prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • देउबाको प्रतिष्पर्धी संस्थापन इतरबाट शेखर र प्रकाशमान दुबै !
देउबाको प्रतिष्पर्धी संस्थापन इतरबाट शेखर र प्रकाशमान दुबै !
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २४, २०७८ बागेश्वरी पोस्ट
देउबाको प्रतिष्पर्धी संस्थापन इतरबाट शेखर र प्रकाशमान दुबै !

काठमाण्डौ । शुक्रबार उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट निर्वाचित करिब ४ हजार ४ सय प्रतिनिधि राजधानी आइसकेका छन् । सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने विषयमा सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहले आ–आफ्नो प्रचार सुरु गरेका छन् । विमलेन्द्र निधिले भने दुई महिनाअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । 

तीन दिनदेखिका सघन बैठकबाट पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा सफलता नमिलेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकबाट नै अलग भएका छन् । चाक्सीबारीमा बुधबार भावुक अभिव्यक्ति दिएर निस्केका पौडेल बिहीबार समूहको बैठकमा मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठकमा समेत गएनन् । उनी शुक्रबार हुने महाधिवेशन उद्घाटन कार्यक्रममै जाने/नजाने अन्योल छ । ‘तपाईंहरूले मेरो नेतृत्व स्वीकार गर्नु भएन, आपसमा पनि सहमति गर्नु भएन, अब म पार्टीबाट अलग हुन्छु, महाधिवेशनमा पनि आउँदिनँ’ यसो भन्दै गहभरि आँसु लिएर उनी बुधबार बैठकबाट बाहिरिएका थिए ।

बिहीबार बिहान पौडेललाई भेट्न शेखर उनकै निवास बोहोराटार पुगेका थिए । ‘प्रकाशमानजीले स्वीकार गरेमा तपाईंलाई छाड्न मलाई अप्ठ्यारो हुँदैन’ भन्दै शेखर केही लचक बनेका थिए । तर, प्रकाशमानले पौडेललाई उम्मेदवार बनाउने विषयमा सहमति नजनाएपछि शेखरले पनि उम्मेदवारी कायम राखेका छन् ।

समूहमा आबद्ध अन्य नेताहरूले पनि शेखर र प्रकाशमानबीच सहमति नहुने हो भने पौडेललाई साझा उम्मेदवार बनाउन पहल गरेका थिए । गगन थापाले सम्पर्क कार्यालय विशालनगरमै पुगेर शेखरलाई भेटेका थिए । रामचन्द्रको नाममा सहमति भए आफूले अवरोध नगर्ने सन्देश शेखरले दोहोर्‍याएका थिए ।

सहमतिको प्रस्ताव बोकेर बिहीबार बिहान बलबहाुदर केसी, अर्जुननरसिंह केसी र महेश आचार्य प्रकाशमानको निवास चाक्सीबारी पुगेका थिए । साँझ पनि बलबहादुर केसी, मीनेन्द्र रिजाल र गगन थापा सिंहलाई मनाउन पुगेका थिए । तर, सिंहले अडान बदलेनन् । बरु, सहमतिका नाममा अब समय बर्बाद गर्न नहुने बताए । ‘सबैलाई अटाउन सक्ने नेतृत्व पौडेलजीकै नाममा हुन सक्छ भनेर प्रकाशमान र शेखरजीकोमा पुग्यौं, तर सहमति हुन सकेन,’ नेता बलबहादुरले भने । उनले मनोनयन गर्ने बेलासम्ममा सहमतिका लागि प्रयास गर्ने र टिम बनाउने गृहकार्य पनि सँगै अघि बढाउने बताए ।

साझा उम्मेदवार बनाउने सहमति कठिन मोडमा पुगेपछि कोइराला र सिंहले बिहीबार अपराह्न सामाजिक सञ्जालमा प्रचार सामग्री पोस्ट गरेका छन् । सभापतिमा ‘एकपटक, यसैपटक’ नारा दिएका छन् । सिंहले ‘अबको नेतृत्व प्रकाशमान सिंह, नीति, निष्ठा र नेतृत्व’ भन्ने प्रचार सामग्री ल्याएका छन् । उनले सिंहदरबारअगाडि खोलिएको सम्पर्क कार्यालयमा शनिबार सभापतिको उम्मेदवारी घोषणा र वैचारिक अवधारणा सार्वजनिक गर्ने कार्यक्रम बनाएका छन् । त्यहीँबाट झाँकीसहित उम्मेदवार मनोनयन गर्न जाने कार्यक्रम उनको छ ।

‘रामचन्द्र दाइलाई यसअघि छाडेकै हो । अहिले उहाँले सक्नुहुन्न । उहाँ सम्मानित नेता हो । उहाँको व्यवस्थापन कसरी गर्नुपर्छ म गर्छु, तर शेखरजीको नाममा सहमति गर्न सक्दिनँ । शेरबहादुर देउवा र रामचन्द्र पौडेलपछि पार्टीमै म सिनियर नेता हो । मेरो टिममा बस्न कसैलाई अप्ठ्यारो पर्दैन,’ उनले भने, ‘मेरो नाममा सहमति हुन्न भने म छाड्दिनँ । प्रतिस्पर्धामा जाऊँ भनेको छु ।’ शेखर भने प्रतिक्रियाका लागि उपलब्ध भएनन् ।

उता, देउवाले आफ्नो जित सुनिश्चित गर्ने रणनीतिअनुसार बाँकी ‘टिम’ घोषणा गरेका छैनन् । पदाधिकारीमा आकांक्षीहरूलाई अन्तिमसम्म बाँधिराख्न र प्रतिस्पर्धी समूहतर्फ ढल्किने समय पनि नदिन उनले जानाजान ढिलाइ गरेका छन् । टिम घोषणा नगर्दै देउवाले आफ्नो प्रचार भने थालेका छन् । ‘आवश्यकता, अनुभव र परिपक्वता, कांग्रेस सभापतिमा अब एकपटक देउवा’ भन्ने नारा उनले दिएका छन् । आकांक्षीहरूको भीड व्यवस्थापन गर्न समस्या भएकै कारण देउवाको ‘प्यानल’ घोषणामा ढिलाइ भएको बताउँछन् संस्थापनपक्षीय नेता श्याम घिमिरे । ‘पदाधिकारीको संख्या बढेसँगै त्यसमा पुग्ने आकांक्षीहरूको ठूलो भीड लागेको छ, तत्काल प्यानल घोषणा गर्दा नेताहरू अर्को टिममा पुग्ने हुन् कि भन्ने डर छ,’ घिमिरेले भने, ‘मनोनयन गर्ने अन्तिम समयमा मात्रै प्यानल आउन सक्छ ।’ उम्मेदवार मनोनयन शनिबार गर्ने कार्यक्रम छ ।

संस्थापन पक्षबाट प्रकाशशरण महत र इतरपक्षमा गगन थापा महामन्त्रीका लागि अघि बढिसकेका छन् । संस्थापन पक्षबाट नेता एनपी सावदले महामन्त्री र उपसभापतिमध्ये एकमा प्रतिस्पर्धा गर्ने भन्दै प्रचार कार्यालय नै खोलिसकेका छन् । ‘बालुवाटारबाट संकेत पाइसकेकाले’ आफ्नो उम्मेदवारीमा महत ढुक्क छन् । अर्को महामन्त्रीका लागि गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सावद टिमको उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन् ।

देउवाले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई अघि बढाउने सम्भावना छ । पार्टीभित्र तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले आफू पदाधिकारीमा नलड्ने संकेत गरेपछि सिटौलासँग तालमेल भएपछि गच्छदार र खड्कालाई उपसभापतिको उम्मेदवार बनाउन देउवालाई सजिलो भएको छ । देउवाले सिटौलालाई उपसभापति बनाउन खोजेका छन्, तर बिहीबार आफ्नो समूहको भेलामा सिटौलाले युवा नेतालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको र त्यसको नेतृत्व प्रदीप पौडेलले गर्ने बताएका छन् ।

‘यसको अर्थ सिटौलाले पार्टी सभापति र पदाधिकारीमा अघि नसर्ने निर्णय लिनुभएको हो । अब, आफ्नो समूहबाट प्रदीप पौडेललाई मुख्य पदमा अघि बढाउने योजना देखिन्छ,’ सिटौलानिकट एक नेताले भने, ‘अब आफ्नो टिमको मुख्य नेताहरूको व्यवस्थापन हुने गरी संस्थापन र संस्थापनइतर दुवै खेमामा बार्गेनिङ बढाउने काम हुन सक्छ ।’

नेतृत्व प्रतिस्पर्धाका लागि बन्न लागिरहेका समीकरणमा सिटौला समूहको मत निर्णायक बन्ने धेरैको अनुमान छ । जिल्ला र प्रदेशमा संस्थापनसँगको समीकरणले आफ्नो समूह मजबुत बनाएका सिटौला केन्द्रमा पनि देउवासँगै मिल्ने सम्भावना प्रबल छ । सिटौलासँग आबद्ध पूर्वकोइराला समूहका नेता तथा कार्यकर्ताको जोड देउवातिर मिल्न नदिने पक्षमा छ । ‘जुन समूहले आफ्ना नेता व्यवस्थापनका लागि बढी ठाउँ दिन्छ, त्यतैतिर जोडिन सक्ने अवस्था छ,’ सिटौलानिकट स्रोतले भन्यो । कान्तिपुर दैनिक


प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP