prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीबाट कांग्रेस केन्द्रमा 'बग्रेल्ती आकांक्षी', टिममा पर्न 'भगिरथ पर्यत्न'
लुम्बिनीबाट कांग्रेस केन्द्रमा 'बग्रेल्ती आकांक्षी', टिममा पर्न 'भगिरथ पर्यत्न'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २२, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनीबाट कांग्रेस केन्द्रमा 'बग्रेल्ती आकांक्षी', टिममा पर्न 'भगिरथ पर्यत्न'

नेपालगञ्ज । कांग्रेस महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी छ । महाधिवेशन संघारमै आउँदा नेताहरुलाई उम्मेदवारी घोषणा गर्न भ्याइनभ्याई छ । प्रदेश अधिवेशन सकिने वित्तिकै उम्मेदवारी घोषणा गर्ने क्रम तीब्र छ । पार्टीभित्र अस्तित्वमा रहेका समूहहरुबाट आधिकारिक उम्मेदवार बन्नलाई दबाब बढाउन नेताहरुले उम्मेदवारी घोषणाको रणनीति लिएको देखिन्छ । टिममा पर्ने नपर्ने अन्यौलका बीच पनि टिमबाट उम्मेदवारी दिन पाउने आशा बोकेर नेताहरुले उम्मेदवारी घोषणालाई तीब्र पारेका हुन् । 

paribartan 1

लुम्बिनी प्रदेशबाट पनि बग्रेल्ती आकांक्षी देखिएका छन् । पदाधिकारीदेखि केन्द्रिय सदस्यसम्म उम्मेदवारी घोषणा गर्नेहरुको संख्या ठूलै छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट दुई दर्जन नेता केन्द्रिय कार्यसमितिमा पुग्न आतुर देखिन्छन् । उपसभापतिदेखि महामन्त्री, सहमहामन्त्री हुँदै केन्द्रिय सदस्यका लागि उम्मेदवार बन्न चाहने धेरै छन् । गुल्मीका युवा नेता केन्द्रिय सदस्य चन्द्र भण्डारी उपसभापतिमा लड्ने आकांक्षासहित त्यसको तयारीमा छन् । उनी संस्थापन इतर समूहबाट उपसभापति लड्ने तयारी गरिरहेका छन् । गृहमन्त्री एवम् केन्द्रिय सदस्य रुपन्देहीका बालकृष्ण खाँड संस्थापन समूहबाट महामन्त्री लड्ने तयारी गर्दैछन् । केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दाङका दिपक गिरीले खसआर्यबाट सहमहामन्त्री लड्ने घोषणा गरिसकेका छन् ।

केन्द्रिय सदस्य एवम् कांग्रेस सचेतक अर्घाखाँचीकी पुष्पा भुषाल महिला सहमहामन्त्रीका लागि संस्थापन समूहको उम्मेदवार बन्ने दाउमा छिन् । केन्द्रिय सदस्य बर्दियाका किशोरसिंह राठौर पनि सहमहामन्त्रीका आकांक्षी हुन् । सभापति शेरबहादुर देउबा निकट संस्थापनका उनले खसआर्यबाट सहमहामन्त्रीमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । केन्द्रिय सदस्य अर्घाखाँचीका मानबहादुर विश्वकर्माले पनि दलित कोटाको सहमहामन्त्रीमा देउबा समूहबाट प्रतिष्पर्धा गर्ने इच्छा प्रकट गरेका छन् । 

केन्द्रिय सदस्य दाङकी पार्वती डिसी चौधरी, संविधानसभा सदस्य सुशिला चौधरी र दाङकै केन्द्रिय सदस्य योगेन्द्र चौधरी पनि केन्द्रिय सदस्यका प्रबल दाबेदार हुन् । उनीहरु सबै देउबा समूहका हुन् । बर्दियाका निवर्तमान पार्टी सभापति एवम् पूर्व मन्त्री सञ्जय गौतमले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बामदेव गौतमलाई २०७४ को संसदीय चुनावमा हराएर चर्चामा आएका गौतम संस्थापन इतर समूहबाट टिमको उम्मेदवार बन्ने कोशिसमा छन् । बाँकेकी पार्टी सभापति किरण कोइराला पनि यही समूहबाट महिला कोटामा केन्द्रिय सदस्य लड्ने मुडमा छिन् । उनको प्रदेशबाट महिला केन्द्रिय सदस्यमा उम्मेदवारी पर्ने सम्भावना छ । बाँकेका पूर्व पार्टी सभापति संस्थापन पक्षका गजेन्द्र हमाल पनि प्रदेश तर्फको केन्द्रिय सदस्यमा भिड्ने तयारी गरेको बताउँछन् । दाङका पूर्व पार्टी सभापति एवम् पूर्व सांसद गेहेन्द्र गिरीले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । 

पूर्व गृह राज्यमन्त्री नवलपरासीका देबेन्द्रराज कँडेलले पनि संस्थापन समूहबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिँदैछन् । योजना आयोगका पूर्व उपाध्यक्ष प्यूठानका डा. गोविन्द पोखरेलले पनि केन्द्रिय सदस्यमा लड्ने घोषणासहित प्रचारप्रसार थालेका छन् । नेविसंघका पूर्व महामन्त्री रोल्पाका मनोजमणि आचार्यले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भारतका लागि पूर्व राजदुत एवम् पूर्व सांसद कपिलबस्तुका दिपकुमार उपाध्यायले पनि केन्द्रिय सदस्यमा आफ्नो टिम संस्थापनबाट उम्मेदवार बन्ने तयारी गरेका छन् । लुम्बिनी प्रदेशका सिंचाई मन्त्री पाल्पाका विरबहादुर राना पनि जनजातिबाट केन्द्रिय सदस्य लड्ने तयारीमा छन् । उनी संस्थापन इतरका हुन् । लुम्बिनी प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनोडिया पनि मधेशी कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवार बन्न खोज्दैछन् । उनी पार्टीभित्र देउबा निकट हुन् ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री देउबा निकट दाङका डिल्ली चौधरीले पनि थारु कोटामा केन्द्रिय सदस्य लड्ने तयारी गरेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य दाङका शंकर गिरीले पनि आफ्नो टिमले आफूलाई अगाडि सारे आफू पनि केन्द्रिय सदस्यको उम्मेदवार भएको बताएका छन् । उनी संस्थापन इतर पक्षका हुन् । संविधानसभा सदस्य बाँकेका आशा विक र मैकुलाल बाल्मिकी तथा नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण विके रसाइलीले पनि दलित कोटामा केन्द्रिय सदस्यको तयारी गरेका छन् । बाँकेकै कोहलपुरका लुटबहादुर खत्रीले अपांग कोटाको केन्द्रिय सदस्य तथा बाँके कांग्रेसका पूर्व सभापति कृष्णमान श्रेष्ठका छोरा रविन्द्रमान श्रेष्ठले पनि जनजाती कोटाबाट केन्द्रिय सदस्यको आकांक्षा राखेका छन् । उनीहरु दुबै देउबा निकट हुन् । संस्थापन निकट रुपन्देहीका निवर्तमान पार्टी सभाापति अब्दुल रज्जाक र कपिलबस्तुका अत्तहर कमाल मुसलमानले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । दाङका निवर्तमान पार्टी सभापति किर्ति बहादुर खड्काले पनि केन्द्रिय सदस्यमा आकांक्षा देखाएका छन् । संस्थापन समूहकै दाङका बमबहादुर डिसी पनि केन्द्रिय सदस्यका आकांक्षी हुन् । 

धेरैले आकांक्षा देखाएपनि जो टिममा पर्छन, उनीहरुको उम्मेदवारी मात्र रहने निश्चित छ । टिममा नपरेर उम्मेदवारी दिने जोखिम सायदै कसैले गर्लान् । त्यही भएर नेताहरु अहिले टिमको उम्मेदवार बन्ने भगिरथ पर्यत्नमा लागेका छन् । टिमको आधिकारिक उम्मेदवार बनेर जित निकाल्ने लक्ष्यसहित आकांक्षीहरु अहिले आफ्ना समूहका नेतालाई कन्भिन्स गर्ने, रिझाउने, फकाउने रणनीतिका साथ काठमाण्डौ पुगिसकेका छन् । लुम्बिनीबाट पदाधिकारीमा चन्द्र भण्डारी, बालकृष्ण खाँण, दिपक गिरीको उम्मेदवारी करिब करिब निश्चित जस्तै देखिन्छ । त्यसो त किशोरसिंह राठौर, पुष्पा भुषाल, मानबहादुर विश्वकर्मा लगायत पदाधिकारीमा दाबी गरेका केही नेताहरुले पनि टिमबाट कम्तीमा केन्द्रिय सदस्यमा उम्मेदवारी पाउने निश्चित जस्तै देखिन्छ ।

पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, सञ्जय गौतम, देबेन्द्रराज कँडेल, किरण कोइराला, गजेन्द्र हमाल, गोविन्द पोखरेल, मनोजमणि आचार्य लगायतका नेताहरुले पनि टिमको लाइन पाउने अवस्था देखिन्छ । तर, माथि चर्चा गरिएका अन्य नेताहरुको हकमा भने प्रष्ट भन्न सकिने अवस्था देखिएको छैन । क्लष्टरका हिसाबले विर बहादुर राना, आशा विक, अब्दुल रज्जाक लगायतको सम्भावना पनि देखिन्छ । 


प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP