prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस रुपान्तरणका लागि मेरो उम्मेदवारीः गिरी
कांग्रेस रुपान्तरणका लागि मेरो उम्मेदवारीः गिरी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २५, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस रुपान्तरणका लागि मेरो उम्मेदवारीः गिरी

दाङ स्थायी घर भएका दिपक गिरी हाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । २०३२ सालमा वीपी कोइरालासँग भेट भएपछि राजनीतिमा आकर्षित भएका गिरी २०३६ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । १२औं महाधिवेशनदेखि नेपाली काँग्रेसको केन्द्रीय सदस्यको भूमिकामा रहेका गिरी संविधानसभा सदस्य तथा पूर्व मन्त्री समेत हुन् । १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गिरीले आफ्ना चुनावी एजेण्डा र धारणा यसरी राखे ।

paribartan 1

तपाईंको उम्मेदवारी कुन पदका लागि हो ?

म जहिले पनि अग्रपंक्तिमा रहने स्वभावको व्यक्ति हुँ । बाल्यकालमा पनि मेरो नेतृत्व गर्ने स्वभाव थियो । म जहिले पनि मूलधारकै राजनीतिमा रहेँ । मैले भन्न खोजेको कुरा वास्तवमा पार्टी सभापति भएरै नेतृत्व गर्नुपर्छ भन्ने मान्यता राख्दछु । मलाई मेरा शुभेच्छुक, पार्टी भित्रका मेरा सहकर्मीहरु र नेताहरुको उपसभापति या महामन्त्री पदमा उम्मेदवारी दिनुपर्छ भन्ने जवरजस्त सुझाब थियो । पार्टीभित्र सबैका आआफ्नै इच्छा चाहना छन् । आदरणीय अग्रजहरु हुनुहुन्छ, लामो समय पार्टीभित्र योगदान पुर्याउनुभएका नेतागणहरु हुनुहुन्छ । उहाँहरुको व्यवस्थापन पनि मुख्य कुरा हो । यसलाई पनि मैले जिम्मेवारीपूर्वक हेरिरहेको छु । त्यसैले समग्र वस्तुस्थितिका आधारमा मैले मेरो उम्मेदवारी केन्द्रिय सदस्य पदमा दिने निर्णय गरेको छु । राजनीतिमा कहिले डिफेन्सिभ हुँदा पनि त्यसले राम्रै प्रभाव पार्दछ भन्ने मेरो विश्वास छ । अर्को महत्वपूर्ण सवाल भनेको आम जनताको सेवा, लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि जो जहाँ छ, त्यहिँबाट योगदान पुर्याउन सक्नुपर्छ भन्ने पनि हो । मुलुकको समृद्धिका लागि र खासगरी लोकतन्त्रलाई मजबुत बनाउनका लागि मेरो उम्मेदवारी केन्द्रिय कार्यसमिति सदस्य पदमा हो ।

अबको एजेण्डा रुपान्तरित काँग्रेस नै हो । पार्टीभित्र रुपान्तरणको खाँचो छ । पार्टीलाई जुझारुरुपमा जनतामाझ लैजानुछ । यसका लागि नयाँ शैली, सोचको खाँचो छ । हाम्रो सिद्धान्त ठिक भएर पनि हाम्रो आचरणलाई अझै जनतामुखी बनाउन आवश्यक छ । पार्टीको क्रियाशील सदस्यमात्र होइन आम मतदातासंग बढी भन्दा बढी बिन्दुमा कसरी जोडिने भन्ने सोचबाट पार्टी संरचना बन्नुपर्नेछ ।

तपाईंका चुनावी एजेण्डा चाँहि के के हुन् नि ?

परिवर्तनको हरेक कालखण्डमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । नेपाली काँग्रेसको नेतृत्वमा लोकतन्त्र प्राप्त भयो र नयाँ संविधान जारी पनि भयो तर नयाँ संरचनामा मुलुक जाँदै गर्दा काँग्रेसले नराम्रो सँग पराजय भोग्नुपर्यो । आगामी दिनमा काँग्रेसको नेतृत्व स्थापित गर्नलाई पार्टीभित्र रुपान्तरणकै खाँचो हो । अवको आवश्यकता रुपान्तरित काँग्रेस नै हो । मेरो प्रमूख एजेण्डानै रुपान्तरित काँग्रेस हो । पार्टीभित्र रुपान्तरणको खाँचो छ । रुपान्तरित काँग्रेस भनेको यसभित्र हरेक सवाल छ । समावेशीताको सवाल होस् वा युवाहरुको उपस्थितीको सवाल र खासगरि आम जनता माझ काँग्रेसलाई कसरी लैजाने भन्ने सवाल हो । झण्डै दुईतिहाइ बहुमत सहित कम्युनिष्ट सरकारले देशको नेतृत्व गर्यो । प्रदेश र स्थानीय तहमा पनि अधिकांशमा कम्यूनिष्ट सरकारकै बर्चश्व रह्यो तर झण्डै यो अवधिमा सोचे अनुसारको विकास हुन सकेन । मुलुक अन्ततः अस्थिरताको भुमरीमा जाँदै गर्दा त्यसलाई जोगाउन अहिले नेपाली काँग्रेस सरकारको नेतृत्वमा पुगेको छ । तर, अबको एजेण्डा रुपान्तरित काँग्रेस नै हो । पार्टीभित्र रुपान्तरणको खाँचो छ । पार्टीलाई जुझारु रुपमा जनतामाझ लैजानु छ । यसका लागि नयाँ शैली, सोचको खाँचो छ । हाम्रो सिद्धान्त ठिक भएर पनि हाम्रो आचरणलाई अझै जनतामुखी बनाउन आवश्यक छ । पार्टीको क्रियाशील सदस्यमात्र होइन आम मतदातासंग बढीभन्दा बढी बिन्दुमा कसरी जोडिने भन्ने सोचबाट पार्टी संरचना बन्नुपर्नेछ । मतदाताको सोच, चेतना र भावनासंग पार्टीको निर्णयलाई जोड्न सक्नुपर्दछ भन्ने मेरो भनाई हो । काँग्रेस विना मुलुक समृद्धिको वाटोमा अघि बढ्न सक्दै सक्दैन । जुन कुरा दुई तिहाई वहुमत सहितको यसअघिको कम्युनिष्ट सरकारले प्रमाणित गरिसकेको छ । कोभिड १९ बाट आम नागरिकको ज्यान जोगाउनुछ । कोभिडले गर्दा ओरालो लागेको अर्थतन्त्रलाई माथि उकास्नु छ । आगामी चुनावमा काँग्रेसलाई बहुमत दिलाएर मुलुकको समृद्धिलाई द्रुतरुपमा अघि बढाउनु नै आजको मुख्य कार्यभार हो । मैले यी यावत् कुरालाई मुख्य एजेण्डाकै रुपमा लिएको छु ।  

महाधिवेशन प्रतिनिधिले तपाईंलाई के का आधारमा भोट दिने ?

म पार्टीभित्र सदैव कृयाशील सिपाही हुँ । हिजो पनि मैले प्रजातन्त्रका लागि कष्टकर जेल जीवन, भूमिगत जीवनयापन गरेको छु । म राजनीतिमा केहि पाउँला भनेर लागेको होइन । पश्चिम नेपाल अलि तुलनात्मक रुपमा विकास दृष्टिले पछि थियो । विकास भन्ने वित्तिकै शिक्षा, दीक्षा, स्वास्थ्य, वाटोघाटो, पुल पुलेसा र सिचाईं कूलो आदि सवै कोणवाट पछि थियो । जनता एकप्रकारले कष्टकर जीवनयापन गर्थे । किसानहरुको आफ्नै खाले समस्या थियो । यी यावत् समस्यालाई केहि भएपनि हल गर्न सकिएला कि भनेर म राजनीतिमा लागेको हुँ । विसं २०२९ सालदेखिनै म नेतृत्वदायी भूमिकामा पार्टीभित्र कृयाशील छु । पहिला म नेविसंघको राजनीतिमा रहेँ । त्यसपछि निरन्तर राष्ट्रिय राजनीतिमा छु । अव काँग्रेस हाक्ने अभिभारा हाम्रो पुस्ताको हो । यस अर्थमा आगामी दिनमा केन्द्रिय राजनीतिको शीर्ष नेतृत्वका लागि आज मेरो उम्मेदवारी केन्द्रिय सदस्यमा हो भन्ने कुरा म समस्त महाधिवेशन प्रतिनिधिज्युहरु समक्ष राख्न चाहन्छु । 

तपाईंसँग प्रतिष्पर्धामा धेरै उम्मेदवार छन् । तपाईंले जित्ने आधार के हुन् त ?

अरु को कहाँ कुन पदमा भन्ने त्यतातिर नजाऊँ, म महत्वाकाँक्षी व्यक्ति पनि होइन । राजनीतिमा मलाई त्यति हतार पनि छैन । तर म जसरी विगत चार दशकदेखि पार्टीभित्रको सक्रिय राजनीतिमा कृयाशील छु । र, आम कार्यकर्ता र नेपाली जनताको सुखदुखमा संगै एकाकार हुने जुन मेरो शैली छ त्यसलाई नेता कार्यकर्ताले मुल्यांकन गरेको मैले पाएको छु । म पार्टीभित्र अनुशासित सिपाहि पनि हुँ । म भन्दा सिनियर नेताहरुले मलाई त्यहि अनुरुप विश्वास र भरोषा पनि गर्ने भएकाले म जुन पदमा रहन्छु, त्यसमा सवैको सद्भाव रहन्छ । सहयोग रहने गरेको छ । यसपाली पनि शानदार मत सहित मलाई पार्टीभित्र स्थान दिनुहुने कुरामा मलाई विश्वास छ ।

नेपाली काँग्रेसको महाधिवेशनमा वैचारिक एजेण्डामा छलफल नै भएन । चुनाव केन्द्रीत प्राविधिक जस्तो मात्रै भयो भन्ने आलोचना भैरहेको छ नि ?

नेपाली काँग्रेसका आफ्नै विषेशता छन् । विचार नभएको पार्टी त हुनै सक्दैन । तर काँग्रेस आफ्नो विचारमा कहिले काँहि अलि वढी लचक भैदिन्छ । अन्य पार्टीहरु खासगरि कम्युनिष्टहरु कागजमा एउटा तर व्यवहार अर्को गर्ने भएकाले जनताले कम्युनिष्ट पार्टीलाई हल्का रुपले हेर्ने गरेका छन् तर काँग्रेसलाई वढि विश्वास गर्ने गरेका छन् । महाधिवेशनमा मात्रै वैचारिक एजेण्डामा छलफल हुनै पर्छ भन्ने छैन । महाधिवेशन वाहेक त हर कृयाकलापमा हामी वैचारिक एजेण्डामै छलफलमा रहन्छौं । तसर्थ महाधिवेशनमा एजेण्डा उपर छलफल भएन भन्नुले खासै अर्थ राख्दैन जस्तो लाग्छ मलाई । अधिवेशन बढि चुनाव केन्द्रीत हुनु स्वाभाविक हो । त्यसैले महाधिवेशन पछि कांग्रेसले नीतिगत एजेण्डाका विषयमा राष्ट्रियरुपमा  छलफल गर्छ ।

तपाईं पक्षधर संस्थापन इतर समूहमै धेरै समूह देखिएका छन् त ? 

सबै कुरा समयले मिलाउने हो, त्यो मिल्छ । म खासमा सभापतिकै पदमा हैसियत राख्दछु । तर मैले केन्द्रिय समितिमै आफ्नो उम्मेदवारी दिएँ । पार्टीलाई हाँक्न सक्ने एक से एक नेतृत्व हुनुहुन्छ । अन्य पार्टीमा जस्तो नेतृत्व अभावको समस्या कांग्रेसमा छैन । तसर्थ अलि अलि इच्छा चाहना हुनु स्वभाविक हो । अन्ततः सवै कुरा मिल्छ ।

पार्टीमा गुटगत प्रतिस्पर्धा तीब्र भयो, यसलाई कसरी निरूत्साहित गर्ने ?

लोकतान्त्रिक पार्टीभित्र भिन्न भिन्न मत रहनु स्वाभाविक नै हो तर पार्टी भित्र विचार भन्दा व्यक्ति हावी भयो भने त्यो गलत हो । काँग्रेस लोकतान्त्रिक पार्टी हो । तसर्थ पार्टी भित्र हरेकका भिन्न भिन्न मत रहन सक्छन् । त्यसलाई अन्यथा रुपमा लिनु हुँदैन तर जव पार्टी भित्र विधि, विधान, लोकतान्त्रिक संस्कारलाई वेवास्ता गरिन्छ । तब समस्या उत्पन्न हुन जान्छ । पार्टीलाई कमजोर तुल्याउने गरि पार्टी भित्र हुने गुट उपगुटको अन्त्य हुनै पर्छ । यसका लागि आम कार्यकर्ता पंक्तिले पनि नेताहरु उपर खवरदारी गर्नु जरुरी छ ।  

राजनीतिलाई पेशाकै रुपमा पनि गलत तवरले लिने गरेको पाइन्छ, यसलाई कसरी लिनुहुन्छ ?

यो गम्भीर कुरा हो । राजनीति सेवा हो, केवल सेवा हो । यो भन्दा अन्य हुँदै होइन । जव राजनीतिलाई व्यक्तिगत स्वार्थसित जोडिन्छ, तब त्यो राजनीति हुदैन । हामी कुनै स्वार्थ वोकेर राजनीतिमा आएका होइनौं । विश्वका समृद्ध मुलुकसंगै नेपाललाई पनि समृद्धिको बाटो तर्फ अग्रसर गराउने दृढ इच्छा शक्ति र खासगरि नेपाली जनताका दुखपीडालाई कम गर्न सकिन्छ कि भनेर नै हामी राजनीतिमा लागेका हौं । हामीले उर्जाशील जवानी नेपाली काँग्रेसमा समर्पित गरेका छौं । पारिवारिक सुखशयललाई तिलाञ्जली दिदै आम नागरिकको सुखदुखमा साथ दिदै आएका छौं । यस हिसावले राजनीति केवल सेवा हो भन्ने मेरो वुझाई हो ।

१४ औं महाधिवेशनमा देशैभरीवाट निर्वाचित हुनुभएका युवाहरुको संख्या उल्लेख्य छ । यसले हामी जस्ता लामो समयदेखि जनताको सेवामा आफ्नो उर्जाशील समय लगानी गरेका हरुलाई अन्त्यन्त खुशीको कुरा हो । युवाहरुको यो उत्साहपूर्ण उपस्थितीलाई मैले आगामी भविश्यमा रुपान्तरित काँग्रेसको एक महत्वपूर्ण खुड्किलाकै रुपमा लिएको छु ।

वर्तमान राजनीतिक अन्यौल अनि आसन्न तीनै तहका चुनावको सन्दर्भ छ । काँग्रेसको १४औं महाधिवेशनले जनतामा आशा जगाउन सक्ला जस्तो लाग्छ ?

अवश्य पनि अवको ध्यान भनेकै आसन्न चुनाव नै हो । पार्टीभित्रको संरचनालाई पूर्ण वनाएर आम मतदाता माझ पार्टीलाई लैजानु छ । यसका लागि रुपान्तरित काँग्रेस आजको आवश्यकता हो । रुपान्तरित भन्ने वित्तिकै महिला, मधेशी, दलित, जनजाती, अल्पसंख्यक सवैको नेतृत्व पार्टीभित्र रहनुपर्दछ भन्ने मान्यता पनि हो । पार्टीको नयाँ विधानले यी यावत् कुरालाई सम्वोधन गरेको छ । तसर्थ अबको रुपान्तरित काँग्रेस, गाउँ गाउँ पुगेर आम मतदाताको सुखदुख संग एकाकार हुनु पर्दछ । यस अर्थमा पनि यो महाधिवेशन महत्वपूर्ण छ । यहाँलाई अवगत नै छ कि लामो समयदेखि केन्द्रिय कार्य समितिले आफ्नो म्याद गुजारी सकेको छ । नयाँ संविधानको भावना अनुसार प्रदेशमा हाम्रो संरचना समयमै वनेन । त्यसले पनि गत निर्वाचनमा पार्टीलाई क्षति पुग्यो । त्यस वाहेक वडा तहको संरचनामा पनि उति सारो सक्रियता भएन । नयाँ सँरचनामा मुलुक अघि वढ्दै गर्दा त्यहाँ पनि अन्यौल सिर्जना भयो । अतः यी यावत सवालको समाधान नै महाधिवेशन हो । यस अर्थमा यो महत्वपूर्ण छ । यसले पार्टीमा उर्जा ल्याउने कुरामा कुनै सन्देह छैन ।

अन्त्यमा, काँग्रेसमा युवा सहभागिता बढेको देखियो, यसलाई कसरी हेर्नुहुन्छ ?

हामीले आम युवाहरु माझ काँग्रेसलाई शसक्त रुपमा लान नसक्दा नसक्दै पनि युवाहरुको यस्तो उल्लेख्य सहभागिताले आगामी दिनमा काँग्रेसको सुन्दर भविश्यको संकेत गर्दछ । १४औं महाधिवेशनमा देशैभरीवाट निर्वाचित हुनुभएका युवाहरुको संख्या उल्लेख्य छ । यसले हामी जस्ता लामो समयदेखि जनताको सेवामा आफ्नो उर्जाशील समय लगानी गरेका हरुलाई अन्त्यन्त खुशीको कुरा हो । युवाहरुको यो उत्साहपूर्ण उपस्थितीलाई मैले आगामी भविश्यमा रुपान्तरित काँग्रेसको एक महत्वपूर्ण खुड्किलाकै रुपमा लिएको छु ।


प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP