नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदै
एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १०, २०७८ बागेश्वरी पोस्ट
एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदै

नेपालगञ्ज । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन अघि विभिन्न स्थानबाट जुलुस निस्किने छन् । ती जुलुस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ । भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्ग अन्तर्गत् नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन समारोहमा सहभागी भएर एमालेलाई शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन् । विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ ।

उद्घाटन समारोह सकिएपछि भोलीपल्टदेखि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुनेछ । बन्दसत्रमा २ हजार १७५ र पर्यवेक्षक १३० जना गरी कुल २ हजार ३०५ जना सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरु चितवनमा भेला भएका छन् । यिनै प्रतिनिधिहरुले एमालेको नयाँ नेतृत्व चयन गर्नेछन् ।

हालसम्म अध्यक्ष पदमा केपी शर्मा ओली स्वभाविक दाबेदार छन् । यद्यपि एमाले नेता भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेका कतिपय नेताहरु भने सर्वसहमतिबाट अध्यक्ष र पदाधिकारीहरु चयन गर्नुपर्ने पक्षमा छन् । कतिपय भने निर्वाचनमा जानुपर्ने पक्षमा छन् । एमालेको नयाँ नेतृत्व चुन्न सहमतिमा जाने कि निर्वाचन गर्ने भन्ने यकिन हुनसकेको छैन ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP