नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा खाँणमाथि गिरी हाबी, बढाए आफ्नो प्रभाव
लुम्बिनीमा खाँणमाथि गिरी हाबी, बढाए आफ्नो प्रभाव
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २०, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनीमा खाँणमाथि गिरी हाबी, बढाए आफ्नो प्रभाव

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीमा पहिलोपटक नेतृत्व चुन्न चुनावी रस्साकस्सी हुँदै गर्दा दुई नेताहरु रुपन्देहीका बालकृष्ण खाँण र दाङका दिपक गिरीको प्रतिष्ठासंग जोडिएर हेरिँदै थियो । लुम्बिनी प्रदेशका यी दुई केन्द्रिय नेता आफू पक्षधर नेताहरुलाई जिताउन कम्मर कसेरै लागेका थिए ।

केन्द्रमा सभापति शेरबहादुर देउबा पक्षधर (संस्थापन) ले गृहमन्त्री एवम् केन्द्रिय सदस्य खाँणलाई प्रदेश अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित उम्मेदवार छनौटको अधिकार दिएर पठाएको थियो । रामचन्द्र पौडेल र सशांक कोइराला पक्षधर (संस्थापनइतर) ले भने केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री गिरीलाई चुनावी कमाण्डर बनाएर पठाएको थियो । संस्थापन इतरबाट केन्द्रिय सदस्य चन्द्र भण्डारी पनि खटिएका थिए । प्रदेशका दुई 'हेबीवेट' नेताको प्रतिष्ठासंग जोडिएको अधिवेशनमा अन्ततः गिरी खाँडमाथि हाबी भए । गिरीले करिब प्यानल नै जिताउन सफल भएका छन् ।

सभापतिमा 'नेक टु नेक' प्रतिष्पर्धा रहेको भनिएको लुम्बिनीका जिल्ला अधिवेशन सकिएका ११ जिल्ला मध्ये ९ जिल्ला सभापति इतर पक्षधरले जितेको थियो । प्रतिनिधिमा पनि इतर पक्षकै बढी थिए । तथापि गृहमन्त्री खाँणले पनि प्रतिष्ठासंग जोडेको यो अधिवेशनमा तीब्र प्रतिष्पर्धा हुने आंकलन पहिले नै थियो ।

रोल्पाबाट उदाएका युवा नेता अमरसिंह पुन नेतृत्वको प्यानल (एक उपसभापति बाहेक) जिताएर गिरीले लुम्बिनीमा आफ्नो प्रभाव र बर्चश्व बढाएका छन् । केन्द्रमा सह-महामन्त्रीका उम्मेदवार गिरीले प्रदेशमा लगभग क्लिन स्विप गराएर आफूलाई लुम्बिनी प्रदेशको प्रभावशाली नेताका रुपमा स्थापित गराएका छन् ।

महामन्त्रीका उम्मेदवार गृहमन्त्री खाँणले भने आफू पक्षधर उम्मेदवारहरुलाई जिताउन नसक्दा आफ्नो 'साख' कमजोर बनाएका छन् । अन्य प्रदेशमा संस्थापन इतर कमजोर देखिँदा लुम्बिनीमा भने जबर्जस्त उपस्थितिले गिरीको 'मोरल हाई' भएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP