prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी अनुशासनलाई उच्च प्राथमिकतामा राखेर संगठन मजबुत बनाउनेछु:वीरेन्द्र शाह
पार्टी अनुशासनलाई उच्च प्राथमिकतामा राखेर संगठन मजबुत बनाउनेछु:वीरेन्द्र शाह
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ८, २०७८ बागेश्वरी पोस्ट
पार्टी अनुशासनलाई उच्च प्राथमिकतामा राखेर संगठन मजबुत बनाउनेछु:वीरेन्द्र शाह
बिरेन्द्र बहादुर शाह

नेपालगन्ज ।वीरेन्द्रबहादुर शाह नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य एवं नेपाल तरुण दलका बाँके जिल्ला अध्यक्ष हुन् । उनी २०४२ सालमा नेपालगंजको मंगलप्रसाद माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न भारतको लखनउ गए । लखनउस्थित जयनारायण इन्टर कलेजबाट आइएस्सी उत्तीर्ण गरे ।

paribartan 1

२०४६ सालको जनआन्दोलनमा काठमाडौंमा सक्रिय रहेसँगै उनी राजनीतिमा लागे । नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसबाट इतिहास र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन्  । 

२५ चैत २०२६ मा जन्मिएका उनी करिब २ दशकदेखि नेपाली कांग्रेसका विभिन्न संगठनमा सक्रिय छन् । निरन्तर बाँके तरुण दलको संगठन र नेतृत्वमा रहेर काम गरिरहेका छन् उनले । नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा उनको उम्मेदवारी छ । आसन्न महाधिवेशन, जिल्ला अधिवेशन र त्यसको सेरोफेरोमा रहेर नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य एवं नेपाल तरुण दलका बाँके जिल्ला अध्यक्ष क्षेत्रीय सभापतिका उम्मेदवार वीरेन्द्रबहादुर शाहसँग कुराकानी:

तपाईंको राजनीतिमा झुकाव कसरी भयो ?
निकै महत्त्वपूर्ण सवालबाट कुराकानी सुरु गर्नुभयो। म भारतको लखनऊबाट आइएस्सीको अध्ययन सकेर घर फर्किएको थिएँ । त्यति नै बेला थप अध्ययनका लागि काठमाडौं पुगेँ, जतिखेर २०४६ सालको आन्दोलन चर्किएको थियो । म त्रिचन्द्रमा भर्ना भएको थिएँ । त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको अगुवाईमा आन्दोलनहरू भइरहन्थे । म पनि त्यही आन्दोलनमा सहभागी भएँ ।
मेरो राजनीतिको सुरुवात त्रिचन्द्र कलेको विद्यार्थी आन्दोलनबाट नै भएको हो । त्यसयता मैले अन्तर्राष्ट्रिय 'सोसलिष्ट' आन्दोलनका दस्ताबेज अनि नेपालमा भइरहेको राजनीतिक गतिविधिलाई नजिकबाट बुझ्न थालेको हुँ । खासगरी शीतयुद्धको अन्त्यपछिको विश्व समुदायको अवस्थाका बारेमा पुस्तकहरू अध्ययन पनि गर्न थालेँ । सरसर्ती भन्नुपर्दा मेराे राजनीति यसरी सुरु भएको हो । 

नेपाली कांग्रेस बाँकेमा तिव्र ध्रुविकरण छ, कसरी नियाली रहनुभएको छ नि ?

हो, संगठनभित्रका केही विवादसँगै कोभिड महामारीका कारण पनि अधिवेशन पर धकेलियो। तर, संगठन चलायमान नै छ । हामी हाम्रा गतिविधिलाई नियमित रूपमा अघि बढाइरहेका पनि छौँ । कतिपय अवस्थामा बनेका समीकरणले समस्या पैदा भएका छन् । समुह जुनसुकै होस् हामी चुनावको प्रक्रियाबाट नेतृत्व स्थापित होस भन्ने चाहन्छौं ।
तपाईं त स्व. सुशील कोइरालाको गृह जिल्लामा कांग्रेस विभाजन हुँदा पनि नेपाली कांग्रेस प्रजातान्त्रिकको धार पक्रेर बस्नुभयो । यतिबेला धार वा प्यानलको लडाइँमा कता हुनुहुन्छ नि ?
निकै गम्भीर सवाल राख्नुभयो । वास्तवमा म विधि र प्रक्रियाबाट पार्टी चल्नुपर्छ भन्ने मान्यता राख्छु । आदरणीय स्व. सुशील कोइरालासँग मेरो सधैँ राजनीतिक सम्बन्ध रह्यो । उतिबेला शेरबहादुर देउवाजीले विधि र प्रक्रियाका लागि जुन अडान लिनुभयो, म त्यो कुरामा सहमत थिएँ। पार्टी विभाजन हुँदा पनि म शेरबहादुर दाइकै लाइनमा थिएँ र निरन्तर अहिलेसम्म पनि छु । संगठन पार्टीको विधान र कार्यकर्ताको भावना अनुसार चल्नुपर्छ भन्ने नै मेरो आधिकारिक लाइन हुन्छ ।

तपाईंको उम्मेदवारी किन नि, अर्को पक्षलाई समर्थन गर्ने सम्भावना के छ ?
अधिवेशनको प्रक्रियामा छौं । जिल्ला सदस्य भइसकेकाले अब यो पटक क्षेत्रीय सभापतिमा लड्नुपर्छ भन्ने साथीभाइहरूले अनुरोध गरेका हुन्। म पनि कुनै एक कार्यकारी पदमा चुनाव लड्ने सोंचमा थिएँ ।  पार्टीको उपल्लो नेतृत्वसँग पनि छलफल गरेर यो चुनाव लड्दैछु । अर्को पक्षसँग सम्झौताको कुनै गुन्जायस नै छैन । तर न्युनतम् सहमतिका आधारमा समीकरण बनाएर चुनावमा जान्छौं ।

संगठनमा युवा नेतृत्वबाट कार्यकर्ताहरूले निकै ठूलो अपेक्षा गरेका छन् । तपाईं यो विषयलाई कसरी सम्बोधन गर्न सक्नुहुन्छ ?
अत्यन्तै सान्दर्भिक विषय उठाउनुभयो । वास्तवमा अग्रजको अनुभवलाई सँगालेर युवाको ऊर्जालाई भरपूर प्रयोग गर्नुपर्छ । त्यसका लागि सेरेमोनियल पदमा सिनियर नेताहरूलाई सम्मानका साथ राख्दै कार्यकारी पदमा युवालाई समेट्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैगरी पब्लिक चुनावमा सिनियर र युवाहरूको सम्मिश्रण गरेर लैजानुपर्छ।

संगठनको चुनाव हो, गुट र उपगुटको प्रभाव त रहला । केन्द्रको जस्तै समूह बन्ने हो त बाँकेमा पनि ?
वास्तवमा राजनीति संभावनाको खेल हो, त्यसैले स्वार्थ आबश्यकता अनुसार  समूह बनाएर स्वस्थ प्रतिष्पर्धा हुनु स्वाभाविक हो । केन्द्रको पूरै प्रभाव त होईन तर संगठन चलायमान हुन केही हदसम्म 'पोलोराइजेसन' भएको छ ।

तपाईंसँग बाँके कांग्रेसको सांगठनिक अवस्थालाई सुधार गर्ने योजना के छन् ?
पार्टीका विभिन्न पदमा बसेकाहरूदेखि सक्रिय सदस्यहरूलाई प्रशिक्षणको व्यवस्था मिलाउनेछु । कार्यकारी पद र सेरेमोनियल पदमा भएकाहरूलाई पार्टीको विधानले व्यवस्था गरे अनुसार गतिशील बनाउन व्यावहारिक रूपमा सबल बनाउने मेरो ध्येय रहनेछ । यसका अलावा म संगठनमा अनुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गर्नेछु । 

तपाईं त जनप्रतिनिधि पनि हुनुहुन्छ, जनताको अपेक्षा कसरी सम्बोधन गर्नुभएको छ ?
२०७४ सालयता एउटा जिम्मेवार वडा अध्यक्षको भूमिकामा वडाबासीहरूको सहज जीवनयापन र राज्यले दिने सेवा, सुविधा सहज रूपमा मिलोस् भन्ने हेतुले काम गरिरहेको छु । कामका दौरान केही त्रुटी भएका छन् भने तत्काल मलाई 'करेक्सन' गर्ने मौका दिनुहोस् भनेर सार्वजनिक रूपमा वडाबासीलाई अपिल पनि गरेको छु । कांग्रेससँग जनअपेक्षा अपार छन्, ऐन, कानुन र स्रोत-साधनको उपलब्धता अनुसार सक्दो सेवा गरिरहेको छु ।

अन्त्यमा केही छुटेका विषय छन् कि ? 
यो अवसरका लागि आभारी छु । आफ्नो मतदानको अधिकार स्वयं आफुले नै प्रयोग गरौं ।


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP