prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा निर्वाचित
गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा निर्वाचित
RSG-2
गगनलाई अपार मत
बागेश्वरी पोस्ट
बिहीबार, पुस १, २०७८ बागेश्वरी पोस्ट
गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा निर्वाचित

काठमाण्डौ । नेपाली कांग्रेसको महामन्त्रीमा दुई युवा नेता निर्वाचित भएका छन् । १४औं महाधिवेशन अन्तर्गत् सोमबार भएको मतदानको आज सम्पन्न मतगणनाबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन् ।

गगन अपार लोकप्रिय मतका साथ शीर्ष स्थानमा रहँदै महामन्त्रीको दौडमा अब्बल सावित हुँदै उत्तीर्ण भएका छन् । विश्वप्रकाश पनि दोस्रो बढी मत ल्याई महामन्त्री निर्वाचित भएका हुन् । गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशको १९८४ मत आएको छ ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका थापा र शर्मा समकालीन नेपाली राजनीतिमा आशा र भरोसा गरिएका दुई होनाहार युवा नेता हुन् । दुबै जना केन्द्रिय कार्यसमितिमा केन्द्रिय सदस्यको भूमिकामा थिए । अघिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित थापा र पार्टी प्रबक्ता बनेका शर्मा २०५७ सालको नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमितिमा संगै थिए । शर्मा त्यो बेला सभापति हुँदा थापा उपाध्यक्ष थिए । थापा २०५९ मा नेविसंघको महामन्त्री भएका थिए ।

थापा डा.शेखर कोइरालाको टिमबाट महामन्त्री लडेका हुन् भने शर्मा प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । सभापति शेरबहादुर देउबा प्यानलको सशक्त महामन्त्री उम्मेदवार ठानिएका शर्माले अन्तिममा टिममा ठाउँ नपाएपछि प्रकाशमानको प्यानलमा गएका थिए । नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेललाई कृष्ण सिटौलाको दबाबमा देउबाले महामन्त्री उम्मेदवार बनाएका थिए । तर, मतदाताले विश्वप्रकाशलाई रोजे ।

महामन्त्रीका अन्य उम्मेदवार देउबा प्यानलका डा.प्रकाशशरण महतले १५५६ मत, पौडेलले १३९३ मत, कोइराला प्यानलका डा.मिनेन्द्र रिजालले ८०९ मत र विमलेन्द्र निधि प्यानलका डा.राजाराम कार्कीले १०६ मत पाएका छन् । महामन्त्रीमा जम्मा खसेको ४६८२ मत मध्ये ४३ मत बदर भएको थियो । ।


प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP