेता केसी प्यानलको पक्षमा उभिएका छन् । उनीहरुले कोठे गतिविधिमा रमाउने अतिवादी सोच र पार्टीलाई कब्जा गर्ने अधिनायकवादका विरुद्ध केसी प्यानलको पक्षमा उभिएको स्पष्ट पारेका छन् ।

काँग्रेसका युवादेखि पुराना र प्रभावशाली नेता एकै थलोमा उभिएपछि माधवराम खत्री लगभग एक्लिएका छन् । उनलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले मात्रै साथ दिएका छन् । खत्रीले पार्टीभित्र गुट उपगुट सिर्जना गरेको, पुराना नेता तथा कार्यकर्ताहरुलाई अपमान गरेको, पार्टीभित्र फरक मत राख्नेलाई कारवाहीसम्म गर्ने गरेको, दुई कार्यकालसम्म क्षेत्रीय सभापति हुँदासम्म पनि पार्टीको क्षेत्रीय कार्यालयको भवन बनाउन नसकेको, आफ्नो निहित स्वार्थका लागि पार्टीलाई प्रयोग गर्ने गरेको उनीहरुको भनाई छ । केन्द्रीय राजनीतिमा सिधा पहुँच भएका युवा नेता केसी बाँकेका आशलाग्दा उर्जाशील र बौद्धिक नेतामा दरिन्छन् ।

कार्यकर्ता माझ अत्यन्तै लोकप्रिय र मिलनसार छवि बनाएका केसीले आपतविपद् पर्दा अहोरात्र खटिएर साथ दिने गरेका छन् । कार्यकर्तालाई दुःख पर्दा प्रहरी प्रशासनमा धाउनेदेखि बिरामी पर्दा अस्पताल आफैं पुग्ने मात्र गरेका छैनन्, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई आर्थिक सहयोग समेत गर्ने गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP