नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापतिमा पाँच जना भिड्ने !
कांग्रेस सभापतिमा पाँच जना भिड्ने !
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २४, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस सभापतिमा पाँच जना भिड्ने !

काठमाण्डौ । नेपाली कांग्रेसको आजदेखि काठमाण्डौमा शुरु हने १४औं महाधिवेशनमा भोली उम्मेदवारी दर्ता गर्ने निर्वाचत कार्यक्रम छ । उम्मेदवारी दर्ता गर्ने समय सन्निकट हुँदा पनि संस्थापन र संस्थापन इतरले उम्मेदवार टुंग्याउन सकेका छैनन् । व्यक्तिगत ढंगले उम्मेदवारी घोषणा भइरहेपनि समूहगत उम्मेदवारी तय हुन सकेको छैन ।

सभापतिमा संस्थापनबाट वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउबा लड्ने निश्चित भएपनि संस्थापन इतरबाट भने साझा उम्मेदवार तय हुन सकेको छैन । पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रिय सदस्य शेखर कोइरालाले अडान नछाडेपछि अब रामचन्द्र पौडेल पनि साझा उम्मेदवार बन्ने सम्भावना टर्दै गएको छ । यद्यपि समय अझै केही बाँकी रहेकाले अन्तिम प्रयासमा जुटेको नेताहरुले बताइरहेका छन् ।

शेखर र प्रकाशमान टसमस नहुँदा अब उनीहरु दुबै जना सभापतिमा लड्ने सम्भावना बढेर गएको छ । यसले संस्थापन इतरबाट दुई जना उम्मेदवार हुने अवस्था देखिएको छ । सभापति नटुंगिदा अन्य पदाधिकारी पनि टुंगिएको छैन । संस्थापन समूहमा नेता कृष्णप्रसाद सिटौलाको इन्ट्री हुने चर्चा चलिरहँदा अब उनी उपसभापति लड्ने सम्भावना पनि बढेर गएको छ । यसो हुँदा उनले अघि सारेका युवा नेता प्रदिप पौडेल सहमहामन्त्रीको उम्मेदवार बन्ने अवस्था देखिँदैछ । तर, सिटौला नलडे पौडेलले महामन्त्री पाउने बताइन्छ । सिटौला देउबा समूहमा आए उपसभापतिका दुई प्रबल दाबेदार अहिलेका उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्ण बहादुर खड्काको व्यवस्थापन देउवाका लागि पेचिलो बन्नेछ ।

महामन्त्रीमा पनि धेरै आकांक्षी भएकाले समस्या छ । महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद र रमेश लेखकको कडा दाबेदारी छ । यी मध्ये महतको सम्भावना बढी देखिएपनि अरुको अब विकसित हुने घटनाक्रममा निर्भर हुने नेताहरु बताउँछन् । संस्थापन इतरमा पनि उपसभापतिका धेरै आकांक्षी छन् । सभापतिमा दुई जना लड्ने अवस्था आएपनि अन्य पदमा भने एउटै प्यानल बनाएर अघि बढ्ने तयारीमा संस्थापन इतर समूह छ ।

अर्जुन नरसिंह केसी, महेश  आचार्य, चन्द्र भण्डारीको दाबी उपसभापतिमा छ । महामन्त्रीमा गगन थापा, मिनेन्द्र रिजाल, धनराज गुरुङले दाबी गरेका छन् । संस्थापनबाट विद्रोह गरेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिँदैछन् । युवा नेता कल्याण गुरुङ पनि सभापतिका उम्मेदवार हुन् । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP