नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी अधिवेशनमा बाँकेबाट युवा नेताहरूको उम्मेदवारी
लुम्बिनी अधिवेशनमा बाँकेबाट युवा नेताहरूको उम्मेदवारी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १८, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनी अधिवेशनमा बाँकेबाट युवा नेताहरूको उम्मेदवारी

भैरहवा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भैरहवामा जारी लुम्बिनी प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । १६ सय ४८ मतदाता रहेको प्रदेश अधिवेशनमा बाँकेबाट दुई जनाले पदाधिकारी सहित १६ जनाले उम्मेदवारी दिएका छन् । सह-महामन्त्रीमा संस्थापनबाट युवा नेता लक्ष्मीनारायण शाह र नेतृ माया पुनले उम्मेदवारी दिएका छन् ।  सदस्य पदमा अन्य १४ जनाले उम्मेदवारी दिएका छन् । 

नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा होमिएका बाँकेको कोहलपुर निवासी युवा नेता टेकनारायण भुसालले जिल्ला तर्फ बाँकेबाट प्रदेश सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलबाट उम्मेदवारी दिएका हुन् । उनी नेविसंघ बाँकेको अध्यक्ष तथा नेविसंघ केन्द्रिय सदस्य पनि भए । 

नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम बहादुर केसीले पनि खुला सदस्यतर्फ उम्मेदवारी दिएका छन् । नेविसंघबाट राजनीति सुरु गरेका केसी बाँके जिल्ला कमिटी सचिव पनि भएका थिए । पत्रकारितामा क्रियाशील केसी जुझारु युवा नेता हुन् । उनले पनि पुन प्यानलबाट उम्मेदवारी दिएका छन् । पार्टीमा निरन्तर महाधिवेशन प्रतिनिधि रहेका नेपालगन्ज निवासी युवा नेता यमबहादुर खड्काले भरत शाह प्यानलबाट खस आर्य खुला सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रिय यातायात विभागका सदस्य खड्का निरन्तर राजनीतिमा सक्रिय छन् । 

त्यस्तै युवा नेतृ अन्जना पाण्डेले पनि खुला महिलामा उम्मेदवारी दिएकी छिन् । बालकुमारी नर्सिङ कलेज भरतपुर चितवनबाट नेविसंघ राजनीति सुरु गरेकी पाण्डे कोहलपुर निवासी हुन् । उनले पुन प्यानलबाट उम्मेदवारी दिएका छन् । 

यस्तै बाँकेबाट जिल्लागत खुला सदस्यतर्फ तेजेन्द्र बहादुर कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । कँडेल संस्थापनका उम्मेदवार हुन् । यस्तै जिल्लागत खुला महिलातर्फ दिक्षा कोइराला र नारायणी रुपाखेतीले उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले संस्थापन इतर र रुपाखेतीले संस्थापनको प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै रत्ना राणा र संगिता कुमारी थारुले पनि महिला सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । राणा र थारु संस्थापन समूहका उम्मेदवार हुन्  । यस्तै आदिवासी जनजाती खुलामा संस्थापनकै फुलाराम थारुले उम्मेदवारी दिएका छन् । मधेसी खुलामा राजकुमार साहु तेलीले उम्मेदवारी दर्ता गराएका छन् । उनी संस्थापन इतर समूहका हुन् । 

मुस्लिम खुलामा संस्थापन इतरका इसाक जोलाहले उम्मेदवारी दिएका छन् । यस्तै परमेश्वरी पाठक मधेसी महिला संस्थापन इतर र कृष्ण कुमारी सापकोटा चौधरी थारु महिलातर्फ संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन् । 


प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP