prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जिल्ला अधिवेशन रोकिएपछि बाँकेमा 'भद्रगोल' देउबा समूहलाई राहत !
जिल्ला अधिवेशन रोकिएपछि बाँकेमा 'भद्रगोल' देउबा समूहलाई राहत !
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १३, २०७८ बागेश्वरी पोस्ट
जिल्ला अधिवेशन रोकिएपछि बाँकेमा 'भद्रगोल' देउबा समूहलाई राहत !

नेपालगञ्ज । नेता कार्यकर्ताहरु चुनावको तयारीमा जुटिसकेका थिए । निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेर उम्मेदवारी मनोनयन फाराम वितरण गरिसकेको थियो । सभापतिका आकांक्षी कस्तो टिम बनाउने, कस-कसलाई समेट्ने भन्ने घनीभूत छलफलमा थिए । अबेर साँझसम्म पार्टी कार्यालयमा भिड थियो । कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको घरमा पनि नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कोइराला पक्षधर (संस्थापन इतर) ले नारायणप्रसाद गौडेललाई सभापति उठाउने तय गरिसकेका थिए । यो समूहको सचिवमा सुधांशु कोइराला 'कन्फर्म' थिए । एक जना उपसभापति राजकुमार मौर्य र एक जना सह-सचिव रेणु सिंह उम्मेदवार बन्ने तय भइसकेको थियो । अरु उम्मेदवार पनि टुंग्याउने अन्तिम कसरत भइरहेको थियो ।

paribartan 1

संस्थापन समूह (देउबा) का बादशाह कुर्मीले केही दिन अघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका थिए । संस्थापनकै निरन्जनसिंह सिजापति सचिवालय खोलेर प्रचारमा जुटिसकेका थिए । लुम्बिनी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले पनि आफ्ना निकटबर्तीहरुलाई बोलाएर सभापति लड्ने बताइसकेका थिए । स्रोतका अनुसार लक्ष्मीनारायण शाहले पनि सभापतिको फाराम लगिसकेका थिए । राजकुमार बर्मा पनि टिमसहित चुनाव लड्न अघि बढिसकेका थिए । यो हिसाबले देउबा समूहबाट पाँच जना सभापतिमा भिड्ने 'मुड'मा थिए ।

इतर समूहबाट गौडेल एक जना मात्र मैदानमा आउँदै थिए । यही बीचमा आइतबार साँझ करिब पौन ७ बजेतिर एउटा हल्ला फैलियो-'कांग्रेस बाँकेको जिल्ला अधिवेशन अब स्थगित हुने भयो' भनेर । यो हल्लालाई करिब १५ मिनेटमै पुष्टि गर्दै बागेश्वरीपोष्टले ब्रेकिङ ग¥यो-"कांग्रेस जिल्ला अधिवेशन केन्द्रिय महाधिवेशनपछि" शिर्षकमा । त्यतिबेलासम्म निर्वाचन समितिको आकस्मिक बैठक बस्नै आँटेको थियो । निर्वाचन समितिका एक जना अधिकारीले पनि यो कुराको संकेत गरेपछि जिल्ला अधिवेशन स्थगित हुने करिब देखिएको थियो ।

त्यसको करिब आधा घण्टापछि उनले केन्द्रिय निर्वाचन समितिको निर्देशनपछि जिल्ला अधिवेशन प्रदेश अधिवेशन सम्पन्न नहुँदासम्म स्थगित गरिएको जानकारी गराए । यो हिसाबले अब समय नै नभएका कारण प्रदेश अधिवेशनपछि पनि जिल्ला अधिवेशन हुनेछैन । केन्द्रिय महाधिवेशनपछि नै अब जिल्ला अधिवेशन हुनेछ । निर्वाचन समितिले जिल्ला अधिवेशनमा सभापतिकोे परिणाम पहिलो चरणमै आउन नसकेपछि मंसिर १६ गते शुरु हुने प्रदेश अधिवेशनलाई प्रभाव पार्ने भन्दै केन्द्रको निर्देशनमा अधिवेशन हाललाई स्थगित गरिएको सूचना जारी ग¥यो ।

भन्नलाई समय अपुग भनिएपनि यसको अन्तर्य भने फरक रहेको कांग्रेस बृत्तमा चर्चा छ । हठात् यस्तो निर्णय आएपछि नेता कार्यकताहरुले आक्रोश पोखेका छन् । सीमित व्यक्तिको इन्ट्रेष्ट पूरा गर्न अधिवेशनलाई अनिश्चयको भूमरीमा धकेल्न नहुने भन्दै आक्रोश पोखिएको छ । जिल्ला सदस्य सुधांशु कोइरालाले फेसबुकमा स्टाटस नै लेखेका छन् ।

No description available.

यस्तै शेखर रावतले पनि शक्तिको दुरुपयोग भएको भन्दै आक्रोश पोखेका छन् ।

No description available.

खासगरी संस्थापन इतर समूहले यसलाई संस्थापन समूहको रणनीतिका रुपमा बुझेको देखिन्छ । संस्थापन इतरबाट एक जनाबाट मात्र उम्मेदवार भएको अवस्थामा संस्थापन समूहभित्रै 'भद्रगोल' हुँदा यसको फाइदा गौडेललाई हुने वा आफूले चाहेको व्यक्ति सभापति नआउने आंकलनसहित देउबा पक्षीय सिनियर लिडरहरुले नै केन्द्रमा यो उपाय सुझाएको दाबी गरिएको छ । यसको सुइँको जिल्ला निर्वाचन समितिले पनि पाएको थिएन । किनभने जिल्ला निर्वाचतको टोली निर्वाचन गराउने तयारीमा अबेर साँझसम्म जुटिरहेको थियो ।

बाँके कांग्रेसका एक नेताका अनुसार छिन्नभिन्न भएको देउबा समूहको सम्भावित क्षतीलाई रोक्न यो निर्णय गरिएको हो । तर, निर्वाचन समितिले भनेझैं समय अत्यन्त कम भएका कारण जिल्ला अधिवेशनमा सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुग्दा भने समय नपुग्ने अवस्था नै देखिएको थियो । यद्यपि मंसिर १४ गते चुनाव गरेर त्यही दिन राती गणना गर्दा १५ गते पुनः मतदान गराई राती अबेरसम्म नतिजा दिन सक्ने अवस्था चाहिँ थियो । किनभने कुनै एक उम्मेदवारको ५१ प्रतिशत नपुग्दा पुनः मतदान गराउनुपर्ने बाध्यता सभापति पदमा मात्र हो ।

केन्द्रिय महाधिवेशनपछि जिल्ला अधिवेशन हुँदा अब भने जिल्लाको समीकरण फेरिन सक्ने अवस्था रहने नेताहरु बताउँछन् । केन्द्र र प्रदेशमा आउने नयाँ नेतृत्वले अब जिल्ला अधिवेशनको नेतृत्व चयनलाई प्रभावित पार्ने विश्लेषण गर्न थालिएको छ । एक जना नेताले भने-"रात रहे अग्राख पलाउँछ, अब परम्परागत समूह भत्किन सक्छन्, नयाँ समीकरण बन्न सक्छ, नेताहरुको यता र उता गर्ने क्रम बढ्न सक्छ ।" केन्द्रिय अधिवेशनको परिणामले बाँके जिल्लामा व्यापक ध्रुबीकरण हुन सक्ने आंकलन गर्दै नेता हुर्मत कुमार न्यौपानेले फेसबुकमा स्टाटस नै लेखेका छन् ।

No description available.

बाँके कांग्रेसको नगर अधिवेशनमा संस्थापन समूहमा देखिएको एउटा दृश्य, प्रदेश र संघीय निर्वाचन क्षेत्रमा देखिएको अर्को दृश्य तथा जिल्ला अधिवेशनमा बन्दै गरेको देखिएका समीकरणले जिल्लामा देउबा समूह बलियो बनेर आएपनि आन्तरिक एकता नहुँदा 'छिन्नभिन्न' देखिएको नेताहरु बताउँछन् । केन्द्रिय सदस्य किशोरसिंह राठोरले बाँकेमा अनावश्यक चासो लिँदै हस्तक्षेप गर्दा संस्थापन समूहकै नेता कार्यकर्ता विद्रोह गर्ने अवस्थामा पुगेको संस्थापनकै नेताहरु बताउँछन् । मन्त्री सुरेन्द्र हमाल र पूर्व सभापति गजेन्द्र हमालको एउटा इन्ट्रेष्ट र राठोरको अर्को इन्ट्रेष्ट हुँदा संस्थापन समूहका पुराना र भविष्य बोकेका नेता कार्यकर्ता 'बिलखबन्द'मा परेको देखिएको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP