नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ता
कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ता
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २५, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ता

काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत् आजदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

उम्मेदवार मनोनयन दर्ता बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ । उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोध उपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय भोली बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ः१५ बजे र मतदान सोमबार बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पद अनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । नयाँ नेतृत्वका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मत हाल्नेछन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।


प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP